Friday, May 17Nepal News Portal
Shadow

एकै दिन १५ ठाउँमा आगलागी, ८५ लाखभन्दा बढीको क्षति


काठमाडौं, ९ मंसिर (ससं) । एकै दिन देशका १५ स्थानमा भएको आगलागीमा साढे ८५ लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ। सोमबार विभिन्न स्थानमा भएको आगलागीमा उक्त क्षति भएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–२ वासिकस्थित एक टहरोमा आगलागीहुँदा ४० लाख ८५ हजार रूपैयाँ बराबरको क्षति भएको छ।

रामेछाप नगरपालिका–३ साँघुटारस्थित हिमगंगा माध्यामिक विद्यालयको प्राविधिक पशु विज्ञान फर्मको कच्ची भवनमा आगलागी हुँदा २३ लाख ५ हजार ५ सय रूपैयाँको क्षति भएको छ।

आगलागी हुँदा भवन पूर्ण रूपमा जली १०० वटा कुखुरा, १६ वटा हाँस र ३ वटा टर्की कुखुरसमेत जलेको जनाइएको छ।

मोरङको सुनबर्सी नगरपालिका–८ विश्वकर्मा चोकस्थित दुईवटा घरमा आगलागी हुँदा अन्नपात, लत्ताकपडा र भाँडावर्तन गरी ५ लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको उल्लेख छ।

सुनसरीको दुहबी नगरपालिका–२ प्रास्टोकीस्थित एक घरको भान्साबाट आगलागी हुँदा खाद्यान्न, भाँडावर्तन र चिरान काठ जली ३ लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको छ।

सोमबार नै सुनसरीको बराहक्षेत्र नगरपालिका–७, सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मकवानपुरको थाहा नगरपालिका–३, झापाको गौरादह नगरपालिका–२, पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, कपिलवस्तुको बाणगंगा नगरपालिका–३, महोत्तरीको औरही नगरपालिका–४, सप्तरीको राजगढ गाउँपालिका–३, चितवनको कालिका नगरपालिका–५, कञ्चनपुरको बेदकोट नगरपालिका–१ र बाँकेको खजुरा गाउँपालिका–८ मा पनि आगलागीको घटना भएको प्राधिकरणले उल्लेख गरेको छ।

Total Page Visits: 772 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्