Friday, September 19Nepal News Portal
Shadow

प्रमुख समाचार

लक्ष्मीनारायण बहुउद्देश्य सहकारी संस्थाले एक करोड २ लाख मुनाफा गर्यो

लक्ष्मीनारायण बहुउद्देश्य सहकारी संस्थाले एक करोड २ लाख मुनाफा गर्यो

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं, ३० असोज (ससं) । लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्ष २०७६÷०७७ मा एक करोड २ लाख ६५ हजार रुपैयाँ मुनाफा गरेको छ । संस्थाको आज सम्पन्न तेह्रौं वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष शंकर थापाले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले उक्त मुनाफा आर्जन गरेको बताए । संस्थाले गत असार मसान्तसम्म २ करोड ८० लाख ६० हजार रुपैयाँ आम्दानी गरेकोमा उक्त आम्दानीबाट एक करोड ६९ लाख रुपैयाँ खर्च गरेको हो । संस्थाको वार्षिक साधारणसभा काठमाडौंको मुलपानीमा रहेको गणेश हिमाल माध्यमिक विद्यालयमा सो साधारणसभा सम्पन्न भएको थियो । साधारणसभामा संस्थाका अध्यक्ष थापाले मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउदै लक्ष्मीनारायण सहकारीले सहकारीका शेयरधनी सदस्यहरुको हक हितका लागि कार्य गरिरहेको बताए । अध्यक्ष थापाले शुभका...
लमजुङमा कोरोना संक्रमितको संख्या ४८५ पुग्यो

लमजुङमा कोरोना संक्रमितको संख्या ४८५ पुग्यो

ऊर्जा, प्रमुख समाचार
लमजुङ, ३० असोज (ससं) । लमजुङमा थप ५ जनामा कारोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ४८५ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म १२७ जना महिला र ३६८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमितहरुमध्ये २ जना बेसीसहर वडा नं. ७ र ८ का ३१ र १८ वर्षीय पुरुष रहेका छन् भने सुन्दरबजार–७ का ४८ वर्षीय पुरुष, राईनस–५ का ४१ वर्षीय पुरुष र मध्यनेपाल–४ का ५८ वर्षिया पुरुष रहेक‍ा छन् । नयाँ संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा ल्याउने तयारी भैरहेको जिल्ला प्रशासन कार्यलय लमजुङले जानकारी दिएको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३९४ पुगेको छ । जसमा महिलाको संख्या ८६ र पुरुषको संख्या ३०८ रहेको छ । हाल जिल्लामा ३१ जाना महिला र ६० जना पुरुष गरी ९१ जना सक्रिय संक्रमितहरु रहेका छन् । उनीहरुलाई आईसोलेसनमा राखिएको प्रशासनले जनाएको छ । उनीहरुको स्वस्थ्य अवस्था समान्या रहेको बताइएको छ ।...
नेपाल स्वयंसेवी रक्तदाता समाज डडेलधुराले पायो पूर्णता

नेपाल स्वयंसेवी रक्तदाता समाज डडेलधुराले पायो पूर्णता

ऊर्जा, प्रमुख समाचार
काठमाडौं, २६ असोेज (ससं) । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले डडेलधुरा शाखाका पदाधिकारीहरुलाई सफत ग्रहण गराएका छन् । प्रमुख आतिथिसमेत रहेका कर्मचार्यले गत २४ गते अमरगढी नगरपालिकामा पर्ने तुफान डाँडामा सपथ ग्रहण गराएका हुन् । कोरोना भाइरस (कोभिड–१९) को कारण भौतिकरूपमा उपस्थित बिना गत असार १६ गते भर्चुअल माध्यमबाट नेपाल स्वयंसेवी रक्तदाता समाज डडेल्धुरा जिल्ला शाखा गठन गरिएको थियो । उक्त कार्यसमितिमा हरिश जोशी अध्यक्ष रहेका छन् भने उपाध्यक्षमा माधव पन्त, जिल्ला महासचिवमा रमेश बहादुर माली, कोषाध्यक्षमा उपेन्द्र जोशी र सचिवमा प्रकाश जोशी रहेका छन् । त्यस्तै सदस्यहरूमा क्रमशः मोहनबहादुर देउबा, साबित्री ऐर, पूजा बस्नेत, मदन पाण्डे, राजेन्द्र पनेरू र हेमराज पन्त रहेका छन् । कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज डडे...
कोरोनाले प्रभावित पर्यटन पुनरउत्थानका लागि साँस्कृतिक पर्यटनमा जोड

कोरोनाले प्रभावित पर्यटन पुनरउत्थानका लागि साँस्कृतिक पर्यटनमा जोड

पर्यटन, प्रमुख समाचार, ब्यानर
काठमाडौं, २२ असोज (ससं) । कोभिड १९ का कारणले सर्वत्र परेको असरबाट पर्यटन क्षेत्रपनि अछुतो नभएको विज्ञले बताएका छन् । सभा नेपालले आयोजना गरेको कोभिड १९ले सास्कृतिक पर्यटनमा पारेको प्रभाव र भावी अवस्था विषयक भर्चुअल कार्यक्रमा आफ्नो धारणा राख्दै ललितपुर महानगरपालिकाका पर्यटन सल्लाहकार दिलेन्द्र राज श्रेष्ठले पर्यटनको परिभाषा र घुम घामको शैली समयसगैँ परिवर्तन हुने बताउनुभयो । पर्यटन प्रवद्धन गर्न अहिलेको अवस्थामा भौतिक रुपमा घुम घाम मात्र नभई व्यक्तिले आ आफ्नो क्षेत्रको पर्यटकिय स्थलका बारेमा विभिन्न माध्यमबाट जानकारी गराउदा पनि क्षेत्रलाई सहयोग पुग्ने बताउनुभयो । लकडाउनपश्चात नेपालमा भएका प्राकृतिक तथा सास्कृतिक सम्पदाको प्रचार प्रसारमा समय तथा सोच खर्चन आवश्यक रहेको छ । यू एन ह्याविट्याटका प्रमुख पद्यम सुन्दर जोशीले काठमाडौ उपत्यकाको सांस्कृतिक सम्पदामा आधारित रहेर पर्यटनको विकास गर्...
विश्वमा तीन करोड ६० लाखभन्दा बढी कारोना संक्रमित

विश्वमा तीन करोड ६० लाखभन्दा बढी कारोना संक्रमित

प्रमुख समाचार, ब्यानर, विश्व
काठमाडौं, २१ असोज (ससं) । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या तीन करोड ६० लाख २६ हजार ८१६ पुगेको छ। वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वमा तीन लाख पाँच हजार ४२८ संक्रमित थपिएका हुन्। कोरोना भाइरसबाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ५३ हजार ९२६ पुगेको छ। पछिल्लो २४ घण्टामा थप पाँच हजार ४४० जनाको मृत्यु भएको हो। हालसम्म दुई करोड ७१ लाख ३० हजार २९ जना संक्रमणमुक्त भएका छन्। विश्वमा सक्रिय संक्रमितको संख्या ७८ लाख ४२ हजार ८६१ छ। त्यसमध्ये ६७ हजार ५८८ जना गम्भीर अवस्थाका छन्। सबैभन्दा बढी सक्रमण देखिएको अमेरिकामा संक्रमितको संख्या ७७ लाख १७ हजार ९२४ पुगेको छ। भारतमा संक्रमितको संख्या ६७ लाख ५४ हजार १७९ पुगेको छ भने ब्राजिलमा ४९ लाख ७० हजार ९५३ छ।...
नेपालमा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि, ११३३ जना डिस्चार्ज

नेपालमा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि, ११३३ जना डिस्चार्ज

प्रमुख समाचार, ब्यानर
काठमाडौं, १९ असोज (ससं) । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको बताए । आज काठमाडौं उपत्यकामा थप एक हजार ५३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा सबैभन्दा बढी काठमाडौंमा एक हजार १७८ छन् भने ललितपुरमा २५० र भक्तपुर १०३ जना संक्रमित देखिएका हुन् । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार १३३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६५ हजार २०२ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्य...
शेयर बजारमा सामान्य करेक्सन, २ अर्ब ५७ करोडभन्दा बढीको शेयर कारोबार

शेयर बजारमा सामान्य करेक्सन, २ अर्ब ५७ करोडभन्दा बढीको शेयर कारोबार

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं, १९ असोज (ससं) । सोमबार शेयर बजारमा सामान्य करेक्सन देखिएको छ । केही दिनयता लगातर बढ्दै आएको शेयर बजारमा आज सामान्य अंक घटेर करेक्सन भएको हो । गत कारोबार दिन १४ अंकले वृद्धि भएको नेप्से परिसूचक आज ३.६३ अंक घटेर १५८२.१२ विन्दुमा झरेको छ । त्यस्तै हिजो ३ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएकोमा आज कारोबार रकम पनि घटेको छ । १९३ कम्पनीको ९५ लाख १८ हजार ७६५ कित्ता शेयर २ अर्ब ५७ करोड ८६ लाख रुपैयाँमा खरिद विक्री भएको छ । रौराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र कामना सेवा विकास बैंकको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । आज रौराङको प्रतिशेयर मूल्य १८७ रुपैयाँ कायम भएको छ भने कामना सेवाको २२० रुपैयाँ कायम भएको छ । प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य सर्वाधिक घटेको छ । यो फाइनान्सको ७.१९ प्रतिशत शेयर मूल्य घटेको हो । त्यस्तै सर्वाधिक मूल्यको शेयर खरिद विक्री न...
३ अर्ब १७ करोडको शेयर कारोबार हुँदा सर्वाधिक खरिद विक्री शिवम् सिमेन्टको

३ अर्ब १७ करोडको शेयर कारोबार हुँदा सर्वाधिक खरिद विक्री शिवम् सिमेन्टको

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं, १८ असोज (ससं) । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.७१ अंक वृृद्धि भई १५८५.७६ विन्दुमा रोकिएको छ । आज परिसूचकसँगै कारोबार रकमा पनि वृद्धि भएको हो । आज १९५ कम्पनीको ४५ हजार ७६३ पटकको कारोबारमा एक करोड ७ लाख १३ हजार ७६३ कित्ता शेयर ३ अर्ब १७ करोड ८८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । आज सर्वाधिक शेयर मूल्य वृद्धि कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको भएको छ । यो बैंकको प्रतिशेयर मूल्य ९.८४ प्रतशित वृद्धि भएको छ । कर्पाेरेटको आज अन्तिम शेयर मूल्य २०१ रुपैयाँ कायम भएको छ । त्यस्तै आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री शिवम् सिमेण्ट लिमिटेडको भएको छ । यो कम्पनीको २६ करोड १७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको आज प्रतिशेयर मूल्य ८२९ रुपैयाँ कायम भएको छ । त्यसैगरी नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १९ करोड १५ लाख रपैयाँभन्दा बढीको शेयर खरिद ...
बुटवलमा आजदेखि २१ गतेसम्म निषेधित क्षेत्र घोषणा

बुटवलमा आजदेखि २१ गतेसम्म निषेधित क्षेत्र घोषणा

प्रमुख समाचार, राजनीति
काठमाडौं, १८ असोज (ससं) । प्रदेश ५ सरकारले दाङको देउखुरी क्षेत्रलाई राजधानी तोक्न गरेको प्रस्तावको विरोधमा आन्दोलन हुनथालेपछि बुटवल उपमहानगरपालिकाका १२ स्थानलाई निषेधित क्षत्रे घोषणा गरिएको छ । रुपन्देहीबाट राजधानी सार्ने प्रस्ताव अविलम्ब फिर्ता गर्न माग गर्दै शुक्रबारदेखि नै नेपाली काँग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ । यसलाई मध्येनज गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले १८ गतेदेखि २१ गतेसम्म विहान ६ बजेदेखि साँझ ६ बजेसम्म ५ जनाभन्दा बढीको समूहमा हिड्डुल गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासन कार्यालय रुपन्देहीले शनिबार सूचना जारी गरी असोज १८ गते आइतबार ९आज० बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा...
श्रीमतीलाई दिसा खुवाउँने श्रीमानसहित सात जना पक्राउ

श्रीमतीलाई दिसा खुवाउँने श्रीमानसहित सात जना पक्राउ

ऊर्जा, प्रमुख समाचार
हुम्ला, १८ असोज (ससं) । आफ्नै श्रीमतीलाई दिशा खुवाएर गाउँ डुलाउने श्रीमानसहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पर–पुरुषसँग सम्बन्ध राखेको आरोपमा हुम्लामा श्रीमतीको कपाल मुडेर कालोमोसो दली दिसा खुवाएर गाउँ डुलाएका थिए । सिमकोट गाउँपालिका निवासी २३ वर्षीया महिलालाई यसरी अमानवीय व्यवहार गर्ने उनका श्रीमानसहित सातजनालाई प्रहरीले पक्राउ गरेको हो। शुक्रबार भएको यो घटनामा संलग्न रहेका सातजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्य सुवेदीले जानकारी दिए।...