Monday, April 29Nepal News Portal
Shadow

समाचार

सिन्धु विकास बैंकको २६औं शाखा लामोसाँघुमा

सिन्धु विकास बैंकको २६औं शाखा लामोसाँघुमा

बैंक तथा वित्त, समाचार
काठमाडौं । सिन्धु विकास बैंकले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित लामोसाँघुमा २६ औं शाखा कार्यालय स्थापना गरेको छ । शुक्रबार उक्त शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले गरेका हुन् । उक्त शाखाद्वारा बलेफी गाउँपालिकाका लामोसाँघु, टोप्का, डया्मसाईड, त्रिपुरासुन्दरी गाउँपालिकाको टेकानपुर, सुनकोशी गाउँपालिकाको पाङ्ग्रेटार लगायत ठाउँका हजारौं नागरिकलाई सेवा पु¥याउने बताइएको छ । उक्त शाखाबाट शुक्रबारदेखिनै बैकिङ कारोबार शुरु गरिएको छ । उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी, नायब प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरी, पूर्व प्रमुख कार्यकारी अधिकृत संजीव प्रधान, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव शम्भु बहादुर तिमल्सिना लगायतले उपस्थिति जनाएका थिए । हाल देशभर २४ शाखा र दुई सिमित बैंकिङ इकाई कार्यालमार्फत सेवा दिँदै आएको...
आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने मन्त्रिपरिषद्को निर्णय

आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने मन्त्रिपरिषद्को निर्णय

पर्यटन, ब्यानर, समाचार
काठमाडौं । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर शर्तसहित हवाई उडान खुला गर्ने निर्णय गरेको हो । आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुनेछ । यसको तालिका र मिति भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्ने बताइएको छ । बुधबारसम्म तालिका तय गर्ने तयारीमा पर्यटन मन्त्रालय छ । सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको छ । अब काठमाडौं(दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । काठमाडौं(इस्तानबुलमा साताको २, काठमाडौं(दुवई रुटमा समेत सातामा चार उडान हुने भएको छ । काठमाडौं दमाम रुटमा साताको २, काठमाडौं(कुवेतमा साताको दुई, काठमाडौं(मस्कटमा साताको १ र मलेसियामा ...
४ वर्षीय बालिकालाई ५० वर्षीय पुरुषले गरे बलात्कार

४ वर्षीय बालिकालाई ५० वर्षीय पुरुषले गरे बलात्कार

समाचार
काठमाडौं । जनकपुरमा ४ वर्षीया बालिकामाथि बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिका-२२ बसबिट्टीकी ४ वर्षीय बालिकालाई सोही ठाउँ बस्ने ५० वर्षीय छिमेकी पुरुषले बलात्कार गरेका हुन् । बलात्कार गरेको आरोपमा बसबिट्टी निवासी ५० वर्षीय छेदु मण्डललाई जिल्ला प्रहरी कार्यालय धनुषा पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार मंगलबार साँझ छिमेकी बालिकालाई खेलाउनका लागि मण्डलले घरबाट आफूसँग लगेका थिए । खेलाउन लगेको मौका छोपी उनले बालिकालाई आँपको बगैँचा लगी जबरजस्ती करणी गरेका थिए । अबेरसम्म घर नफर्केपछि घरपरिवारले बालिकाको खोजबिन गर्दैजाँदा घरभन्दा करिब २ सय मिटर पर आँपको बगैँचामा अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका हुन्...
प्राकृतिक बिपत्तिबाट निम्तिएका समस्या समाधानमा लाग्न काँग्रेस केन्द्रीय सदस्य खाँणको सरकारलाई आग्रह

प्राकृतिक बिपत्तिबाट निम्तिएका समस्या समाधानमा लाग्न काँग्रेस केन्द्रीय सदस्य खाँणको सरकारलाई आग्रह

राजनीति, समाचार
  काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले पछिल्लो सयम बाढी र पहिरोले निम्तिएका समस्याहरु समाधानमा लाग्न सरकारको ध्यानकर्षण गराएका छन् । आफ्नो फेसबेकमा लेख्दै खाँणले देशका विभिन्न भागहरु सिन्धुपाल्चोक, मनाङ, पर्बत, बाग्लुङ लगायतकाठाउँहरुमा प्राकृतिक प्रकोप एबम नदिहरुमा प्राकृतिक बिपत्तिका कारण अविरल वर्षाले ल्याएको बाढि पहिरोले जनजीवन कष्टकर बनाएको भन्दै सरकारले घम्भीर रुपमा लिनुपर्ने बताएका हुन् । प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य यथा शिघ्र सञ्चालन गर्न समेत उनले अनुरोध गरेका छन् । बाढी र पहिरोले मेलम्ची क्षेत्रका धेरै बजार डुबान र पक्की पुलहरू भत्कियेको ले बाढीका कारण घरबार बिहिन भएकाहरुको तत्कालै उद्दार तथा राहतको व्यवस्थापन गर्न र बेपत्ताहरुको खोजी गर्न सरकारलाई आग्रह गरेका छन् । त्यस्तै यस विषम परिश्थितिमा आम नागरिकको दुखमा सबैले आ–आफ्नो ठाउँ...
युरोकपमा आज तीन खेल हुने, क–कसको हुँदैछ भिडन्त ? (सूचीसहित)

युरोकपमा आज तीन खेल हुने, क–कसको हुँदैछ भिडन्त ? (सूचीसहित)

खेलकुद, समाचार
काठमाडौं । युरोकप फुटबलमा आज तीन खेल हुँदैछन् । आज समूह ‘ए’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ । पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा रहेको फिनल्याण्ड र रुसबीचको खेल साँझ ६ः४५ बजे हुनेछ । फिनल्याण्ड लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० ले हराएको थियो । रुस भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा रुस बेल्जियमसँग ३–० गोलले पराजित भएको थियो । दोस्रो खेलमा वेल्स र टर्कीबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र टर्कीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । वेल्स पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा वेल्सले स्वीट्जरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो । टर्की पनि पहिलो खेल जित्ने योजनामा छ । टर्की पहिलो खेलमा इटालीसँग ३–० ले हारेको थियो । आजको तेस्रो खेलमा इटाली र स्वीट्जरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । ...
एसईईको नतिजा साउन १५ भित्रै

एसईईको नतिजा साउन १५ भित्रै

समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परिक्षाको नतिजा आगामी साउन १५ भित्र दिने तयारी गरेको छ । विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको हो । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले एसईईको नतिजा साउन मध्यसम्म बोर्डले दिने र भदौबाट विद्यार्थीको नयाँ कक्षाको पठनपाठन सुरु हुने जानकारी दिए ।...
यो विकासको अभियान हो, पार्टीको भ्रातृ, सुभेच्छुक संस्था र समानान्तर कमिटी होइन नअतालिनुस् : शिव अधिकारी

यो विकासको अभियान हो, पार्टीको भ्रातृ, सुभेच्छुक संस्था र समानान्तर कमिटी होइन नअतालिनुस् : शिव अधिकारी

बागमती प्रदेश, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेस नुवाकोटका नेता शिव अधिकारी ‘अविरल’ले तारकेश्वर गाउँपालिकाको विकासका लागि सामाजिक अभियान चलाउन ‘तारकेश्वर डेभलपमेन्ट फोर्स’ गठन गरेको भन्दै त्यसलाई अतिरञ्जित नगर्न कांग्रेसका नेता एवम् स्थानीयहरुलाई आग्रह गरेका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत तारकेश्वरको विकासको लागि स्थानीय युवाहरुलाई परिचालन गर्दा कांग्रेस पार्टीलाई अझ बढी फाइदा पुग्ने भन्दै फोर्स गठनबारे अतिरञ्जित नगर्न आग्रह गरेका छन् । आफूहरु कांग्रेसको सिपाही भएको भन्दै अधिकारीले फोर्स पार्टीको भ्रातृ, सुभेच्छुक संस्था र समानान्तर कमिटी नभएको स्पष्ट पार्दै फोर्स गठनमा भाजो हाल्ने, भड्काउने र अनावश्यक अफवाह फैलाउने भन्दा पनि सक्दो सहयोग गरि युवा परिचालनमा जोड दिन भनेका छन् । ‘एकतामै बल छ भन्ने भावनाबाट प्रेरित भएर फोर्स गठन गरेको र यसबाट राजनीतिक वा गैरराजनीतिक रुपमै पनि केही राम्रो गर्न सक्यौँ ...
फोन गरेर निवर्तमान मुख्यमन्त्री गुरुङले दिए नवनियुक्त मुख्यमन्त्री पोखरेललाई बधाई (भिडियो सहित)

फोन गरेर निवर्तमान मुख्यमन्त्री गुरुङले दिए नवनियुक्त मुख्यमन्त्री पोखरेललाई बधाई (भिडियो सहित)

Video, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वी सुुब्बा गुुरुङले बधाई दिएका छन् । सुुब्बाले नेपाली शनिबार मुुख्यमन्त्री भएपछि फोन गरेर बधाई दिएका हुन् । सुुब्बाले फोनमा आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्ने भनेका छन् । उनको यस्तो कार्यले राजनीतिमा सकारात्मक संस्कार बसेको चर्चा चलिरहेको छ । नयाँ मुख्यमन्त्री पोखरेल नेपाली कांग्रेसको गण्डकी संसदीय दलका नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । ७१ वर्षीय पोखरेल पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय छन् । https://youtu.be/UywpJX5gHv8...
रोल्स रोयसद्वारा निर्मित विश्वकै महँगो लक्जरी कार सार्वजनिक

रोल्स रोयसद्वारा निर्मित विश्वकै महँगो लक्जरी कार सार्वजनिक

कर्पाेरेट, विश्व, समाचार
काठमाण्डौ । लक्जरी कार निर्माता चर्चित कम्पनी रोल्स रोयसले विश्वकै सबैभन्दा महँगो कार सार्वजनिक गरेको छ। रोल्स रोयसले विश्वकै महँगो लक्जरी कारको नाम ‘बोट टेल’ राखेको छ। यो कारको मूल्य २० मिलियन पाउन्ड अर्थात ३२८ करोड नेपाली रुपैयाँ रहेको छ। रोल्स रोयसले यो कारलाई ४ वर्षको अथक मेहनतपश्चात तयार गरेको जनाएको छ। रोल्स रोयस बोट टेल चारवटा सिट भएको लक्जरी कार हो । यो १९ फिट लामो रहेको छ। यो पहिलो रोल्स रोयस कार हो, जसलाई लक्जरी कार निर्माताले कोचबिल्ड प्रोग्रामअन्तर्गत निर्माण गरेको छ। स्वेप टेललाई रोल्स रोयसले सन् २०१७ मा लगभग १७२ करोड नेपाली रुपैयाँमा बेचेको थियो। यो कारको केवल एउटामात्रै मोडल लन्च भएको थियो। युरोपका एकजना धनाढ्यको आग्रहमा यो लक्जरी कारको निर्माण गरिएको थियो। रिपोर्टका अनुसार बोट टेल कारको तीनवटा मोडल लन्च गरिनेछ। यो कारको पछाडिपट्टिको भाग एउटा लक्जरी स्पिडबोटसँग मिल्द...