Sunday, April 28Nepal News Portal
Shadow

बैंक तथा वित्त

हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जर सम्झौता बिहीबार एलफ्टमा हुने

हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जर सम्झौता बिहीबार एलफ्टमा हुने

प्रमुख समाचार, बैंक तथा वित्त
काठमाडौं। हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि बिहीबार दिउँसो औपचारिक सम्झौता हुने भएको छ। यी दुई बैंक बीच भोलि एलफ्ट होटलमा मर्जर सहमति हुने भएको हो । सम्झौता कार्यक्रममा दुबै बैंकका अध्यक्ष हुने छन् भने बाँकी पदाधिकारीहरु अनलाइनबाट सहभागी हुने छन्। मर्जरका लागि सहमति गर्नु अगाडि गरिएको सम्पूर्ण सम्पति तथा दायित्वको प्रारम्भिक मूल्यांकन (डीडीए) मा हिमालयनको प्रति सेयर मूल्य १०२ रुपैयाँ ५० पैसा हुँदा इन्भेष्टमेन्टको १०० रुपैयाँ आएको छ। दुवै बैंकबीच अहिलेसम्म भएको सहमति अनुसार, मर्जर पूर्व लाग्ने सम्पूर्ण खर्च आधा–आधा ब्यहोरिने बताइएको छ । हिमालयन बैंकको कर्मचारी नियमावलीलाई नै अवलम्बन गरिने बताइएको छ । त्यस्तै इन्भेष्टमेन्ट बैंकका कर्मचारीको आधारभूत तलब बढ्ने छ। अहिले हिमालयनमा हजार जना जति कर्मचारी छन् भने इन्भेष्टमेन्टमा १५ सय जना हाराहारी कर्मचारी छन्। इन...
साधना लघुवित्तले ग¥यो १ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग

साधना लघुवित्तले ग¥यो १ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग

बैंक तथा वित्त
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले सामारी टन ट्रष्टलाई १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामारी टन ट्रष्ट काठमाडौंलाई १ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य सामग्री सहयोग गरेको बताए । कम्पनीले अतिविपन्न, असहाय, अपाङ्गता भएका व्यक्ति र मजदूर परिवारलाई सहयोग गर्ने लक्ष्यअनुसार स्थापना भएको सामरी टन ट्रष्टलाई मास्क, स्यानिटाइजर, पञ्जा, साबुन, फेसशिल्ड सहयोग गरेको हो । कम्पनीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यो सानो सहयोगले लक्षित समुदायको मनोबलमा थप योगदान पुग्ने विश्वाससमेत लिएको छ ।...
बैंकले अब २५ प्रतिशत मात्रै शाखा खोल्न पाउने

बैंकले अब २५ प्रतिशत मात्रै शाखा खोल्न पाउने

बैंक तथा वित्त
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अब काठमाडौँ उपत्यकामा २५ प्रतिशत मात्रै शाखा कार्यालय खुला गर्न पाउने भएका छन् । बैंकिङ कारोबारलाई सकेसम्म विद्युतीय माध्यमबाट सञ्चालन गर्नुपर्नेछ । यस्तै बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालयले २० प्रतिशत मात्रै जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने छ । काठमाडौँ उपत्यकामा निषेधाज्ञाको समय थप भएसँगै मंगलबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि मंगलबार जारी गरिएको आदेशमा कम जनशक्तिमा बैंक तथा वित्तीय संस्था सञ्चालन गर्नुपर्ने उल्लेख रहेको छ । आदेशानुसार सोसम्बन्धी विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने छ । काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार कोरोनाको जोखिम कम गर्नका लागि कम शाखा तथा जनशक्तिका बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न आग्रह गरिएको छ । बैं...
ताप्लेजुङका  बैंक तथा वित्तीय संस्था बन्द

ताप्लेजुङका बैंक तथा वित्तीय संस्था बन्द

बैंक तथा वित्त
काठमाडौं । ताप्लेजुङ जिल्लामा सञ्चालन हुँदै आएको बैंक तथा वित्तीय संस्थाहरु हिजो (वैशाख) बाट बन्द भएका छन् । जिल्लामा तीव्ररुपमा कोभिड-१९ सङ्क्रमण बढेपछि सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन थालिएको हो । फुङ्लिङ बजारमा यही वैशाख २० गतेदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको समयमा पनि बैंक तथा वित्तीय संस्थाहरुका कार्यालयहरु सञ्चालन हुँदै आएपछि जिल्ला प्रशासन कार्यालयले आज शुक्रबारदेखि नै लागू हुने गरी बन्द गर्ने निर्देशन गरेको थियो । अत्यावश्यक परेमा एकजना कर्मचारी राखेर सेवा प्रदान गर्न जिल्ला प्रशासन आग्रह गरिएको छ । निषेधाज्ञा जारी भएसँगै फुङ्लिङ बजार सुनसान भएको छ । दिन प्रतिदिन जिल्लामा कोभिड(१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएको कोभिड-१९ का स्रोत व्यक्ति प्रतिमा खरेलले बताए । तीव्ररुपमा सङ्क्रमित बढ्दै गएपछि नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिकाबाहे...
ग्लोबल आइएमई बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड सहयोग गर्ने

ग्लोबल आइएमई बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड सहयोग गर्ने

बैंक तथा वित्त
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । शुक्रबार बैंकमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच आर्थिक सहयोग प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले कोभिड–१९ को अहिलेको महामारीले पनि अस्पताल जस्ता स्वास्थ्य पूर्वाधारमा ठूलो लगानीको आवश्यकता महशुस भएको बताउँदै अस्पताल भवन निर्माणमा गरिएको यस किसिमको सहयोगले आगामी दिनमा सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनादेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न साम...
नबिल बैंकले ल्यायो बैशाख महिनाभरी छुटै छुट

नबिल बैंकले ल्यायो बैशाख महिनाभरी छुटै छुट

बैंक तथा वित्त
काठमाडौं, (ससं) । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहक महानुभावहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुटप्याकेजसहित नयाँ वर्षको “ढुक्क र दङ्ग”अफर ल्याएको छ । यसअफरअन्तर्गत नबिल बैंकले Nabil iCardर Nabil Credit Card (NPR) को सुविधा लिने ग्राहकहरुलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको हो । उक्त छुटअफर २०७८ बैशाख महिनाभरी रहने हुनाले नजिकको शाखामागई ग्राहक महानुभावहरुले Nabil iCard र Nabil Credit Card (NPR)जारी गरि अफरको फाइदा लिई ढुक्क हुनसक्नेछन् । सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढि नबिलरेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमानविनतम् सेवाको शुरुवातगर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।...
माछापुच्छ्रे र ओम एक्सप्रेस पेमेन्टबीच रेमिट्यान्स सम्झौता

माछापुच्छ्रे र ओम एक्सप्रेस पेमेन्टबीच रेमिट्यान्स सम्झौता

बैंक तथा वित्त
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र भारतमा रहेको ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजबीच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौतापश्चात भारतमा रहेका नेपालीहरुले ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरी भारतका जुनसुकै स्थानबाट नेपालमा सहज रुपमा पैसा पठाउन सक्ने छन् । यसरी पठाएको पैसा नेपालमा रहेका आफन्तलाई माछापुच्छ्रे बैंकका १५९ शाखा कार्यालय तथा १० हजार भन्दाबढी रेमिट्यान्स एजेन्टहरुमार्फत सहज रुपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सहकार्य गरि माछापुच्छ्रे रेमिट्यान्समार्फत् नेपालमा पैसा पठाउदाँ सेवा शूल्क कम लाग्ने बैंकले जनाएको छ । बैंकले १५९ वटा शाखा कार्यालय, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी २९२ स्थानमा रहेका सेवा सञ्जाल र १९९ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।...