Saturday, May 4Nepal News Portal
Shadow

बागमती प्रदेश

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता लम्बिने

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता लम्बिने

प्रमुख समाचार, बागमती प्रदेश
काठमाडौं । काठमाडौं उपत्यकामा जारी भएको निषेधाज्ञा थप एक साता लम्बिने तयारी भईरहेको छ । दोस्रो लहरको कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाको निषेधाज्ञालाई जारी राखिने भएको हो। अब काठमाडौं उपत्यकामा थपिने एक साताको निषेधाज्ञा थप कडा हुनेछ। विशेषगरी तरकारी पसलहरूमा बिहानको समय एकदमै बढी भिडभाड हुन थालेकाले त्यसलाई कसरी व्यवस्थित गर्ने विषयमा छलफल भइरहेको छ । ‘तरकारी तथा खाद्यान्न पसल बिहान १० बजेसम्म खुल्ने गरेका थिए। उपत्यकामा जारी निषेधाज्ञाको समय जेठ १३ गतेसम्म छ। त्यसअगावै प्रशासनले थप एक साताको निषेधाज्ञा आदेश जारी गर्दैछ। यसैगरी, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, संवैधानिक निकायहरूमा पनि हालको उपस्थितिबारे छलफल हुने भएको छ।  ...
रक्तदाता समाजका अध्यक्ष कर्माचार्यले गरे १६६ औं पटक रक्तदान

रक्तदाता समाजका अध्यक्ष कर्माचार्यले गरे १६६ औं पटक रक्तदान

प्रदेश, प्रमुख समाचार, बागमती प्रदेश, शिक्षा/स्वास्थ्य
काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले १६६ औं पटकको रक्तदान गरेका छन् । नेपाल स्वयंसेवी रक्तदाता समाज २४ वडा नगर समिति, काठमाडौंद्वारा मखँत्वामा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा कर्माचार्यले १६६ औं पटको रक्तदान गरेका हुन् । कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ४१ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा कर्माचार्यलाई बिशेष अतिथि काठमाडौं महानगरपालिका २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले अभिनन्दन गरेका थिए । साथै उक्त कार्यक्रमको संयोजनमा अहम् भूमिका निर्वाह गर्नुहुने नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २० वडा नगर समितिका अध्यक्ष राम रञ्जितलाई पनि खादा पहराई सम्मान गरियो । उक्त कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई प्रमुख अतिथि कर्माचार्यले प्रशंसा पत्र प्रदान गरेका...
उपप्रधानमन्त्री पोखरेलद्वारा ५१ शैयाको निःशुल्क कोभिड आइसोलेशन केन्द्र शुभारम्भ

उपप्रधानमन्त्री पोखरेलद्वारा ५१ शैयाको निःशुल्क कोभिड आइसोलेशन केन्द्र शुभारम्भ

उत्पादनमूलक, प्रदेश, बागमती प्रदेश, ब्यानर
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज (बुधबार) काठमाडौंको गौशालामा निःशुल्क कोभिड आइसोलेशन केन्द्रको शुभारम्भ गरेका छन् । मारवाडी सेवा समितिले काठमाडौंको गौशालामा सुरु गरेको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले आज शुभारम्भ गरेका हुन् । मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा सुरु गरेको अक्सिजन सेवासहितको ५१ शैयाको यो आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था समेतन गरिएको मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलाश गोयलले उपप्रधानमन्त्री पोखरेललाई जानकारी गराएका हुन् ।...
नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आकस्मिक रक्तदान

नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आकस्मिक रक्तदान

प्रदेश, प्रमुख समाचार, बागमती प्रदेश
  काठमाडौं । ‘बिकल्प रहित मानव रगत,यसैमा अडिएको छ सारा जगत’ नारासहित नेपाल स्वयंसेवी रक्तदाता समाजले आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा काठमाडौं महानगरपालिका वडा नं. १९ दमाई टोलमा समाजले आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । बिहान ११ बजेदेखि १ बजेसम्म सञ्चालित सो आाकस्मिक रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि ३१ जनाले स्वयंसेवी तवरले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुलाई प्रमुख आतिथि समाजका अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले समाजद्वारा प्रकाशित २०७८ सालको नयाँ वर्षको क्यालेन्डर, योग बिज्ञन सम्बन्धि जानकारी मूलक पुस्तक, मास्क, पञ्जा र डोनर पीन सम्मान स्वरूप प्रदान गरेका थिए । कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता स...
रगत अभाव न्यूनीकरण गर्न स्वयंमसेवी रक्तदाता समाजद्वारा आकस्मिक रक्तदान कार्यक्रम

रगत अभाव न्यूनीकरण गर्न स्वयंमसेवी रक्तदाता समाजद्वारा आकस्मिक रक्तदान कार्यक्रम

प्रदेश, बागमती प्रदेश, शिक्षा/स्वास्थ्य
काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ ले रगत व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वैशाख २९ गते बुधबार (आज) नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा काठमाडौं महानगरपालिका वडा नं. २० नगर समितिद्वारा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरि सम्पन्न भएको हो । कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धर ,महानगरीय प्रहरी बृत्त जनसेवाका प्रमुख, प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लको समेत उपस्थिति रहेको थियो । पीडितलाई राहत स्वरूप रक्तदान गररगराउँन गरिएको आह्वानलाई हामीले मात्र होईन आम स्वयंसेवी रक्तदाता एवं रक्तदान कार्यक्रम आयोजक संघ–संस्थाहरूको प्रमुख दायित्व रहेको ...
कालीमाटीको तरकारी बजार बन्द

कालीमाटीको तरकारी बजार बन्द

कृषि तथा वन, बागमती प्रदेश
काठमाडौं। अहिले काठमाडौं उपत्यकासहित देशभर कोरोना सङ्क्रमितको दिनहुँ वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ । तरकारी बजार विकास समितिले मंगलबार (आज) एक सूचना जारी गर्दै आजदेखि कृषक बजार बन्दको निर्णय भएको जनाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयअनुसार बजार बन्दको निर्णय भएको समितिका कार्यकारी निर्देशकले जानकारी दिएका हुन् । उनका अनुसार आजदेखि कृषक बजार, बुधबारदेखि थोक बजारमा हुने खुद्रा कारोबार र बिहीबारदेखि खुद्रा बजार बन्दको निर्णय भएको हो । समितिले थोक बजारमा प्याकेजिङ मात्र गरेर तरकारीको बिक्री वितरण गर्न सक्ने जनाएको छ । जसमा एकवटा थोक पसलमा अधिकतम दुईजना बसी सामाजिक दूरी कायम गर्दै नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी पसल सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा पूर्ण...
काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप गर्ने निर्णय

काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप गर्ने निर्णय

प्रदेश, बागमती प्रदेश, ब्यानर
काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ । सोमबार (आज) बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो । आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । जारी निषेधाज्ञा २९ गते राति १२ बजे सकिँदैछ ।...
बागमती प्रदेश सरकारले सबै जिल्लामा पीसीआर ल्याब सञ्चालन गर्ने

बागमती प्रदेश सरकारले सबै जिल्लामा पीसीआर ल्याब सञ्चालन गर्ने

प्रदेश, बागमती प्रदेश, शिक्षा/स्वास्थ्य
काठमाडौं । बागमती प्रदेश सरकारले सबै जिल्लामा पीसीआर ल्याब स्थापना गर्ने भएको छ। कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकार मातहतमा परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। परीक्षणका लागि तत्काल एन्टिजीन पठाएको र आरटी पीसीआर ल्याब सञ्चालनका लागि प्रक्रिया अघि बढाउने निर्णय मन्त्रालयले गरेको हो। यसअघि प्रदेशका ६ वटा जिल्लामा पीसीआर ल्याब स्थापना गरिएको छ । केही दिनअघि मात्रै दोलखाको चरिकोटमा अत्याधुनिक ल्याबले पीसीआर परीक्षण गर्न शुरु गरिसकेको छ। मन्त्रालयको निर्णयसँगै प्रदेश अन्तर्गतका धादिङ, सिन्धुपाल्चोक, रामेछाप, रसुवा, काठमाडौं, ललितपुर र चितवनमा ल्याब स्थापना हुनेछ। मेसिन खरिद गरी स्थापना गर्न, आवश्यक पर्ने अनुमानित रकमको इष्टिमेट स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट गर्ने बताइएको छ ।...
बागमती प्रदेशको सवारी कर नागरिक एपबाटै तिर्न मिल्ने

बागमती प्रदेशको सवारी कर नागरिक एपबाटै तिर्न मिल्ने

बागमती प्रदेश
काठमाडौं। बागमती प्रदेशको सवारीसाधन कर अब नागरिक एपबाटै तिर्न मिल्ने गरी सरकारले तयारी गरिरहेको छ। हिजो शनिबार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अस्गर अलिले ६ महिना भित्र अधिकांश सरकारी भुक्तानी नागरिक एपबाट सुरु गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् । नागरिक एपले उक्त अवधि धित्र थप ८० वटा नयाँ सेवा सञ्चालनको लक्ष्य लिएको छ। सरकारले तीन चरणमा नागरिक एप विकास र विस्तार गर्दै लाने योजना बनाएको छ। यातायातको करसँगै खानेपानी, चौमासिक, अर्धवार्षिक एवम् वार्षिक कर भुक्तानी पनि नागरिक एपमा समावेश गर्ने तयारी सरकारको छ। नागरिक एपमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयलाई समावेश गर्ने बताइएको छ। शनिबारसम्म ६ लाख २५ हजारले नागरिक एप डाउनलोड गरेका छन् भने दुई लाखभन्दा बढीले आफ्नो खाता भेरिफाइ गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। ...