Friday, September 19Nepal News Portal
Shadow

ब्यानर

नेपालमा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि, ११३३ जना डिस्चार्ज

नेपालमा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि, ११३३ जना डिस्चार्ज

प्रमुख समाचार, ब्यानर
काठमाडौं, १९ असोज (ससं) । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको बताए । आज काठमाडौं उपत्यकामा थप एक हजार ५३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा सबैभन्दा बढी काठमाडौंमा एक हजार १७८ छन् भने ललितपुरमा २५० र भक्तपुर १०३ जना संक्रमित देखिएका हुन् । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार १३३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६५ हजार २०२ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्य...

प्रदेश ५ को प्रदेश सभा बैठकमा तोडफोड

निर्माण, ब्यानर, राजनीति
पन्देही, १९ असोज (ससं) । प्रदेश ५ सरकारले प्रदेश सभामा पेश गरेको नाम र स्थायी राजधानीको विषयमा विरोधकैबीच सभामुखले छलफल अघि बढाएपछि विपक्षी दल कांग्रेसले कुर्सी, टेबुल तोडफोड गरेको छ । तोडफोड र नाराबाजीकैबीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएका छन् । एक बजे सुरु भएको बैठक विरोध भएपछि स्थगित भएको थियो । दुई घण्टासम्म पनि कुनै सहमतिको विन्दु नभेटिएपछि सुरु भएको बैठकमा कांग्रेसले पुनः अवरुद्ध गरेको थियो । तर, सभामुखले बैठक निरन्तरता दिएपछि कांग्रेसले तोडफोड गरेको हो । सोमबारको बैठकमा कानुन तथा आन्तरिक मामिलामन्त्री कुलबहादुर केसीले प्रदेश राजधानी र नामको प्रस्ताव छलफलका लागि पेस गर्ने क्रममा कांग्रेस सांसदहरूले नाराबाजी गर्दै तोडफोड गरेका हुन् । मन्त्री केसी प्रस्ताव पेस गर्नका लागि रोष्ट्रममा जाने क्रममा धक्कामुक्की गरेका सांसदहरूले प्रस्ताव पेश गर्ने क्रममा कुर्सीले टेबुल र माइक...
विश्वमा कोभिड–१९ संक्रमबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघ्यो

विश्वमा कोभिड–१९ संक्रमबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघ्यो

निर्माण, ब्यानर, विश्व
काठमाडौं, १९ असोज (ससं) । विश्वमा कोरोना भाइरस संक्रमणबाट संख्या १० लाख ४१ हजार ५३७ पुगेको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप चार हजार सात जनाको मृत्यु भएको हो । विश्वमा कोरोना संमक्रमितको संख्या तीन करोड ५३ लाख ८७ हजार ६६२ पुगेको छ। पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार ८९५ संक्रमित थपिएका छन् । हालसम्म दुई करोड ६६ लाख ९ हजार ६७६ जना संक्रमणमुक्त भएका छन् । विश्वमा सक्रिय संक्रमितको संख्या ७७ लाख ३६ हजार ४४९ छ। त्यसमध्ये ६६ हजार ४२३ जना गम्भीर अवस्थाका छन् । सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७६ लाख ३५ हजार ६९१ पुगेको छ। भारतमा संक्रमितको संख्या ६६ लाख २२ हजार १८० पुगेको छ भने ब्राजिलमा ४९ लाख १५ हजार २८९ छ ।...
असोज २१ गतेदेखि ‘डी.भी.’ खुल्ने

असोज २१ गतेदेखि ‘डी.भी.’ खुल्ने

प्रमुख समाचार, ब्यानर, विश्व
काठमाडौं, १७ असोज (ससं) । सन् २०२२ का लागि अमेरिकी डाइभर्सिटी भीसा (डी.भी.) आवेदन कार्यक्रम खुल्ने भएको छ । डीभी नेपाली समय अनुसार आगमी असोज २१ गते (अक्टोबर ७) बुधबार राति ९ः४५ बजेबाट खुला हुने भएको हो । गत अप्रिल २२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा केही आप्रवासीको प्रवेश स्थगित गर्ने घोषणापत्रमा हस्ताक्षर गरेका थिए । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना भइरस (कोभिड–१९) प्रकोपपछि आर्थिक सुधारको क्रममा अमेरिकाको श्रम बजार जोखिमलाई थप मजबुद बनाउँन २०२२ का लागि डीभी खुला गरिएको हो । डीभीको आवेदन दिने समय आगामी कात्तिक २५ गते (नोभेम्बर १०) मा सकिने छ । डीभी भर्नको लागि कुनै पनि कन्ल्टेन्टको सहयोग नलिन र कुनै पनि शूल्क नलाग्ने नेपालस्थित अमेरिकी दूताबासले बताएको छ । डीभीको बारेमा अन्य सम्पूर्ण जनकारी ‘डेलिभरी भीसा प्रोग्राम’मा राखिने दूतावासले जनाएको छ । ...
प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण

प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण

प्रमुख समाचार, ब्यानर
काठमाडौं, १७ असोज (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । राजनितिक सल्लाहकार रिमालले आफूलाई कोरोना संक्रमण भएको फेशवुकमार्फत जानकारी गराएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हिजो पीसीआर परिक्षणबाट ममा पनि कोरोना–पोजेटिभ देखायो ।’ उनले पछिल्लो पटक आफूसँग भेट गर्ने सबैलाई सजग रहन पनि आग्रह गरेका छन् । त्यस्तै प्रधानमन्त्रीका प्रेस संयोजक थापाले पनि आफूलाई कोरोना पोजेटिभ देखिएको फेसबुकमा सार्वजनिक गरेका छन् । https://www.facebook.com/bishnu.rimal/photos/a.773747716020804/3523064291089119/ https://www.facebook.com/surya.thapa.754918/posts/3396692407089906  ...
नेपालमा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि, पछिल्लो २४ घण्टामा २०४४ जना डिस्चार्ज

नेपालमा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि, पछिल्लो २४ घण्टामा २०४४ जना डिस्चार्ज

निर्माण, ब्यानर
काठमाडौं, १७ असोज (ससं) । पछिल्लो २४ घन्टामा शनिबार थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म ८४ हजार ५७० संक्रमितको संख्या पुगेको जनाए । त्यसैगरी २४ घन्टमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार ४४ रहेको छ । आज थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ । २४ घन्टामा जम्मा १२ हजार ९ सय ७८ पीसीआर परीक्षण भएका छन् ।...
बहराइनका राजकुमारसहितको टोलीले लोबुचेको चुचुरो चुम्यो

बहराइनका राजकुमारसहितको टोलीले लोबुचेको चुचुरो चुम्यो

निर्माण, पर्यटन, ब्यानर
काठमाडौं, १७ असोज (ससं) । बहराइनका राजकुमार सहितको टोलीले लोबुचे हिमालको सफल आरोहण गरेको छ । आरोहणको व्यवस्थापनको जिम्मामा रहेको सेभेन समिट ट्रेकका अनुसार शनिबार बिहान ८ः५० बजे टोली चुचुरोमा पुगेको हो । लोबुचेको उचाई ६ हजार ११९ मिटर रहेको छ । हिमाल आरोहण गर्न बहराइनका राजकुमार सहितको टोली भदौ ३१ गते काठमाडौं आईपुगेको थियो । टोलीमा १५ जना बहराइन र ३ जना बेलायतका नागरिक छन् । लोबुचे आरोहण दलमा राजकुमार खलिफाका साथमा माउन्टेन गाइड मिंमा शेर्पा, टासीलाक्पा शेर्पासहित २५ जनाको टोली रहेको सेभेन समिटले जनाएको छ। कोरोनाको महामारीका कारण यो नै २०२० को पहिलो आरोहण बनेको हो।...
हल्लाको पछि नलाग्नुस्, तत्काल लकडाउन हुँदैनः स्वास्थ्यमन्त्री ढकाल

हल्लाको पछि नलाग्नुस्, तत्काल लकडाउन हुँदैनः स्वास्थ्यमन्त्री ढकाल

निर्माण, ब्यानर
काठमाडौं, १६ असोज (ससं) । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पुनः बन्दाबन्दी नहुँने बताएका छन् । व्यवसायिक प्रतिनिधि मण्डलसँगको आजको भेटमा मन्त्री ढकालले पुनः लकडाउन नहुने बताएका हुन् । मन्त्रालयले असोज ७ गते सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन गर्न सिफारिस गरेको थियो । आज राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)का अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँग कुरा गर्दै मन्त्री ढकालले लकडाउनको विषयमा आएको समाचारमा सत्यता नभएको बताए । सरकार अब लकडाउनलाई निरन्तरता दिने मनस्थितिमा नरहेको उनको भनाई छ । उनले सीमित श्रोत र साधनका बाबजूद सरकार अधिकतम सेवा पुर्याउन प्रयासरत रहेको भन्दै आमनागरिकले निर्धारित मापदण्डको पालना गर्न सहयोग गर्नुपर्ने बताए । प्रतिनिधि मण्डलमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका पूर्...
नेपालमा उत्पादित कोरोनाविरुद्धको औषधि फ्याबिपिराभेलको क्लिनिकल ट्रायल हुने

नेपालमा उत्पादित कोरोनाविरुद्धको औषधि फ्याबिपिराभेलको क्लिनिकल ट्रायल हुने

आर्थिक गतिविधि, प्रमुख समाचार, ब्यानर
काठमाडौं, १६ असोज (ससं) । कोरोना भाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ। नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड-१९ को लागि क्लिनिकल ट्रायल गर्न लागिएको बताएको छ। कोभिडसँग मिल्दो भाइरसका लागि जापान, चीन, रसिया लगायतका देशमा प्रयोग भइरहेको फ्याबिपिराभेल नामक औषधिलाई कोभिड १९ को लागि पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न लागिएको बताइएको छ । औषधि उत्पादन गरेको कम्पनीले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेपछि क्लिनिकल ट्रायल गरी अध्ययन गर्न परिषद्लाई मन्त्रालयले स्वीकृति दिएको छ । उक्त औषधिको सबै मापदण्ड, डिजाइन र औषधि व्यवस्था विभागको स्वीकृति हेर्दा भाइरसको लागि प्रयोग गर्ने भन्ने छ र उक्त औषधिलाई कोभिड १९ को लागि क्लिनिकल अध्ययन गर्ने हिसाबले प्रयोग गर्न लागिएको हो । यसबाहेक नेपाल मै उत्...
उद्योग वाणिज्य महासंघको चुनाव आगामी मंसिर ११ र १२ मा हुने

उद्योग वाणिज्य महासंघको चुनाव आगामी मंसिर ११ र १२ मा हुने

आर्थिक गतिविधि, ऊर्जा, ब्यानर
काठमाडौं, १६ असोज (ससं) । नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचन आउँदो मङ्सिर ११ र १२ गते काठमाडौं हुने भएको छ । गएको चैतमा हुनुपर्ने चुनाव कोरोना भाइरसका कारणबाट तीन–तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन । महासंघको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले ५४ औं वार्षिक साधारण सभा तथा चुनावको मिति तोकेको हो । यसअघि बसेको महासंघको कार्यकारिणी समितिले साधारण सभा तथा चुनावसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो । त्यो कार्यदलले महासङ्घको साधारण सभा भर्चुअल्ली र चुनावका कार्यक्रमहरु काठमाण्डौमा गर्नका लागि सिफारिस गरेको थियो । त्यसपछि बसेको पदाधिकारीको बैठकले मङ्सिर ११ र १२ लाई साधारण सभा तथा चुनावको मिति सिफारिस गरी नेपाल सरकारबाट समेत अनुमति लिइसकेको छ । नेपाल सरकारबाट अनुमति लिँदा स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पूरा गर्ने र अब...