Thursday, September 18Nepal News Portal
Shadow

प्रमुख समाचार

जलविद्युत उत्पादकलाई हात बाधेर राखियोः गणेश कार्की

जलविद्युत उत्पादकलाई हात बाधेर राखियोः गणेश कार्की

उत्पादनमूलक, प्रमुख समाचार
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत उत्पादकलाई हात बाधेर राखिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘जलविद्युत आयोजनाः लगानी, सेयर व्यवस्थापन र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले १५ खर्ब रुपैयाँ लगानी भएको क्षेत्र अन्योलको अवस्थामा रहेको बताएका हुन् । सरकारले २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने र १५ हजार ५०० विद्युत निर्यात गर्ने लक्ष्य राखेको छ । यसकोलागि ६२ खर्ब रुपैयाँ लाग्ने अनुमान छ । उनले नेपाली उर्जा उत्पादकहरुले १ मेगावाटबाट शुरु गरेर अहिले क्षमता बढाएर १००–२०० मेगावाटका परियोजना निर्माण गर्न सक्षम रहेको बताए । उनले ठुला आयोजनाकोलागि मात्रै वैदेशिक लगानीकर्ता ल्याउनुपर्ने बताएका हुन् । संसदीय समिति र धितोपत्र बोर्डको कारण सर्वसाधरणलाई दिने सेयर रोकिएको कार्कीको भनाई छ ।...
मिलन भट्टराई ८औं मिस्टर टुरिज्म वर्ल्ड प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्न तयारीमा

मिलन भट्टराई ८औं मिस्टर टुरिज्म वर्ल्ड प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्न तयारीमा

प्रमुख समाचार
काठमाडौं । मिस्टर टुरिज्म नेपाल २०२४ का विजेता मिलन भट्टराई आगामी फेब्रुअरी १२, २०२५ मा भियतनाममा आयोजना हुने ८औं मिस्टर टुरिज्म वर्ल्ड प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्न तयारीमा छन् । गोरखाको भिमसेन थापा गाउंपालिका २ बाट आएका मिलनले फिटनेस र मोडलिङ क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै राष्ट्रिय पहिचान बनाउन सफल भएका छन् । यो प्रतियोगिताले विश्वभरका पर्यटन प्रवर्द्धकहरूलाई एकसाथ ल्याउनेछ, जहाँ मिलनको सहभागिताले नेपालको समृद्ध संस्कृति र प्राकृतिक सौन्दर्यलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने अपेक्षा गरिएको छ । प्रतिष्ठित प्रतियोगिताको तयारी गर्दै गर्दा, नेपालीहरू उनको समर्थनमा उभिएका छन् र ऐतिहासिक जितको आशा राख्दैछन् । नेपाललाई गौरवान्वित बनाउने मिलन भट्टराईको यात्राका लागि हार्दिक शुभकामना!...
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छः दामोदर भण्डारी

जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छः दामोदर भण्डारी

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उनले नवनियुक्त राजदूतका रूपमा तोरुको स्वागत गर्दै नेपालले सदैव जापानसँगको आपसी हितका सम्बन्ध र सहयोगलाई उच्च महत्त्व दिइआएको बताएका हुन् । “भूकम्पलगायत प्राकृतिक विपत्तिमा जापानी जनता, सरकार, गैरसरकारी संस्था, विश्वविद्यालयबाट प्राप्त सहयोगप्रति हामी आभारी छौँ, नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको छ”, मन्त्री भण्डारीले भने, “हामी औद्योगिक विकास, निर्यात प्रतिस्पर्धी क्षमता विकास, कृषि, जलविद्युत्, पूर्वाधार विकासलगायत धेरै क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौँ ।” उनले मानव संसाधन विकासमा जापानले सन् ...
सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः अध्यक्ष ढकाल

सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः अध्यक्ष ढकाल

उद्योग, प्रमुख समाचार, ब्यानर
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् । आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३०औं संस्करणको उ्द्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने बताएका हुन् । आईटी क्षेत्र विश्वव्यापी बजार भएको, खबौं रुपैयाँबराबरको सेवा निर्यात गर्न सक्ने र लाखौं मानिसलाई रोजगारी दिन सक्ने क्षेत्र भएको उल्लेख गर्दै उनले यस क्षेत्रको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधारको लागि काम गर्न काम गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले अन्य विभिन्न कानुनका साथै आइटी तथा...
सोमबार नेप्से परिसूचक २.४१ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक २.४१ अंकले बढ्यो

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । सोमबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आइतबार उच्च अंकले बढेको बजार आज २.४१ अंकले बढेर २,७३० विन्दुमा बन्द भएको हो । आज ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बराबरको २ करोड ३७ लाख कित्ता शेयर खरिद विक्री भएको हो । आज कारोबारमा आएका कम्पनीमध्ये ९७ कम्पनीको शेयरमूल्य बढ्दा ९७ कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको । आज उपकार लघुवित्त वित्तीय संस्था र भूगोल इनर्जी डेभलपमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर्स एण्ड डेभलपमेन्टको भएको छ । कम्पनीको ३५ करोड ३० लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।...
वर्तमान सरकारले निरंकुश शासन व्यवस्थाको झल्को दियोः राजेन्द्र पाण्डे

वर्तमान सरकारले निरंकुश शासन व्यवस्थाको झल्को दियोः राजेन्द्र पाण्डे

प्रमुख समाचार, राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले वर्तमान सरकारले निरंकुश शासनको झल्को दिएको टिप्पणी गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले बितेको ६ महिनामा केही गर्न नसकेको कारण विकासको ढोका खोल्यौँ भन्नको लागि अध्यादेश ल्याइएको उनको आरोप छ । उनले दुईतिहाइको घमण्ड नगर्न सत्तारूढ दलका नेताहरूलाई आग्रह गरे । उनले दुईतिहाइको सरकार छ भन्दैमा सरकारले मनलाग्दी गर्न नपाउने बताएका छन् । प्रधानमन्त्रीले बितेका ६ महिनामा आर्थिक सुधार भएको दाबी गरे पनि सूचकहरूले सकारात्मक नरहेको धारणा राखे । सरकारले अहिलेसम्म बे्रक थ्रुबाहेक केही गर्न नसकेको आरोप लगाए ।...
प्रतिपक्ष दलहरूको मागपछि बाध्य भएर सरकारले संसद् बोलायोः सांसद भुसाल

प्रतिपक्ष दलहरूको मागपछि बाध्य भएर सरकारले संसद् बोलायोः सांसद भुसाल

प्रमुख समाचार, राजनीति
काठमाडौं । राष्ट्रियसभामा नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसालले प्रतिपक्ष दलहरूको मागका कारण सरकारले संसद् अधिवेशन आह्वान गरेको बताएका छन् । शुक्रबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सरकार अधिवेशन बोलाउनबाट पछि हटिरहेको समयमा प्रतिपक्षले संसद् अधिवेशन नबोलाए विशेष अधिवशेनको माग गर्ने चेतावनीपछि संसद् अधिवशेन बोलाइएको बताए । उनले आगामी अधिवेशन सयममा संसद् बोलाउन आफूहरूको माग रहेको उल्लेख गरेका छन् । संसद् प्रतिपक्षको हो भन्नेकुराको पुष्टि पुनः भएको पनि बताए । उनले भने, दुःखका साथ भन्नुपर्छ । सरकार यो अधिवेशन बोलाउन चाहँदैन थियो । तथ्य प्रमाणले बोल्छ, यो अधिवेशन प्रतिपक्षहरूको पटक पटकको अधिवेशन समयमा बोलाइयोस् र यदि बोलाइँदैन भने हामी विशेष अधिवेशनको माग गर्न बाध्य हुनेछौँ भनिसकेपछि नै यो अधिवेशन बोलाइएको हो । यसमा सत्ता पक्षका मान्यज्यूहरूले दुःख...
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुन प्रतितोला एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।...
नेपालको उत्पादन नेपाली बजारले नै चिन्न नसक्नु दुःखद्ः मन्त्री भण्डारी

नेपालको उत्पादन नेपाली बजारले नै चिन्न नसक्नु दुःखद्ः मन्त्री भण्डारी

उद्योग, प्रमुख समाचार, ब्यानर
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको उत्पादन विश्व बजारमा चिनिनु भन्दा पहिला स्वदेशमा चिनिनु आवश्यक रहेको बताएका छन् । बिहीबार स्वदेशी उत्पादन तथा सेवाहरुको बृहत प्रदर्शनीमा बोल्दै उनले हाम्रो उत्पादन नेपाली बजारले नै चिन्न नसकेको बताएका हुन् । उनले भने, ‘हाम्रो उत्पादन, हाम्रो ब्राण्ड, हाम्रो गुणस्तर, हाम्रो पहिचान, थुप्रै व्यवसायहरु विश्व बजारमा चिनिनुपर्छ । हाम्रो उत्पादन कस्तो छ ? यो पहिलो कुरा त हाम्रो यति राम्रो उत्पादन, हाम्रो राम्रो ब्राण्ड र हामीसँग भएको यस्तो राम्रो सीप स्वदेशमा नै चिनिनुपर्छ । हामीले विश्व बजारमा हाम्रो उत्पादन चिनाउनु भन्दा पहिले स्वदेशमा चिनिनुपर्ने आवश्यक छ । हामीले उत्पादन गरेको वस्तु हामीहरुले नेपाली बजारले नै नचिन्ने एउटा दुखद कुरा हो ।’ यसैगरी उनले हामीले निर्यात गरेका सबै वस्तुहरुमा राम्रो प्रतिफल ल्याउन नसकेको...
नेप्से परिसूचक ११.१० अंकले घट्यो

नेप्से परिसूचक ११.१० अंकले घट्यो

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । बिहीबार नेप्से परिसूचक ११.१० अंकले घटेको छ । बुधबार ५२.३६ अंकले बढेको बजार बिहीबार ११.१० अंकले घटेर २,६५४.३५ विन्दुमा बन्द भएको हो । आज ७ अर्ब ८५ करोड ७७ लाख रुपैयाँ बराबरको १ करोड ५१ लाख कित्ता शेयर खरिद विक्री भएको हो । आज कारोबारमा आएका कम्पनीमध्ये ८६ कम्पनीको शेयर बढ्दा १५० कम्पनीको शेयर घटेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज कर्पोरेट डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त वित्तीय संस्था र सिक्लेस हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार सप्तकोशी डेभलपमेन्टको भएको छ । कम्पनीको ३० करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको हो ।...