Tuesday, May 14Nepal News Portal
Shadow

बैंक तथा वित्त

ग्लोबल आइएमई बैंकका कर्मचारीले अनिवार्य ७ दिन घुमफिर विदा लिनु पर्ने

ग्लोबल आइएमई बैंकका कर्मचारीले अनिवार्य ७ दिन घुमफिर विदा लिनु पर्ने

प्रमुख समाचार, बैंक तथा वित्त
  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्मचारीहरुलाई वार्षिक विदा लिँदा कम्तिमा ७ दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी विदा लिनुपर्ने व्यवस्था गरेको छ । कोभिड महामारीले विदेशी पर्यटकहरुको आवत जावतमा कमी रहेको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो । कोभिड–१९ को महामारीका कारण पूर्णरुपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरुको महत्व रहेको बताइएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस भन्ने उद्देश्यले वार्षिक तलबीे बिदा लिने कर्मचारीहरुले अनिवार्यरुपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकमा हाल ३ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । हाल बैंकले ७ वटै प्रदेशका ७६ जिल्लामा २७३ शाखा कार्यालय, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन ...
नेरुडे लघुवित्तका प्रबन्ध संचालक श्रेष्ठले दिए राजीनामा

नेरुडे लघुवित्तका प्रबन्ध संचालक श्रेष्ठले दिए राजीनामा

बैंक तथा वित्त, समाचार
काठमाडौं । नेरुडे लघुवित्तको प्रवन्ध संचालक सुधिर कुमार श्रेष्ठले राजिनामा दिएका छन् । असार ३१ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजिनामा आजदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख रहेको छ । यसका साथै, सोही बैठकले कम्पनीको नायब महाप्रबन्धक भागनारायण साहुलाई साउन आजदेखिनै लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको पनि सूचनामा उल्लेख रहेको छ ।...
ज्योति विकास बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

ज्योति विकास बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

प्रमुख समाचार, बैंक तथा वित्त
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समय थप भएको हो । ऋणपत्रको लागि साउन ३ गतेसम्म आवेदन दिने समय थप भएको हो । बैंकले असार २० गतेदेखि ऋणपत्र निष्काशन तथा विक्री खुला गरेको थियो । उक्त ऋणपत्रमा आवेदन दिने समय छिटोमा असार २३ गते आजसम्म थियो भने ऋणपत्रमा पूर्ण आवेदन नपरेकाले ढिलो अवधिसम्म नै विक्री गर्न लागेको जनाएको छ । बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा १० वर्षे अवधिको ‘ज्योति विकास बैंक बण्ड २०८७’ नामको यस ऋणपत्रमा निष्काशन गरेको हो । बैंकले १ अर्ब ५० करोड बराबारको १५ लाख कित्ता विक्री खुला गरेको हो । प्रतिऋणपत्र १ हजार अंकित दरको कुल कित्ता ऋणपत्रमध्य ९ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी ६ लाख कित्तामा ५ प्रतिशत सामुहिक लगानीकोषको लागि सुरक्षित गरी ५ लाख ७० हजार कित्ता सार्वजनिक निष्कासनमार्फत विक्री गर्नेछ । ऋणपत्र खरीदका लागि ...
सहारा विकास बैंकले ५.३२ प्रतिशत बोनस सेयर घेषणा

सहारा विकास बैंकले ५.३२ प्रतिशत बोनस सेयर घेषणा

आर्थिक गतिविधि, प्रमुख समाचार, बैंक तथा वित्त
काठमाडौं । सहारा विकास बैंक लिमटेडले सेयर धनीहरुलाई ५.३२ प्रतिशत लाभाशं दिने तथा बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीकोे असार २२ गते मंगलबार विहान ११.० बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४÷७५ ÷७६÷७७ को सञ्चित मुनाफाबाट हाल कायम भएको चक्तापूँजीको आधारमा ५.० पतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.२७ प्रतिशत लाभांश वितरणको लागि प्रस्ताव गरेको हो । हाल कम्पनीको चक्तापूँजी रु . २७ करोड २२ लाख २२ लाख ७० हजार ६०४ रहेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात र कम्पनीको आगामी साधारण सभाबाट सेयरधनीहरुलाई वोनस सेयर वितरण गर्ने कम्पनीले जनाएको छ ।...
सहुलियतपूर्ण कर्जाको फाइदा वास्तविक कृषकहरुले उपभोग गर्न सक्नुपर्छ : गभर्नर अधिकारी

सहुलियतपूर्ण कर्जाको फाइदा वास्तविक कृषकहरुले उपभोग गर्न सक्नुपर्छ : गभर्नर अधिकारी

बैंक तथा वित्त, ब्यानर, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राज्यले दिएको सहुलियत वास्तविक किसानले लिन सक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २०औं वार्षिकोत्सवमा बोल्दै गभर्नर अधिकारीले राज्यले दिएको सहुलियतलाई वास्तविक कृषकमाझ पुर्याउँन आवश्यक रहेको बताएका हुन् । उनले यस्ता वित्तीय संस्थाबाट दिइने सहुलियत व्याजको उपभोग गर्न पनि सबैलाई आग्रह गरेका छन् । लघुवित्तले देशको वित्तीय क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै गभर्नर अधिकारीले यस्ता संस्थालाई राज्य पनि महत्वपूर्ण रुपमा हेरेको बताएका छन् । त्यस्तै कार्यक्रममा बोल्दै साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठकले बैंकमा सबैको महुँच नपुगेको हुँदा बैंकलाई दिइने सहुलियत लघुवित्तलाई दिनु पर्ने बताए । यसको लागि राष्ट्र बैंकको नै महत्वपूर्ण भूमिका रहने...
सिन्धु विकास बैंकको २६औं शाखा लामोसाँघुमा

सिन्धु विकास बैंकको २६औं शाखा लामोसाँघुमा

बैंक तथा वित्त, समाचार
काठमाडौं । सिन्धु विकास बैंकले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित लामोसाँघुमा २६ औं शाखा कार्यालय स्थापना गरेको छ । शुक्रबार उक्त शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले गरेका हुन् । उक्त शाखाद्वारा बलेफी गाउँपालिकाका लामोसाँघु, टोप्का, डया्मसाईड, त्रिपुरासुन्दरी गाउँपालिकाको टेकानपुर, सुनकोशी गाउँपालिकाको पाङ्ग्रेटार लगायत ठाउँका हजारौं नागरिकलाई सेवा पु¥याउने बताइएको छ । उक्त शाखाबाट शुक्रबारदेखिनै बैकिङ कारोबार शुरु गरिएको छ । उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी, नायब प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरी, पूर्व प्रमुख कार्यकारी अधिकृत संजीव प्रधान, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव शम्भु बहादुर तिमल्सिना लगायतले उपस्थिति जनाएका थिए । हाल देशभर २४ शाखा र दुई सिमित बैंकिङ इकाई कार्यालमार्फत सेवा दिँदै आएको...
एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो

एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो

प्रमुख समाचार, बैंक तथा वित्त
काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने समय थप भएको छ । बैंकले असार ६ गतेदेखि बिक्री खुल्ला गरेको ‘८.५० प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८८’ नामको उक्त ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको हो । अब उक्त ऋणपत्रमा अब असार २० गतेसम्म आवेदन दिन सकिने भएको छ । बैंकले ‘८.५५ एनआईसी एशिया डिबेञ्चर २०८७’ को नाममा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन बिक्री खुल्ला गरेको हो । ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १५ लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन्न् । बैंकको उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।...
अब एनआईसी बैंकको डेबिट कार्ड हराएमा अनलाईनबाटै नयाँ कार्ड आवेदन दिन सकिने

अब एनआईसी बैंकको डेबिट कार्ड हराएमा अनलाईनबाटै नयाँ कार्ड आवेदन दिन सकिने

बैंक तथा वित्त
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई डेबिट कार्ड हराएमा अथवा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ । यस सुविधामार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको  iServe  डिजिटल प्लेटफर्म (https://iserve.nicasiabank.com) मार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्नेछन् । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा बैंकले ग्राहकहरूलाई कोरोना भाइरसको यस असहज परिस्थितिमा बैंकसम्म पुग्न नपरोस् भन्ने हेतुले अनलाईनमार्फत यस प्रकारको सुविधा ल्याएको हो । बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एप मार्फत iServe  भित्र रहेको Card Service मा ट्याप गरी ‘Debit Card Replacement’ मार्फत हराए वा बिग्रिएको कार्डको सट्टा नयाँ कार्डको लागि अनुरोध गर्न सकिने व्यवस्था बैंकले गरेको छ । यसका लागि ग्राहकले ‘Debit Card Replacement’  मा ट्याप गरी आफ्न...
ग्लोबल आइएमई लघुवित्तले ग्राहकलाई ब्याजमा यति धेरै छुट दिने ! कति दिन्छ त ?

ग्लोबल आइएमई लघुवित्तले ग्राहकलाई ब्याजमा यति धेरै छुट दिने ! कति दिन्छ त ?

बैंक तथा वित्त
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहकहरुलाई ब्याजमा १० प्रतिशतले हुन आउने रकम छुट दिने भएको छ । हाल विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै संस्थाले आफ्ना ग्राहकलाई २०७८ असार मसान्तभित्र बुझाउनुपर्ने सम्पूर्ण साँवा र ब्याज बुझाएमा सो अवधिसम्म पाकेको ब्याजमा १० प्रतिशतका दरले हुन आउने रकम छुट दिने भएको हो । यसका साथै यो अवधिसम्म ग्राहकबाट कुनै किसिमको हर्जाना तथा अतिरिक्त शुल्क नलिने समेत संस्थाले जनाएको छ ।...
सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त

सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त

प्रमुख समाचार, बैंक तथा वित्त
काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल कुमार पोखरेल नियुक्त भएका छन् । हालसम्म उनी बैंकको निमित्त सीईओका रुपमा काम गर्दै आएका थिए । बैंक संचालक समितिको बिहीबार (हिजो) बसेको बैठकले पोखरेललाई चार वर्षको लागि सीईओ नियुक्त बताइएको छ । असार १८ गतेदेखि लागू हुने गरी उनलाई बैंक सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी नियुक्त गरेको हो । सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका पोखरेल अनुभवी बैंकरका रूपमा परिचित छन् । उनी २०७६ जेठ २ मा सिभिल बैंकको डेपुटी सीइओमा नियुक्त भएका थिए । यी विभिन्न बैंकमा काम गर्दा उनले हालसम्म तीन दशक बढी समय बैंकिङ क्षेत्रमै बिताइसकेका छन् ।...