Saturday, May 18Nepal News Portal
Shadow

बागमती प्रदेश

रक्तदान गर्न प्रोत्साहन गर्ने गीत ‘अठार वर्ष पैतालिस किलो,रक्तदान गर्न नगरौं ढिलो’ सार्वजनिक

रक्तदान गर्न प्रोत्साहन गर्ने गीत ‘अठार वर्ष पैतालिस किलो,रक्तदान गर्न नगरौं ढिलो’ सार्वजनिक

प्रदेश, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले रक्तदान जागरण गीत लोकार्पण गरेको छ । आइतबार बागबजारस्थित होटल हार्दिकको सभामा ‘अठार वर्ष पैतालिस किलो,रक्तदान गर्न नगरौं ढिलो’ बोलको गीत सार्वजनिक गरेको हो । आमन्त्रितहरूको स्वागत गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका वडा नम्बर २० नगर समितिद्वारा तयार परिएको नेस्वरस स्वयंसेवी ज्याकेटको नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले लोकार्पण गर्दै स्वयंसेवीहरूलाई पहिरहन दिएका थिए । आमन्त्रितहरू सबैको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक,डा। रूणा झा अतिथिहरूमा क्रमशः नेपाल रेडक्रस सोसाइटीका पूर्व महामन्त्री देवरत्न धाख्वा,रिलायन्स फाइनान लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र स्वास्थ्य सेवा बिभाग...
स्वयंसेवी शतक रक्तदाता कर्माचार्य सम्मानित

स्वयंसेवी शतक रक्तदाता कर्माचार्य सम्मानित

प्रदेश, प्रमुख समाचार, बागमती प्रदेश, समाज
काठमाडौं । ब्राईट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६७ औं पटक रक्तदान गरिसकेका नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान गरेको छ । संस्थाले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा एक बिशेष समारोहका बीच आइतबार होटल हार्दिकमा कर्माचार्यलाई सम्मान गरेको हो । कर्माचार्यलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशब बडालले ताम्रपत्रको सम्मान–पत्र प्रदान गरि सार्वजनिक सम्मान प्रदान गरेका थिए । कार्यक्रमका सभापति एवं ब्राईट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामइन्द्र न्यौपानेले फूलको माला पहराई,कस्मिराको सल ओढाएर कर्मचार्यलाई बिशेष सम्मान गरेका थिए । कर्माचार्यले सम्मान स्वरुप ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । उक्त रकम बराबरको चेक ब्राईट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्ध निर्देश...
प्रेमसागर कर्माचार्यद्वारा १६७ औं पटक रक्तदान

प्रेमसागर कर्माचार्यद्वारा १६७ औं पटक रक्तदान

उपभोक्ता, प्रदेश, प्रमुख समाचार, बागमती प्रदेश
  काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी रक्तदाता शतक रक्तदाता प्रेमसागर कर्माचार्यले १६७ औं पटक रक्तदान गरेका छन् । शनिबार न्यू एक्टिभिटिज क्लबद्वारा खत्रीपैवा, धुनिबेसी–४, धादिङ्गमा आयोजित रक्तदान कार्यक्रममा कर्माचार्यले १६७ औं पटकको रक्तदान गरेका हुन् । उनले यसअघि नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं–२४ नगर समितिले गरेको रक्तदानमा समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १६६ औं पटक रक्तदान गरेका थिए । कोभिड–१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनि उनी सक्रिय छन् । कार्यक्रमको शुुभारम्भ कर्माचार्यले गरेका थिए भने अन्य महिला तथा पुरूष गरि ३५ जनाले रक्तदान गरेका थिए । त्यसैगरी कर्माचार्य र ...
काठमाडौं विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीद्वारा रक्तदान कार्यक्रमको आयोजना

प्रदेश, प्रमुख समाचार, बागमती प्रदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा नेपाल स्वयंसेवी रक्तदाता समाज २० र २४ वडा नगर समितिको संयोजन तथा व्यवस्थापनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको विशेष उपस्थितिमा शुक्रबार काठमाडौं विश्व विद्यालयमा अध्ययनरत बिद्यार्थीहरूद्वारा उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा बिभागकी निर्देशक डा. मनिता राजकर्णिकार र महानगरीय प्रहरी वृत्तका प्रमुख डि.एस.पी. डिलबहादुर मल्लसमेत उपस्थिति रहेको थियो । कार्यक्रममा महिला तथा पुरूष गरि ४१ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको संयोजन नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिका अध्यक्ष राम रञ्जितले गरेका थिए । त्यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाज २० ...
नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

प्रदेश, प्रमुख समाचार, बागमती प्रदेश, शिक्षा/स्वास्थ्य
काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले र भक्तपुर नगरपालिका वडा नं. ४ गःहिति, लैको, टौमढीमा न्यातापोल कर्नर टीमको ३८औं वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । सेहि टिमद्वारा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा विशेष रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कोभिड–१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनि उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन कार्यक्रममका प्रमुख अतिथि कर्माचार्यले रक्त संकलन थैली हस्तान्तरण गरि उद्घाटन उरेका थिए । रक्तदान कार्यक्रमको सभापतित्व क्लवका अध्यक्ष मुक्तिसुन्दर जधारीले गरेका थिए । सो रक्तदान कार्यक्रम...
स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

प्रदेश, प्रमुख समाचार, बागमती प्रदेश, समाज
काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले शनिबार काठमाडौंका कही स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोभिड–१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न ‘नियमित रक्तदान स्वस्थ हुनुको परिणाम’ मूल नाराका साथ ५५औं राष्ट्रिय रक्त सञ्चार सेवा दिवस मनाएको हो । उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनि मैतीदेवी परिसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज ३० नं. वडा नगर समिति र मरू सिँह सतः मरू टोलमा नेपाल स्वयंसेवी रक्तदाता समाज कमनपा वडा नं. २० नगर समितिको बिशेष सहयोग र संयोजनमा स्थानीय युवा स्पोर्टस् क्लबद्वारा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो । रक्तदान कार्यक्रममा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा रहेको थियो...
५५ औं राष्ट्रिय रक्त सञ्चार दिवसको अवसरमा विभिन्न स्थानमा रक्तदान कार्यक्रम सम्पन्न

५५ औं राष्ट्रिय रक्त सञ्चार दिवसको अवसरमा विभिन्न स्थानमा रक्तदान कार्यक्रम सम्पन्न

प्रदेश, प्रमुख समाचार, बागमती प्रदेश, समाज
काठमाडौं । ‘नियमित रक्तदान स्वस्थ हुनुको परिणाम’ मूल नारा सहित विभिन्न स्थानमा ५५ औं राष्ट्रिय रक्त सञ्चार सेवा दिवस सम्पन्न गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम मंगलबार राजधानीमा सम्पन्न गरिएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभागकी निर्देशक डा. मनिता राजकर्णिकार बिशेष अतिथिको रुपमा आमन्त्रित थिइन् । पाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्ला शाखाका अध्यक्ष रोशन तुकँबञ्जास्को सभापतित्वमा आयोजित उक्त कार्यक्रमको संयोजन निवर्तमान अध्यक्ष मुक्तिसुन्दर जधारीले गरेका थिए । सो कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ६२ जनाले रक्तदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि कर्माचार्यका र विशेष अतिथि डा. राजकर्णिकारले सहभागी रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए । ...
‘सन्तानको मायाँ’ अनलाइन फोटो प्रतियोगितामा प्रथम भए कृष्टी पौडेलका आमाछोरी

‘सन्तानको मायाँ’ अनलाइन फोटो प्रतियोगितामा प्रथम भए कृष्टी पौडेलका आमाछोरी

प्रदेश, बागमती प्रदेश, समाचार, समाज
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २० स्थित हलेसी ‘महाद्यः रञ्जित चुकःमा’ सन्तानको माया’ अनलाइन फोटो प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण गरिएको छ । अनलाइन फोटो प्रतियोगितामा प्रतियोगीहरुमध्ये रूपा पोखरेल र उनकी छोरी कृष्टी पौडेल प्रथम भएका थिए । उनीहरुलाई फूलको माला पहिराई ट्रफी, मेडल र नगद प्रदान गरिएको छ । त्यसैगरि द्वितीय नीरू महर्जन र उनकी छोरी अञ्जु डंगोल रहेका छन् भने तृतीय हुनेमा सपना शिलाकार र उनका छोरा सौगात शिलाकार रहेका छन् । मह जोडीको प्रमुख आतिथ्यतामा आयोजित उक्त पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भएको हो । उक्त कार्यक्रमा मह जोडीको म यानकि मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा प्रतिकुल असर परेकोले उनले उपस्थिति जनाउँन सकेका थिएनन् । कार्यक्रममा महको ह यानकि हरिबंश आचार्य उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका थिए । त्यस्तै सो समारोहमा स्थानीय समाजसेवी ...
नेपाल स्वयंवेवी रक्तदता समाज र तरुण दलको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न

नेपाल स्वयंवेवी रक्तदता समाज र तरुण दलको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न

प्रदेश, बागमती प्रदेश, समाज
काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ७, हाईभिजन कोलोनीस्थितमा तरूण दलको सहयोगमा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । शुक्रबार नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको बिशेष उपस्थितिमा उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा ९ जना महिलासहित १०२ जनाले स्वयंसेवी तवरले रक्तदान गरे। आकस्मिक आयोजित सो विशेष रक्तदान कार्यक्रममा अध्यक्ष कर्माचार्यलाई खादा ओढाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले मायाको चिनो प्रदान गरे । साथै सोहि स्थानमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रम...
बेथानचोक जेसीजद्वारा वक्तृत्वकता कार्यक्रम आयोजना

बेथानचोक जेसीजद्वारा वक्तृत्वकता कार्यक्रम आयोजना

बागमती प्रदेश, समाज
काठमाडौं । बेथानचोक जेसीज, हातेमालो युवा समाज, पार्वती एलुम्नाई एशोसियशन र बेथानचोक क्षेत्र सरोकार समाजको संयुक्त आयोजनामा भर्चुवल माध्यमबाट वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रतियोगितामा बिष्मिता तिमल्सिना प्रथम, उपा शंकर द्वितिय, सुरक्षा अधिकारी तृतीय भएका छन् भने कमल नेपालले सान्त्वना पुरस्कार पाएका छन् । ‘बेथानचोक क्षेत्रमा पर्यटकीय सम्भावना, पर्यटन विकास र प्रवर्द्धनमा युवाको भूमिका’ शीर्षकमा वक्तृत्वकला कार्यक्रम शनिबार सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईले उपस्थिति जनाउनु भएको थियो । त्यस्तै विशिष्ट अतिथिको रुपमा नेपाल जेसीज बर्ष २०२१ का डाईनामिक लिडर जेसीआई सिनेटर अरुणेश्वर खनाल, बेथानचोक गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिना, यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले उपथिति जनाएका थिए भने आति...