Thursday, May 9Nepal News Portal
Shadow

बैंक तथा वित्त

कामना सेवा विकास बैंक र ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलबीच सम्झौता

कामना सेवा विकास बैंक र ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलबीच सम्झौता

प्रमुख समाचार, बैंक तथा वित्त, ब्यानर
काठमाडौं । कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देहीस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै बेड शुल्कमा ३० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले बैंकको कार्ड, मोबाइल बैंकिङ प्रयोग गरी बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरिरहेको छ ।  ...
माछापुच्छ्रे बैंकको सीईओमा पुनः सन्तोष कोइराला

माछापुच्छ्रे बैंकको सीईओमा पुनः सन्तोष कोइराला

प्रमुख समाचार, बैंक तथा वित्त
काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सन्तोष कोइराला नियुक्त भएका छन् । पुस ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कोइरालालाई थप अर्को कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । कोइरालाले अब थप ४ वर्ष कम्पनीको सीईओको कार्यभार सम्हाल्ने छन् । सीईओ कोइरालासँग साढे २ दशकभन्दा लामो बैंकिङ अनुभव रहेको छ । उनले करियरको छोटो समयमा नै सफल बैंकरको रुपमा चिनिएका छन् ।...
वाणिज्य बैंकहरुको नाफा साढे २० अर्बभन्दा बढी

वाणिज्य बैंकहरुको नाफा साढे २० अर्बभन्दा बढी

बैंक तथा वित्त, ब्यानर
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा वाणिज्य बैंकहरुले साढे २० अर्बभन्दा बढी नाफा आर्जन गरेका छन्। चार महिनाको अवधिमा वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड २२ लाख ६० हजार खुद नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । जुन गत असोज मसान्तसम्मको तुलनामा एक अर्ब १८ करोड ८५ लाख रुपैयाँले बढेको हो । गत असोज मसान्तसम्ममा भने बैंकहरूले १९ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । चालु आवको पहिलो चौमासिकमा सबैभन्दा धेरै नाफा भने नबिल बैंकले कमाएका छ । बैंकले चार महिनामा २ अर्ब १६ करोड ९६ लाख बढी खुद नाफा कमाएको छ । गत असोजमा भने नबिल बैंक धेरै नाफा कमाउनेको दोस्रो सूचीमा थियो । धेरै नाफा कमाउनेको दोस्रो स्थान भने ग्लोबल आइएमई बैंक देखिएको छ । बैंकले चार महिनामा १ अर्ब ९४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । एक महिनामै कम्पनीले १६ करोड ७५ लाख रुपैयाँ नाफा कमाएक...
‘नबिल ढुक्क घर कर्जा’ ल्यायो नबिल बैंकले

‘नबिल ढुक्क घर कर्जा’ ल्यायो नबिल बैंकले

आर्थिक गतिविधि, बैंक तथा वित्त, समाचार
काठमाडौं । नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना कार्यक्रम ल्याएको छ । यो योजनाअन्तर्गत बैंकले २० वर्षसम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने बैंकले जानकारी दिएको छ । यस योजनामा नबिलले दुई स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको छ । जसमा सात वर्षको लागि प्रतिवर्ष १०.९९ प्रतिशत र १० वर्षको लागि प्रतिवर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदर राखिएको छ । “जब घरकर्जाको कुरा आउँछ, घरधनीहरू हरेक महिना तिर्नुपर्ने प्रिमियम दरमा हुने परिवर्तनले आत्तिने गर्छन् । यस कुरालाई ध्यानमा राखेर हामीले ‘नबिल ढुक्क घर कर्जा’ ल्याएका छौँ,” नबिल बैंकका पर्सनल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले भनिन्, “यस योजनाअन्तर्गत घरधनीले आफ्नो कर्जा अवधिभर तोकिएको सुलभ ब्याजदरमा आश्वस्त हुन सक्छन् ।” नबिलको यो योजनाले ग्राहकलाई घर बनाउने सपना पूरा गर्न सहज हुने विश्वास लिएको बैंकले जानक...
ग्लोबल आइएमई बैंक वाणिज्य बैंकहरूमध्ये बन्यो सबैभन्दा बढी कर तिर्ने बैंक

ग्लोबल आइएमई बैंक वाणिज्य बैंकहरूमध्ये बन्यो सबैभन्दा बढी कर तिर्ने बैंक

आर्थिक गतिविधि, प्रमुख समाचार, बैंक तथा वित्त
काठमाडौं। ग्लोबल आइएमई बैंक वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर तिर्ने बैंक बनेको छ। बैंकले गत आर्थिक (आव)वर्ष २०७९/८० मा ५ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ कर तिरेको जानकारी दिएको छ। मर्जमा गएका अधिकांश बैंकहरूले वित्तीय अवस्था राम्रो देखिएको छैन्। ग्लोबल आइएमईको सञ्चालक समिति तथा व्यवस्थापनले सहजरूपमा मर्जलाई व्यवस्थापन गर्दै अधिकांश वित्तीय सूचकहरूमा प्रतिष्पर्धी बैंकभन्दा राम्रो नतिजा ल्याएको बैंकको दाबी छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल बैंकको अध्यक्ष हुन् । ग्लोबल आइएमई बैंक कूल पुँजी तथा चुक्ता पुँजीका आधारमा नेपालको सबैभन्दा ठूलो बैंक हो। हाल यस बैंकको कूल पुँजी ५८ अर्ब ६८ करोड रुपैयाँ छ। यसको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ छ। बैंकले गत आर्थिक वर्षमा ७ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको छ। झन्डै २ दर्जन जति बैंक तथा वित्तीय संस्थालाई आफूमा समाहित...
सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

आर्थिक गतिविधि, प्रमुख समाचार, बैंक तथा वित्त
काठमाडौं ।सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएकोसनराइज फर्स्ट म्युचुअल फण्डले प्रतिफल घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको बिहीबारको बैठकले फण्डका इकाइधनीलाई आर्थिक वर्ष २०७९/८० का लागि करसहित १६ प्रतिशत प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो । फण्डले इकाइधनीलाई १३ करोड ५६ लाख रुपैयाँ प्रतिफल वितरण गर्न लागेको हो । इकाइधनी दर्ता किताब बन्द (बुक क्लोज)को मिति भने पछि प्रकाशन गरिने बताइएको छ ।...
एनआईसी एशिया बैंकले गर्यो तीन कर्जा योजना सार्वजनिक

एनआईसी एशिया बैंकले गर्यो तीन कर्जा योजना सार्वजनिक

आर्थिक गतिविधि, बैंक तथा वित्त, समाचार
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना लाखौं ग्राहकहरू समक्ष अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकहरुको आवश्यकतालाई हरसम्भव पूरा गर्ने सोचका साथ बैंकले न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू. १२ करोडसम्मको अठोट घर कर्जा योजना ल्याएको छ । २५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा ग्राहकहरुले आकर्षक तथा न्यूनतम ब्याजदरमा उपभोग गर्न सक्नुहुनेछ । यस योजना अन्तर्गत ग्राहकहरुले निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न यो कर्जा सुविधा उपयोग गर्न सक्नेछन् । साथै, अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्र्जा यस बैंकको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्था समेत बैंकले गर...
राष्ट्र बैंकले तीन बैंकलाई गर्‍यो कारबाही

राष्ट्र बैंकले तीन बैंकलाई गर्‍यो कारबाही

आर्थिक गतिविधि, बैंक तथा वित्त, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकको बैक सुपरीवेक्षण विभागले तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले प्राइम कमर्सियल, कुमारी र हिमालयन बैंकलाई कारबाही गरेको हो । तीन वाणिज्य बैंकमध्ये प्राइमलाई सचेत गराइएको छ । कुमारी र हिमालयन बैंकलाई भने नगद जरिबाना गराईएको छ । प्राइमले ‘क्यापिटन एडुकेसी फ्रेमवर्क २०१५’ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेकाले सचेत मात्र गराइएको हो । तर, कर्जा स्रोत परिचालन अनुसार कुमारी बैंकले माघमा कर्जा निमक्षेप अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकले ५९ लाख ६३ हजार ६९४ रुपैयाँ जरिबाना गरेको छ । हिमालयन बैंकलाई पनि यही शीर्षकमा जरिबाना गरिएको हो । बैंकले गत वर्षको कात्तिकमा तोकिएको कर्जा–निक्षेप अनुपात कायम नगरेकाले एक करोड ३९ लाख ४७ हजार रुपैयाँ जरिबाना भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई सीडी रेसियो ९० प्रतिशत कायम गर्न...
प्रभु बैंकबीच र भिजि इम्पेक्स फाइनान्सिङ सम्झौता

प्रभु बैंकबीच र भिजि इम्पेक्स फाइनान्सिङ सम्झौता

आर्थिक गतिविधि, बैंक तथा वित्त, समाचार
काठमाडौं । भिजि इम्पेक्स र प्रभु बैंकबीच फाइनान्सिङको लागि सम्झौता भएको छ। भिजि इम्पेक्स प्रालि नेपालमा जिडब्लुएमका सवारी साधनहरूको एकमात्र आधिकारिक आयातकर्ता तथा वितरक हो। कम्पनी र बैंकबीच जिडब्लुएमको विद्युतीय गाडी ओरा ०३ खरिदको लागि वित्तीय ९फाइनान्सिङ० सम्झौता भएको हो। कम्पनीका अनुसार जिडब्लुएमको ओरा ०३ इभी खरीद गर्न चाहने ग्राहकहरूलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्ने, प्रतिस्पर्धी ब्याजदर, र कर्जा अवधि उपलब्ध गराउने उद्देश्यका साथ सहकार्य गरिएको हो। प्रभु बैंकले १२.०६ प्रतिशत ब्याजदर सहित अटो कर्जा प्रदान गर्ने सम्झौता भएको छ। यसमा बैंकले आफ्नो निर्णयको आधारमा ब्याजदर समायोजन गर्न सक्नेछ। अटो लोन फाइनान्सिङको लागि बैंकले व्यक्ति र फर्म दुवैको लागि कर्जा रकमको ८० प्रतिशतसम्म उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको छ। यसको नियमित अधिकतम कर्जा अवधि ५ वर्ष हो। तर विशेष अव...
एन आई सी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक, आवाजबाटै क्युआर भुक्तानीको जानकारी तत्काल प्राप्त हुने

एन आई सी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक, आवाजबाटै क्युआर भुक्तानीको जानकारी तत्काल प्राप्त हुने

आर्थिक गतिविधि, बैंक तथा वित्त, समाचार
काठमाडौं । एनआईसी एशिया बैंकले क्युआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने विशेषता भएको स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको छ । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरूका साथ लाखौं ग्राहकहरूमाझ आधुनिक बैंकिङ्गको अभ्यास गरिरहेको यस बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइसको सुरुवात गरेको हो । बैंकको क्युआर कोड भुक्तानी प्रणालीमा आबद्ध हुनुभएका मर्चेन्टहरूले आफ्ना सेवाग्राहीबाट उक्त प्रणालीमा भुक्तानी लिँदा एसएमएस वा ईमेल अलर्टको अतिरिक्त अब यो डिभाइसमार्फत आवाजबाटै भुक्तानी प्राप्त भएको पुष्टि गर्न सक्ने छन् । बैंकले ल्याएको यस नवीन प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्युआर कोडमार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकहरूले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल प्राप्त गर्न सक्नेछन् । बैंकले नेपा...