Saturday, May 18Nepal News Portal
Shadow

बागमती प्रदेश

प्रधानमन्त्री ओलीले उद्घाटन गर्न हतारो गरेको सम्मेलन केन्द्रले थेगेन झरी, असारे झरीमा के होला ?

प्रधानमन्त्री ओलीले उद्घाटन गर्न हतारो गरेको सम्मेलन केन्द्रले थेगेन झरी, असारे झरीमा के होला ?

प्रदेश, प्रमुख समाचार, बागमती प्रदेश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीमा बनेको ‘गोदावरी सनराइज सम्मेलन केन्द्र’को उद्घाटन गत ३१ वैशाखमा गरेका थिए । उक्त सम्मेलन केन्द्र उद्घाटन गर्दै भनेका थिए,’ ‘उद्घाटन भएको भयै छ, धरहरामा पार्किङ र बगैँचा बन्न बाँकी छ, त्यहाँ काम नसकी उद्घाटन भयो भनियो, यहाँ बाहिरफेर कति काम बाँकी होलान्, यहाँ पनि त्यही भन्न सक्छन् ।’ महामारीको चरम रुप लिएका बेला प्रधानमन्त्रीले उद्घाटन गर्दा सम्मेलन केन्द्रको निर्माण सकिएको नै थिएन।उद्घाटन भएको एक महिना नबित्दै सो सम्मेलन केन्द्रको फल्स सलिङबाट पानी चुहिन सुरु गरेको छ। निर्माण सकिएको घोषणापछि ठेकदारले धमाधम क्याम्प उठाउँदै गर्दा सम्मेलन केन्द्रमा पानी चुहिन थालेको हो । भर्खरै निर्माण सकिएको र उद्घाटन समेत भइसकेको सम्मेलन केन्द्रको छानाहरुको एक्सपान्सन जोाइनबाट झरी पर्दा केन्द्रभित्रै पानी पस्ने गरेको छ । शहरी विकास विभागका सिनियर ...
उपत्यकाका तीन जिल्लामा खानेपानीको समय तालिका परिवर्तन, कस्तो छ त ?

उपत्यकाका तीन जिल्लामा खानेपानीको समय तालिका परिवर्तन, कस्तो छ त ?

प्रमुख समाचार, बागमती प्रदेश
काठमाडौं । काठमाडौं उपत्यकामा असार १ गते (भोलि) देखि धारामा पानी आउने समय तालिका परिवर्तन हुने भएको छ । उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले खानेपानी वितरणको तालिका सार्वजनिक गरेको हो । मेलम्ची खानेपानी आयोजनाको मर्मत गर्न परेका कारण असार १ गते देखि दुई महिना बन्द हुने भएकाले केयुकेएलले पानी वितरणमा नयाँ तालिका बनाएको छ । बदलिएको खानेपानीको तालिका मेलम्चीको मर्मत नसकिएसम्मको लागि लागू हुने लिमिटेडले जनाएको छ । नयाँ तालिकामा हरेक पानी वितरण केन्द्र अन्तरगत पर्ने क्षेत्रमा हप्तामा एक पटक पानी आउने गरि तालिका बनाएको छ । ...
यो विकासको अभियान हो, पार्टीको भ्रातृ, सुभेच्छुक संस्था र समानान्तर कमिटी होइन नअतालिनुस् : शिव अधिकारी

यो विकासको अभियान हो, पार्टीको भ्रातृ, सुभेच्छुक संस्था र समानान्तर कमिटी होइन नअतालिनुस् : शिव अधिकारी

बागमती प्रदेश, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेस नुवाकोटका नेता शिव अधिकारी ‘अविरल’ले तारकेश्वर गाउँपालिकाको विकासका लागि सामाजिक अभियान चलाउन ‘तारकेश्वर डेभलपमेन्ट फोर्स’ गठन गरेको भन्दै त्यसलाई अतिरञ्जित नगर्न कांग्रेसका नेता एवम् स्थानीयहरुलाई आग्रह गरेका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत तारकेश्वरको विकासको लागि स्थानीय युवाहरुलाई परिचालन गर्दा कांग्रेस पार्टीलाई अझ बढी फाइदा पुग्ने भन्दै फोर्स गठनबारे अतिरञ्जित नगर्न आग्रह गरेका छन् । आफूहरु कांग्रेसको सिपाही भएको भन्दै अधिकारीले फोर्स पार्टीको भ्रातृ, सुभेच्छुक संस्था र समानान्तर कमिटी नभएको स्पष्ट पार्दै फोर्स गठनमा भाजो हाल्ने, भड्काउने र अनावश्यक अफवाह फैलाउने भन्दा पनि सक्दो सहयोग गरि युवा परिचालनमा जोड दिन भनेका छन् । ‘एकतामै बल छ भन्ने भावनाबाट प्रेरित भएर फोर्स गठन गरेको र यसबाट राजनीतिक वा गैरराजनीतिक रुपमै पनि केही राम्रो गर्न सक्यौँ ...
वाग्मती प्रदेशसभा सदस्य श्रेष्ठद्वारा सिभिल अस्पताललाई एक करोड १८ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

वाग्मती प्रदेशसभा सदस्य श्रेष्ठद्वारा सिभिल अस्पताललाई एक करोड १८ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

बागमती प्रदेश, ब्यानर
काठमाडौं । वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा मीनभवनस्थित सिभिल अस्पताललाई एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । च्वाइस ह्युमानिटेरियन सामाजिक संस्थाको सहयोगमा भेन्टिलेटर, अक्सिजन सिलिण्डर, पिपीइ, पञ्जा, अक्सिमिटर, फेस सिल्ड, इमरजेन्सी ट्रेलरलगायत एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । अक्सिजन प्लान्ट स्थापना गर्न मद्दत मिल्ने गरी वाग्मती सरकारले दिएको रु दुई करोडमा रु एक करोड अपुग भएकाले एक करोड १८ लाख बराबरको सामग्री सहयोग जुटाएर हस्तान्तरण गरिएको वाग्मती प्रदेशसभा सदस्य श्रेष्ठले राससलाई जानकारी दिए । अस्पतालका कार्यकारी निर्देशक विधाननिधि पौडेलले प्रदेशसभा सदस्य श्रेष्ठले यसअघि अस्पतालमै आएर आवश्यक सामग्रीको सूची लिएर उपलब्ध गराएको बताए । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना फैलिएपछि खरिद प्रक्रिया पनि पूरा गर...
काठमाडौं महानगरले सबै नगरबासीलाई राहत दिने

काठमाडौं महानगरले सबै नगरबासीलाई राहत दिने

बागमती प्रदेश
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी असार २ गते बस्ने नगरसभामा नगरबासीलाई राहत दिने योजना पेश गर्ने भएको छ । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले महानगरको प्राथमिकता फेरिपनि स्वास्थ्य क्षेत्रको कार्यक्रममा नै रहने बताएका छन् । उनका अनुसार कोभिड – १९ संक्रमणविरुद्ध लड्न रोकथाम र उपचारमा नै कार्यक्रम केन्द्रीत हुनेछ । यसका साथै महानगरको नीति तथा कार्यक्रम बनाउन आयोजना गरिने वडास्तरीय छलफलमा मेयर लगायत सबै सहभागि हुनेछन ।  ...
ललितपुरमा २५ र २६ गते चिनियाँ खोप लगाइँदै

ललितपुरमा २५ र २६ गते चिनियाँ खोप लगाइँदै

प्रमुख समाचार, बागमती प्रदेश
काठमाडौं । ललितपुर महानगरपालिकाले २५ गते र २६ गते नगरवासीलाई चिनियाँ खोप लगाउने भएको छ । महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई दुई दिन खोप लगाउने तयारी गरिएको हो । महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज लगाइएको खोप केन्द्रमा नै यस पटक पनि खोप केन्द्र सञ्चालन गर्ने भएको प्रवक्ता महर्जनले जानकारी दिएका हुन् । सरकारले यस पटक ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई चिनियाँ खोपको पहिलो डोज लगाउने निर्णय गरेको छ ।...
नेपाल आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डोज खोप

नेपाल आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डोज खोप

बागमती प्रदेश, ब्यानर
काठमाडौं । चीनले अनुदानमा दिएको कोरोनाविरूद्धको ८ लाख डोज मंगलबार (आज) नेपाल आइपुगेको छ। गत जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज खोप दिने घोषणा गरेका थिए। यसअघि पनि चीनले ८ लाख डोज खोप अनुदानमै दिएको थियो। योपटक चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज सोमबार राति बेइजिङ गएको थियो। उक्त खोप लिएर जहाज मंगलबार दिउँसो नेपाल आइपुगेको हो। बाँकी २ लाख डोज भने तिब्बत सरकारले प्रदान गर्ने र युनान प्रान्तको राजधानी कुनमिङबाट हिमालय एयरलाइन्सले निःशुल्क नेपाल ल्याइदिने भएको छ। यसअघि चीनबाट ल्याइएको ८ लाख डोज खोप १८ वर्ष उमेर समूहका मानिसलाई लगाइएको थियो।...
आजदेखि एक हप्ता निषेधाज्ञामा कडाई, खाद्यान्नका सामाग्री चाहिए यी नम्बरमा फोन गर्नुहोस्

आजदेखि एक हप्ता निषेधाज्ञामा कडाई, खाद्यान्नका सामाग्री चाहिए यी नम्बरमा फोन गर्नुहोस्

उपभोक्ता, प्रदेश, बागमती प्रदेश, ब्यानर
काठमाडौं । काठमाडौं उपत्यकामा एक महिना गघिदेखि जारी निषेधाज्ञालाई शुक्रबार (आज)देखि थप कडाई गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि निषेधाज्ञामा कडाई गरेसँगै एक हप्तासम्म खाद्यान्न र किराना पसलसमेत खोल्न नपाइने भएको छ । तीन जिल्लाका जिल्ला अधिकारीहरुले उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेकाले निषेधाज्ञा थप कडा बनाइउदै खाद्यान्न र किराना पसल खोल्न नपाइने व्यवस्था गरेका हुन् । यसअघि बिहान १० बजेसम्म फलफूल, तरकारी पसल, खाद्यान्न र किराना पसल खोल्न पाइने व्यवस्था गरिएको थियो । आजदेखि भने तरकारी, फलफूल, मासु, डेरी, खानेपानी र ग्यास पसल भने बिहान ९ बजेसम्म मात्र खोल्न पाइने छ । यसअघि जारी गरिएका गाडीका पास खारेज गरिएको छ भने विकास निर्माणसँग सम्बन्धित गाडी सञ्चालनमा पनि रोक लगाइएको छ । यस्तै, बिहान बेलुकाको घुमघाममा समेत रोक लगाइएको जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख ...
मैले खोप कार्ड दुरुपयोग गरेको भन्नु कल्पना बाहिरको कुरा हो : भविश्वर शर्मा

मैले खोप कार्ड दुरुपयोग गरेको भन्नु कल्पना बाहिरको कुरा हो : भविश्वर शर्मा

प्रदेश, प्रमुख समाचार, बागमती प्रदेश
  काठमाडौं । ठमेल पर्यटन विकास परिषद् (टिटिडिसी) का उपाध्यक्ष भबिश्वर शर्माले कोरोना विरुद्धको चिनिया खोप भेरोसेलको दोस्रो डोज लगाउन खोप कार्डको रुपयोगबारे भ्रमपूर्ण समाचार प्रकाशन गरेको भन्दै आपत्ती जनाएका छन् । विगत लामो समयदेखि आफूले गर्दै आएको कामलाई असफल पार्न लागिरहेका ठमेलका केही व्यक्तिले बदनियतपुर्ण ढंगले खोप सम्वन्धि भ्रमपुर्ण समाचार प्रकाशन गर्न लगाएको भन्दै उनले आपत्ति जनाएका हुन । ‘समाचार लेख्दा सम्वन्धित पक्षको भनाई अनिवार्य हुनुपर्ने पत्रकारिताको न्यूनतम मूल्य मान्यता समेत विर्सिएर केही मिडियाहरुले यससम्वन्धमा समाचार संप्रेषित गरेकोमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ,’ उपाध्यक्ष शर्माले जारी गरेको विज्ञप्तीमा उल्लेख छ, ‘पित पत्रकारिताको रुपमा प्रकाशित उक्त सामाग्रीप्रति कानूनी कारबाहीका लागि सम्वन्धित निकाय प्रेस काउन्सिलमा उजुरी दर्ता गरिसकेको छु ।’ समाचारमा...
कालिमाटी तरकारी बजारमा जोरविजोर प्रणाली लागु

कालिमाटी तरकारी बजारमा जोरविजोर प्रणाली लागु

उपभोक्ता, प्रदेश, बागमती प्रदेश
काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जोरबिजोर प्रणाली लागु गरेको छ । तरकारी लिन आउनेहरुको भिड बढेको भन्दै समितिले गत सोमबारदेखि चारपाग्रे सवारीमा जोरविजोेर प्रणाली लागु गरेको हो । निषेधाज्ञाको समयमा सिमित समयका खुल्ने बजारमा धेरै भिडभएपछि उक्त प्रणाली लागु गरिएको समितिका सूचना अधिकारीले जानकारी दिएका हुन् । उनका अनुसार जोर दिनमा जोर नम्बर तथा बिजोर दिनमा बिजोर नम्बरका सवारीसाधनलाई मात्र बजारमा प्रवेशको अनुमति दिईएको छ । निषेधाज्ञाको समयका बिहान ९ बजेसम्म मात्र बजार खुला हुँदै आएको छ ।...