Saturday, May 4Nepal News Portal
Shadow

बागमती प्रदेश

यस्तो छ आजको मौसम, कुन कुन ठाउँमा छ वर्षाको सम्भावना ?

यस्तो छ आजको मौसम, कुन कुन ठाउँमा छ वर्षाको सम्भावना ?

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, समाचार
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशको पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जन सहित हावा हुरीको सम्भावना रहेकोे छ । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै भोलि आइतबार देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा तराई भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।...
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

गण्डकी प्रदेश, प्रमुख समाचार, बागमती प्रदेश
काठमाडौं । शनिवार (आज) देशको पहाडी भेगमा आज बिहान आंशिक बदली रहेको छ । तराईका केही भू–भागहरूमा हुस्सु जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले बताएको छ । विभागका अनुसार आज राति प्रदेश–१ मा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहनुका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ । अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव रहे पनि यो प्रणाली स्ट्रङ नरहेको मौसमविद्हरूको भनाइ छ । जसका कारण वर्षाको उच्च सम्भावना न्यून छ ।...
१६औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाइयो

१६औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाइयो

प्रदेश, बागमती प्रदेश, समाचार, समाज
काठमाडौं । शनिबार एक कार्यक्रम आयोजना गरी १६ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाइएको छ । काठमाडौंको होटल हार्दिकको सभाकक्षमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि सञ्चारकर्मी तथा गायिका कमला श्रेष्ठ रहेकी थिइन । त्यसैगरी अतिथिहरूमा क्रमशः नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा बिभागकी निर्देशक डा. मनिता राजकर्णिकार,थालिसिमिया सोसाइटीका अध्यक्ष दुर्गा प्रसाद पाठक, संगीत शाखा रेडियो नेपालका प्रमुख मनराजा नकर्मी,समाजका सल्लाहकार दिव्यमणि दीक्षित र माता भद्रकाली रहेका थिए । आफ्नो दुई हात र एउटा खुट्टा गु्माएकी कार्यक्रमकी प्रमुख अतिथि कमला श्रेष्ठले कार्यक्रमका सभापति तथा स्वयंसेवी शतक रक्तदाता कर्माचार्यद्वारा लेखिएको शब्द रहेको गीत गाएर १६...
नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

प्रदेश, बागमती प्रदेश, समाचार
काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तारकेश्वर नगर समितिद्वारा काभ्रेस्थली, काठमाडौं बागमती प्रदेशमा एक बिशेष रक्तदान कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न÷गराउनको निमित्त देशभर गरिएको आह्वानलाई सार्थक तुल्याउँदै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम शनिबार आयोजना गरिएको हो । कोभिड–१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त९तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनि कार्यक्रम आयोजना गरिएको बताइएको छ । सो रक्तदान कार्यक्रममा महिला, पुरूष गरि जम्मा ४७ जनाले रक्तदान गरेका थिए । प्रमुख अतिथि कर्माचार्यले रक्तदान गर्ने स्वयंसेवी रकदाताहरूलाई स...
चाँडपर्वमा मेला महोत्सव गर्न प्रशासनको रोक

चाँडपर्वमा मेला महोत्सव गर्न प्रशासनको रोक

प्रमुख समाचार, बागमती प्रदेश
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले चाँडपर्वको वेला अनावश्यक रुपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाउने निर्णय गरेको छ । प्रशासनले बिहीबार (आज) एक सूचना जारी गर्दै आज राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रुपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाउने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेश अनुसार अब घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाइने उल्लेख छ । कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकारको निर्णय, संक्रमण रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को अपदफा ३ ले दिएको अधिकार प्रयोग गर्दै अर्को आदेश नभएसम्मका लागि सो आदेश लागु हुने जनाइएको छ ।  ...
नेपाल स्वयंसेवी रक्तदाता समाजद्वार रक्तदान कार्यक्रम सम्पन्न

नेपाल स्वयंसेवी रक्तदाता समाजद्वार रक्तदान कार्यक्रम सम्पन्न

प्रदेश, बागमती प्रदेश
काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले रातो मच्छिन्द्रनाथको भोटो देखाउने पवित्र धार्मिक स्थल ललितपुरस्थित जावलाखेलमा लायन्स क्लब अफ काठमाडौं, युनाइटेड सेन्ट्रल र रिलायन्स फाइनान्स लिमिटेडको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोभिड–१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनि उक्त कार्यक्रम आयोजना गरिएको हो । हालैमात्र लोकार्पण गरिएको ‘अठार वर्ष,पैतालिस किलो,रक्तदान गर्न नगरौं ढिलो’ बोलको गीतले साँगीतिक गुञ्जयमानका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा ४१ जना महिला तथा पुरूषले रक्तदान गरेका थिए । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख उपस्थितिमा उक्त रक्तदान...
उपत्यकाका विद्यालयहरु दसैँ अगाडि सञ्चालन नहुँने

उपत्यकाका विद्यालयहरु दसैँ अगाडि सञ्चालन नहुँने

प्रमुख समाचार, बागमती प्रदेश, शिक्षा/स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकाका धेरै जसो विद्यालयहरु दशैँ अगाडी सञ्चालन नहुँने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार निजी विद्यालयहरुका संगठनहरु प्याब्सन तथा एनप्याब्सन, अभिभावकहरु, शिक्षा तथा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थितिमा भएको छलफलमा कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतार नगर्ने सहमति भएको हो। छलफलमा स्वास्थ्य मन्त्रालयका अधिकारी, शिक्षा सचिव, सीसीएमसीका अधिकारी र शिक्षा क्षेत्रसँग सरोकार राख्ने विभिन्न व्यक्तिहरु सहभागी थिए। काठमाडौं उपत्यकाका केही स्थानीय तहले विद्यालय सञ्चालन गरेपछि निर्णयमा एकरुपताका लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरोकारवालालाई छलफलमा बोलाएका थिए।...
सागको मूल्य प्रतिकेजी २ सय रुपैयाँ नाघ्यो

सागको मूल्य प्रतिकेजी २ सय रुपैयाँ नाघ्यो

उद्योग, उपभोक्ता, बागमती प्रदेश
काठमाडौं । पछिल्लो समय बजारमा सागको मूल्य बढ्दै गएको छ । अहिले सागको मूल्य प्रतिकेजी २ सय रुपैयाँभन्दा माथि पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार पछिल्लो समय हरियोे तरकारी (साग) को मूल्य बढेको हो । तथ्यांक अनुसार गत साउन महिनामा भन्दा भदौ महिनामा अधिकांश हरियो तरकारी तथा फलफूलको मूल्य ३० प्रतिशतसम्म वृद्धि भएको हो । समितिको तथ्यांक अनुसार पछिल्लो समय हरियो सागसँगै गाँजर, बोडी, सिमी, हरियो प्याज, हरियो खुर्सानी लगायतका तरकारीको मूल्यमा बृद्धि भएको छ ।  ...
असोज १ गतेदेखि गुण एयरलाइन्सले उडान सुरु गर्ने

असोज १ गतेदेखि गुण एयरलाइन्सले उडान सुरु गर्ने

प्रमुख समाचार, बागमती प्रदेश
काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले असोज १ गतेखेदि नियमित उडान सुरु गर्ने भएको छ । यो वायुसेवाले काठमाडौंबाट भरतपुर र पोखरामा नियमित उडान सुरु गर्ने गरी मंगलबारबाट नै टिकट बुकिङ खुला गरिसकेको छ । गुण एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) का अनुसार यो वायुसेवाले पहिलो उडान काठमाडौंबाट भरतपुर गर्ने भएको छ । पहिलो दिनको उडान असोज १ गते साढे १० बजेटबाट सुरु हुने छ । यो वायुसेवाले यात्रुको सेवा र सुविधाका लागि एक वर्ष भन्दा लामो समयदेखिको तयारी गरिरहेको उल्लेख रहेको छ । कोरोना महामारी न्यूनीकरण तथा रोकथाम गर्न सरकारले गत वर्ष ११ चैत २०७६ देखि गरेको लकडाउनका कारण थन्किएको वायुसेवा नयाँ ब्राण्डमा र बलियो उपस्थिति देखाउने गरी आएको छ । यो वायुसेवाले आठ वर्ष अगाडि आफ्नै ब्राण्डमा उडान सुरु गर्न लागेको हो । गुण एयरलाइन्सबाट सिम्रिक एयरलाइन्स भएर सात वर्ष उड...
साथी मार्ट ७६ औं आउटलेट मैतिदेवीमा

साथी मार्ट ७६ औं आउटलेट मैतिदेवीमा

प्रदेश, बागमती प्रदेश, समाचार
काठमाडौं । नेपालकै पहिलो ओ टु ओ कमर्स (अनलाइन टु अफलाइन) सुबिधा दिंदै आएको साथी मार्टले काठमाडौको मैतिदेवीमा ७६ औं आउटलेट सञ्चालनमा ल्याएको छ । साथी मार्टको मैतिदेवी आउटलेट फ्रेन्चाइज नभइ साथी मार्ट इनकर्पोरेट प्रालिको पूर्ण स्वामित्व (कोको मोडल) मा रहेको बताइएको छ । उपभोक्ताले साथी मार्टको आधिकारिक वेबसाइटमा आफुलाई आवस्यक सामान रोजेर अर्डर गरि घरैमा डेलिभरी मगाउन सक्ने पनि बताइएको छ । स्टोरबाट ग्राहकले ३५ प्रतिशतसम्मको आकर्षक छूट फल्यास सेल, डिल अफ द मन्थजस्ता अफर गरि सहुलियत पाउने छन् । होम डेलीभरी, पिक अप, अफीलीएट समेतको सुबिधा नयाँ आउटलेटमा उपलब्ध हुने कम्पनीले बताएको छ । आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे, गिफ्ट, तरकारी फलफूल, पेट फुड, इलेक्ट्रोनिक्स लगायतका सामान विशेष छूटमा रहेका छन् । यसका साथै चालू आर्थिक वर्षभित्र फ्रेन्चाइज...