Monday, April 29Nepal News Portal
Shadow

समाचार

सामान्य अंकले घट्यो नेप्से परिसूचक

सामान्य अंकले घट्यो नेप्से परिसूचक

शेयर बजार, समाचार
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ३ दशमलव ३४ अंकले घटेर २ हजार ६३ दशमलव ६५ विन्दुमा बन्द भएको हो । बुधबार ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बराबरको ९४ लाख ४५ हजार कित्ता सेयर किनबेच भएको छ। मंगलबार ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ वटाको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। आज ३ कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ भने सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको १९ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।...
६ दशमलव २४ अंकले घट्यो नेप्से परिसूचक

६ दशमलव २४ अंकले घट्यो नेप्से परिसूचक

शेयर बजार, समाचार
काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ६ दशमलव २४ अंकले घटेर २ हजार ६७ दशमलव २९ विन्दुमा बन्द भएको हो । मंगलबार ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ बराबरको ९४ लाख ७८ हजार कित्ता सेयर किनबेच भएको हो । मंगलबार १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। आज ३ कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ भने शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।...
८ महिनामा आयात निर्यात दुवै घट्यो

८ महिनामा आयात निर्यात दुवै घट्यो

आर्थिक गतिविधि, ब्यानर, समाचार
काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा आयात र निर्यात दुवै घटेको छ । ८ महिनामा १० खर्बभन्दा बढीको वस्तु तथा सेवा आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार फागुन मसान्तसम्म १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा आयात २ दशमलव ६६ प्रतिशत आयात घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको थियो । त्यस्तै, आयातसँगै निर्यात पनि घटेको छ । चालु आवको ८ महिनामा निर्यात ३ दशमलव ९९ प्रतिशतले घटेको हो । चालु आवको ८ महिनामा १ खर्ब ६१ करोड रुपैयाँको बस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोहि अवधिमा यस्तो निर्यात १ खर्ब ४ अर्ब रुपैयाँको भएको थियो । यो अवधिमा नेपालको ब्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा २ दशमलव ५२ प्रतिशत ...
आज प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

आज प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

उपभोक्ता, समाचार
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुन प्रतितोला ७०० रुपैयाँलेृ बढेर प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलामा १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारणसभा चैत २७ गते

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारणसभा चैत २७ गते

बीमा, समाचार
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको गत फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत २७ गते कम्पनीले आफ्नो २७ औं वार्षिक साधारण सभा डाकेको हो । सभा अमृतभोग कालिका्सभा काठमाडौं डिल्लीबजारमा रहेको अमृतभोग क्याटिरिङमा बिहान १० बजे बस्नेछ । उक्त सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिने प्रस्ताव समेत रहेको छ। अरु प्रस्तावमा सभामा चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ र स्वतन्त्र सञ्चालकम...
१३ दशमलव ५१ अंकले बढ्यो नेप्से परिसूचक

१३ दशमलव ५१ अंकले बढ्यो नेप्से परिसूचक

ब्यानर, शेयर बजार, समाचार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक बढेको छ । बुधबार ९ दशमलव ३३ अंकले बढेको बजार बिहीबार पनि १३ दशमलव ५१ अंकले बढेर २ हजार ३० दशमलव ५५ विन्दूमा बन्द भएको हो । बिहीबार ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ लाख २९ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका कम्पनीहरुमध्ये १७७ कम्पनीको सेयरमूल्य बढेको छ भने ५९ को घटेको छ । बाँकी रहेका ११ को स्थिर छ । पिपुल्स हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ भने सर्बाधिक कारोबार नेपाल रिइन्स्योरेन्न कम्पनीको भएको छ ।...
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौंको अध्यक्षमा महेश कुँवर

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौंको अध्यक्षमा महेश कुँवर

उद्योग, समाचार
काठमाडौं। नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौँले नवौं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन गरेको छ।सोमवार संघको नवौं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन काठमाडौंमा संपन्न भएको हो। नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम संपन्न भएको हो।नवौं बार्षिक साधारण सभामा अधिवेशनवाट आगामी तीन वर्षका लागि नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएका छन । प्रमुख अतिथिको समुपस्थितिमा महेश कुँवरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको छ। जसअनुसार अध्यक्षमा महेश कुंवर, उपाध्यक्षहरुमा दानवहादुर बोगटी र अरुण शर्मा रहेका छन्। त्यस्तै, सचिव तारा बहादुर कटुवाल (अर्जुन), सहसचिव नेत्र वहादुर अधिकारी, कोषाध्यक्ष खेमराज आचार्य, सहकोषाध्यक्ष शालिकराम श्रेष्ठ (सुरज) छन्। त्यसैगरी सदस्यहरुमा खड्ग बहाद...
३ कम्पनीको ५५ लाख कित्ता भन्दा बढी बोनस सेयर नेप्सेमा सूचिकृत

३ कम्पनीको ५५ लाख कित्ता भन्दा बढी बोनस सेयर नेप्सेमा सूचिकृत

शेयर बजार, समाचार
काठमाडौं । ३ कम्पनीको ५५ लाख बढी कित्ता सेयर नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सूचिकृत भएको छ । सूचिकृत हुनेमा यूनाईटेड अजोड ईन्स्योरेन्स, हिमालयन एभरेष्ट र जीवन विकास लघुवित्त रहेका छन् । उक्त ३ वटा कम्पनीको ५५ लाख ९५ हजार ३९१ कित्ता बोनस सेयर बिहिबार नेप्सेमा सूचिकृत भएको हो । यूनाईटेड अजोडको १०.२६ प्रतिशतले हुने १९ लाख ५४ हजार ३२० कित्ता, हिमालयन एभरेष्टको ८.६२ प्रतिशतले हुने १९ लाख ८६ हजार २२४ कित्ता र जीवन विकासको १४ प्रतिशतले हुन आउने बोनस सेयर ६ लाख ५४ हजार ८४७ कित्ता सेयर सूचिकृत भएको हो ।...
सर्वसाधारणका लागि मुक्तिनाथ कृषि कम्पनीको आइपिओ आजबाट

सर्वसाधारणका लागि मुक्तिनाथ कृषि कम्पनीको आइपिओ आजबाट

आर्थिक गतिविधि, ब्यानर, शेयर बजार, समाचार
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आज (शुक्रबार) देखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ। कम्पनीले ११ लाख ४८ हजार कित्ता सेयर जारी गरेको हो। प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यको आधारमा सेयर जारी गरिरहेको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। यसमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ। कम्पनीले १४ करोड रूपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये, कम्पनीले पहिलो चरणमा १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारीहरू र ७० हजार कित्ता...
पाँचौँ ‘ज्योति फिल्मस् म्युजिक अवार्ड २०८०’ पुस १ गते दुबईमा हुने

पाँचौँ ‘ज्योति फिल्मस् म्युजिक अवार्ड २०८०’ पुस १ गते दुबईमा हुने

मनोरञ्जन, समाचार
काठमाडौं। पाँचौँ ‘ज्योति फिल्मस् म्युजिक अवार्ड २०८०’ दुबईमा आयोजना हुने भएको छ । रोयल मुभिज प्रालिको प्रस्तुतिमा विगत ४ वर्षदेखि नेपालमा नियमित आयोजना हुँदै आएको अवार्ड यो पटक दुबईमा हुन लागेको हो । आगामी पुस १ गते आयोजना हुने उक्त कार्यक्रममा नेपालबाट थुप्रै सेलिब्रटीको सहभागि हुने छन् । आयोजकले अवार्डमा ३३ बिधा समेटेको छ । जसको उत्कृष्ट ५ मनोनयन सूची समेत सार्वजनिक भएको छ । यो पटक अवार्डबाट भएको आम्दानी जाजरकोट र रुकुमका भुकम्प पिडितलाई सहयोग गरिने आयोजकले जानकारी दिएको छ । दुबईको याक एण्ड यति ग्राण्ड एस्टोरिया होटल बरदुवईमा आयोजना हुने अवार्डमा झन्डै ३० जना कलाकार सहभागी हुने आयोजक निरेन श्रेष्ठले बताए । अवार्डको संयोजकमा राजेन्द्र पुरी रहेका छन् ।...