Monday, May 20Nepal News Portal
Shadow

बैंक तथा वित्त

विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने

विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने

आर्थिक गतिविधि, प्रमुख समाचार, बैंक तथा वित्त
काठमाडौं । विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने भएको छ। बैंकको कार्यकारी समितिले कोरोना महामारीका कारण मर्कामा परेका साना तथा मझौला उद्योगका सञ्चालकहरूलाई सहयोग गर्न भारतलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको हो। भारतमा कोरोनाभाइरसको महामारीले साना तथा मझौला उद्योग व्यवसायहरु नराम्रोसँग धराशायी भएको हुदाँ विश्व बैंकले दिएको सो रकम भारतका साना तथा मझौला उद्योगहरूको पुनः उत्थान र प्रवर्द्धनका लागि परिचालन गरिने भएको छ। सो कार्यका लागि भारतको सरकारले पनि ठूलो रकम लगानी गर्ने र विश्व बैंकको रकम त्यसमा थपिने बैंकका अधिकारीहरुले बताएका छन्। बैंकले प्रकाशन गरेको वक्तव्यमा कोरोनापछि साना तथा मझौला व्यवसायीहरूलाई उठाउनका लागि सो रकम उपयोग गर्न भारतलाई आग्रह पनि गरिएको छ।...
सिटिजन्स बैंकले ल्यायो मोबाइल बैंकिङमार्फत यस्तो सुविधा

सिटिजन्स बैंकले ल्यायो मोबाइल बैंकिङमार्फत यस्तो सुविधा

प्रमुख समाचार, बैंक तथा वित्त
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले मोबाइल बैंकिङमार्फत अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा लिन सकिने ‘पेडे लोन’ नामक नयाँ योजना ल्याएको छ । एफवान सफ्ट इन्टरनेशनल प्रा.लि. सँगको सहकायमा बैंकले ग्राहकलाई यस्तो सुविधा प्रदान गर्न लागेको हो । बिहीबार (हिजो) बैंकको मुख्य कार्यालयमा भर्चुअल कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ‘पेडे लोन’ योजना सार्वजनिक गरेका हुन् । बैंकमा तलब खाता संचालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकले यस्तो कर्जा अधिकतम ३० दिनसम्मका लागि सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बिनाधितो, बिनाकागजी प्रक्रिया, बिनाबैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिनेजस्ता विशेषताले योजना लोकप्रिय हुने बैंकको दाबी छ । बैंकमा दुई वर्षदेखि नियमित तलब खाता प्रयोग गरीरहेका ग्राहकले कर्जा चाहिए यो बैंकको मोबाइल एपबाट आवेदन दिन सक्नेछन् ...
एनएमबि बैंकको खातामा कनेक्ट आईपीएस अनलाइन सुविधा

एनएमबि बैंकको खातामा कनेक्ट आईपीएस अनलाइन सुविधा

Uncategorized, बैंक तथा वित्त
काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै आफैं भेरिफाई गर्न सक्ने सुविधा ल्याएको छ । यस सुविधासँगै बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्न बैंक शाखामा जानुपरेको छैन । अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सकिने बैंकले जनाएको छ । अनलाइन सुविधा सुरु भएपछि ग्राहकहरुलाई हालको निषेधाज्ञाको अवस्थामा थप सहज हुने बैंकको विश्वास रहेको छ । अनलाइन सेल्फ भेरिफाई गरिएका खाताका लागि बैंकले प्रतिदिन १ लाख तथा प्रतिमहिना १० लाखसम्मको कारोबार सीमा प्रदान गरेको छ । अनलाइन सेल्फ भेरिफाई प्रक्रियाका लागि ग्राहकले कनेक्ट आईपीएसमा रजिस्ट्रर गरेको मोबाइल नम्बर र बैंकमा रहेको मोबाइल नम्बर एउटै हुनुपर्नेछ ।...
प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

प्रमुख समाचार, बैंक तथा वित्त
काठमाडौं । प्रभु बैंक लिमिटेडले जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । ‘८.५० प्रतिशत प्रभु बैंक ऋणपत्र–२०८७’ नामक सो ऋणपत्रमा अब जेठ २६ गतेसम्म थप भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशनमा ल्याएको हो। योमध्य १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो भने बाँकी २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको छ। सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा २ हजार ५०० कित्ता बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १५ लाख ९७ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख ...
निफ्रालाई विद्युत व्यापार गर्न अनुमति दिने ऊर्जा मन्त्रालयको तयारी

निफ्रालाई विद्युत व्यापार गर्न अनुमति दिने ऊर्जा मन्त्रालयको तयारी

प्रमुख समाचार, बैंक तथा वित्त
काठमाडौं । सरकारले नेपालको एक मात्र पूर्वाधार विकास बैंक (निफ्रा) लाई विद्युत् व्यापारका लागि अनुमति दिने तयारी गरेको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधवार आयोजना गरेको स्वदेशी खपतसँग विद्युत् व्यापार र आगामी बजेट विषयक अन्तरक्रिया कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले निफ्रालाई विद्युत् व्यापारका लागि अनुमति दिन लागिएको बताए । नेपाल विद्युत् प्राधिकरणले स्थापना गरेको विद्युत व्यापार कम्पनीले पनि अनुमति मागेकोमा दिइएको छैन । तर सहसचिव भेटवालले दुवैलाई एकै प्रक्रियाबाट अनुमति दिइने बताए। सहसचिव भेटवालले प्रतिस्पर्धी रुपमा विद्युत् व्यापारका लागि प्रक्रिया पुगेर आएका आवेदनलाई अनुमति दिइने बताए । ऊर्जा उद्यमीले क्षेत्रीय विद्युत् व्यापारका लागि नेपाल पावर एक्सचेन्ज लिमिटेड कम्पनी सन् २०१८ मा नै स्थापना गरेका छन् । सो कम्पनीमा नेपालका निजी...
वैदेशिक रोजगारीमा गएकाहरुलाई १० प्रतिशत ब्याज दिने गरी बचतपत्र निष्कासन

वैदेशिक रोजगारीमा गएकाहरुलाई १० प्रतिशत ब्याज दिने गरी बचतपत्र निष्कासन

आर्थिक गतिविधि, बैंक तथा वित्त
काठमाडौं। नेपाल राष्ट्र बैंकद्वारा ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र जारी भएको छ । सरकारका लागि आन्तरिक ऋण उठाइरहेको राष्ट्र बैंकले यसैअन्तर्गत वैदेशिक रोजगार बचतपत्र जारी गरेको हो। पाँच वर्ष अवधिको बचतपत्रको वार्षिक ब्याज दर १० प्रतिशत रहेको छ । ब्याज आम्दानी गरेबापत वैदेशिक रोजगारमा हुनेहरुले सरकारलाई कर पनि तिर्नु पर्दैन। नभए ब्याज आम्दानीमा ५ प्रतिशत कर लाग्छ। ब्याजको भुक्तानी प्रत्येक ६र६ महिनामा गरिने छ। ऋणपत्र कम्तिमा १० हजार रुपैयाँको किन्नु पर्नेछ।  ...
राष्ट्र बैंकले रकम जुटाउन १५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्काशन गर्दै

राष्ट्र बैंकले रकम जुटाउन १५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्काशन गर्दै

आर्थिक गतिविधि, बैंक तथा वित्त
काठमाडौं । नेपाल राष्ट्र बैंकले जेठ १३ गते (बिहीबार) १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनलाई विकास ऋणपत्र जारी गर्न लागेको हो। बिहीबार निष्काशन हुने विकास ऋणपत्र २०८३ ’घ’ को अवधि ५ वर्ष रहेको छ। बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था,गैर बैंक बित्तीय संस्था,बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनसकिनेछ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन्। प्रतिस्पर्धी खरिदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात १२ अर्ब ७५ करोड रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात २ अर्ब २५ करोड छुट्याइएको छ। इच्छुक लगानीकर्ताले जेठ ११ गते दिउँसो २ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत ...
नेपाल राष्ट्र बैंकले मुद्दती र कल निक्षेपमा ६४ करोड भन्दा बढी लगानी गर्ने

नेपाल राष्ट्र बैंकले मुद्दती र कल निक्षेपमा ६४ करोड भन्दा बढी लगानी गर्ने

आर्थिक गतिविधि, बैंक तथा वित्त, ब्यानर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको १ वर्षे अवधिको मुद्दती र कल निक्षेपमा लागि ६४ करोड ६३ लाख ५९ हजार रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले मुद्दती निक्षेपमा ५१ करोड ४४ लाख ६२ हजार ९६० रुपैयाँ र कल निक्षेपमा १३ करोड १८ लाख ९६ हजार ७४० रुपैयाँ लगानी गर्न लागेको हो। बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागबाट सञ्चालित विभिन्न आयोजनाहरूको रहेको उक्त रकम मुद्दति र कल निक्षेपमा राख्न लागेको हो। केन्द्रिय बैंकको निक्षेप लिन चाहाने बैंक तथा वित्तीय संस्थाले जेठ ११ गते बेलुका ४ बजेसम्ममा आवेदन दिनुपर्ने छ। राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष कायम हुनुपर्नेछ।...
सानिमा लाइफले ६० करोड रुपैयाँको आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन

सानिमा लाइफले ६० करोड रुपैयाँको आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन

बीमा, बैंक तथा वित्त
काठमाडौं । सानिमा लाइफले प्राथमिक शेयर निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो । प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले रेटिङ गराइसकेको छ भने केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ । कम्पनीले २०७४ मंसिरमा जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभाबाट प्राथमिक शेयर निष्काशनको प्रस्ताव पारित गरिसकेको छ । नियम अनुसार कम्पनीले आर्थिक वर्ष २०७५र/७६ को वार्षिक साधारणसभा गर्नु पर्छ । यहि जेठ २३ गते कम्पनीले आर्थिक वर्ष २०७५र७६ को लेखापरिक्षण सहित वार्षिक साधारणसभा गर्दै छ । उक्त साधारणसभा सम्पन्न हुने वित्तीकै कम्पनीलाई प्राथमिक शेयर निष्काशनका...
लाभांश पारित गर्न सिद्धार्थ इन्स्योरेन्सले बोलायो साधारण सभा

लाभांश पारित गर्न सिद्धार्थ इन्स्योरेन्सले बोलायो साधारण सभा

आर्थिक गतिविधि, बैंक तथा वित्त, ब्यानर
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको आफ्नो १९ औँ वार्षिक साधारण सभा जेठ २८ गते बस्ने भएको छ । कम्पनीको हिजो (बैशाख ५ गते) बसेकोे संचालक समितिको बैठकले उक्त सभाको मिति तोकेको हो । सभा काठमाडौंको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु हुने कम्पनीले जनाएको छ । सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षको मुनाफाबाट १५ दशमलव ७८९४ प्रतिशत लाभांश वितरण गर्ने पारित गर्नेछ । जसमा ३ .७८९४ प्रतिशतले हुन आउने नगद लाभांश र १२ प्रतिशतले हुन आउने बोनश शेयर रहेको पारित हुँदैछ । त्यसैगरी सभामा संचालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७६ /७७ को वार्षिक प्रतिवेदन छलफल पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६ ७७ को वासलात, हिसाव, नगद तथा नाफा नोक्सान, सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धीत अनुसुचिहरु छलफल गरी पा...