Thursday, May 16Nepal News Portal
Shadow

समाचार

यस्तो छ आगामी तीन दिनको मौसम

यस्तो छ आगामी तीन दिनको मौसम

समाचार
काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव कम हुँदै गएको छ । मनसुन सकिन दुई साता मात्र बाँकी रहँदा झरी पर्ने क्रम बन्द भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा छ । मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ छ । आज देशभर सामान्य बदली रहने बताइएको छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । भोलि मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बुधबार राति भने प्रदेश १, २ र वाग्मतीका थोरै स्थान तथा अन्य प्रदेशका केही भूभागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।...
स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन अर्थमन्त्री शर्माको निर्देशन

स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन अर्थमन्त्री शर्माको निर्देशन

ब्यानर, समाचार
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरुमा यथाशिघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन् । भेइकल स्क्यानर जडान भएपछि भन्सार विन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका मालवस्तु ‘म्यानुअल्ली’ चेकजाँच गर्नुपर्दैन । उनले मालवस्तुको वर्गिकरण र मूल्याङ्कनमा इमान्दारिता कायम गरी राजश्व संकलन बृद्धि गर्न कर्मचारीहरुलाई आग्रह गरे । कार्यक्रममा अर्थसचिव मधु कुमार मरासिनीले भन्सार प्रशासनले तीन ‘स’ को अवधारणामा काम गर्न आग्रह गरे । सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात गरी काम गर्नुपर्नेमा जोड दिए । राजश्व सचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमान्दारितामाथि कुनै पनि प्रकारका प्रश्न उ...
वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धव भट्टराई

वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धव भट्टराई

समाचार
काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको नयाँ कार्य समिति चयन भएको छ । कार्यसमितिको अध्यक्षमा उद्धव भट्टराई चयन भएका छन् । समाजको आइतबार सम्पन्न १२ औं वार्षिक साधारण सभामा भट्टराई २ वर्षका लागि अध्यक्ष चयन भएका हुन् । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे, उपाध्यक्षमा रेशमराज पौडेल, महासचिवमा केशव भूल, सचिवमा निर्मला घिमिरे र कोषाध्यक्षमा मनुका कुँवर रहेका छन् । त्यस्तै, कार्यकारी सदस्यहरुमा क्रमशः विनेश खनाल, अरिश्मा मोत्तान, अमिर लामा, प्रविन राउत, र सुरेन्द्र बजागाई रहेका छन् भने मदन श्रेष्ठ, रुद्र खड्का, मधुजङ्ग पाण्डे, रामजी बगाले, घनश्याम आचार्य सल्लाहकारको रुपमा रहेका छन् ।...
व्यवसायी रुक्मशमशेर राणाको निधन

व्यवसायी रुक्मशमशेर राणाको निधन

समाचार
काठमाडौ । व्यवसायी रुक्ममशेर राणाको ८६ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित निवासमा शनिबार बिहान उनको निधन भएको हो। व्यवसायी राणा पछिल्लो समय मिर्गौला, सुगर र प्रेसर रोगबाट पीडित थिए । भारतका लागि पूर्वनेपाली राजदूतसमेत रहेका राणाले वि.सं.२०५० देखि वि.स. २०५१ सम्म र वि.सं. २०५४ देखि वि.सं.२०५५ सम्म राष्ट्रिय खेलकुद परिषदको दुई कार्यकाल सदस्यसचिवको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । राणा ओलम्पिक कमिटिका अध्यक्षसमेत थिए । उनी नेपाल भारत चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष हुन् ।...
उद्योग परिसंघले भन्यो : उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्ने घोषणा सकारात्मकघ

उद्योग परिसंघले भन्यो : उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्ने घोषणा सकारात्मकघ

उद्योग, प्रमुख समाचार, समाचार
काठमाडौं । नेपाल उद्योग परिसंघले आयात र विप्रेषणमा आधारित अर्थतन्त्रलाई स्वदेशी उत्पादन र आन्तरिक आयमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने नीतिसहित चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत आएको भन्दै त्यसको स्वागत गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार आयत र विप्रेषणमा आधारित अर्थतन्त्रलाई स्वदेशी उत्पादन र आन्तरिक आयमुखी अर्थतन्त्रमा रुपान्तरण गर्ने नीति ल्याएका भन्दै त्यसलाई परिसंले स्वागत गरेको हो । नेपालको औद्योगीकरण र उत्पादनमूलक अर्थतन्त्रको विकासका लागि परिसंघले ‘मेक इन नेपाल –स्वदेशी’ अभियान अघि बढाएकोमा प्रतिस्थापन विधेयक मार्फत सरकारले यो विषयलाई प्राथमिकता दिएको परिसंघले प्रतिक्रिया दिएको छ। स्वदेशी उत्पादनको संरक्षण, निर्यातयोग्य एवम् तुलनात्मक लाभका वस्तुहरूको पहिचान र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गरी व्यापार घाटा न्यूनीकरण गर्ने सरकारको घोषणा छ। कच्चा पद...
स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई ३ वर्षसम्म कर छुट

स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई ३ वर्षसम्म कर छुट

उद्योग, प्रमुख समाचार, समाचार
काठमाडौं । अक्सिजन ग्यास, खोप तथा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई ३ वर्षसम्मको करमा सत प्रतिशत छुट दिने घोषणा गरिएको छ । प्रतिनिधि सभामा आर्थिक विधेयक पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले पहिले ३ वर्ष सत प्रतिशत र त्यसपछिको दुई वर्षसम्म ५० प्रतिशत छुट दिने बताएका हुन्। आर्थिक अध्यादेश २०७८ लाई खारेज गर्न ल्याइएको प्रतिस्थापन विधेयक मार्फत सरकारले यस्तो घोषण गरेको हो।  ...
युवा उद्यमशिलता बढाउँन नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वोर गाउँपालिकाबीच सम्झौता

युवा उद्यमशिलता बढाउँन नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वोर गाउँपालिकाबीच सम्झौता

प्रमुख समाचार, बैंक तथा वित्त, समाचार
  काठमाडौं । नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वोर गाउँपालिका बैतडीबीच त्रिपक्षीय समझदारी भएको छ । उक्त सम्झौता शुक्रबार राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा भएको हो । सम्झौता पत्रमा नबिल बैंकको नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमख डा. बाबुराम ढुङ्गाना र पञ्चेश्वोर गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले हस्ताक्षर गरेका हुन् । युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरि युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उदेश्यका बैंकले उक्त सम्झौता गरेको बताएको छ । समझदारी अन्तर्गत सुुदुरपश्चिम प्रदेश, बैतडी जिल्लाको पञ्चेश्वोर गाउँपालिकामा स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरि उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुराइ देशभि...
साथी मार्ट ७६ औं आउटलेट मैतिदेवीमा

साथी मार्ट ७६ औं आउटलेट मैतिदेवीमा

प्रदेश, बागमती प्रदेश, समाचार
काठमाडौं । नेपालकै पहिलो ओ टु ओ कमर्स (अनलाइन टु अफलाइन) सुबिधा दिंदै आएको साथी मार्टले काठमाडौको मैतिदेवीमा ७६ औं आउटलेट सञ्चालनमा ल्याएको छ । साथी मार्टको मैतिदेवी आउटलेट फ्रेन्चाइज नभइ साथी मार्ट इनकर्पोरेट प्रालिको पूर्ण स्वामित्व (कोको मोडल) मा रहेको बताइएको छ । उपभोक्ताले साथी मार्टको आधिकारिक वेबसाइटमा आफुलाई आवस्यक सामान रोजेर अर्डर गरि घरैमा डेलिभरी मगाउन सक्ने पनि बताइएको छ । स्टोरबाट ग्राहकले ३५ प्रतिशतसम्मको आकर्षक छूट फल्यास सेल, डिल अफ द मन्थजस्ता अफर गरि सहुलियत पाउने छन् । होम डेलीभरी, पिक अप, अफीलीएट समेतको सुबिधा नयाँ आउटलेटमा उपलब्ध हुने कम्पनीले बताएको छ । आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे, गिफ्ट, तरकारी फलफूल, पेट फुड, इलेक्ट्रोनिक्स लगायतका सामान विशेष छूटमा रहेका छन् । यसका साथै चालू आर्थिक वर्षभित्र फ्रेन्चाइज...
सिनर्जी पावरको हकप्रद विक्री प्रबन्धकमा सानिमा क्यापिटल

सिनर्जी पावरको हकप्रद विक्री प्रबन्धकमा सानिमा क्यापिटल

शेयर बजार, समाचार
काठमाडौं । सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त गरेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धकमा आइतबार सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको आधारमा प्रतिकित्ता रू.१०० अंकित मूल्यमा ४० करोड ३२ लाख ८७ हजार ५०० बराबरको हकप्रद शेयर विक्रीको तयारी गरेको हो । यस वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको भदौ १८ गते सम्पन्न १५ औं वार्षिक साधारणसभाले बोनस शेयरसँगै र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव समेत पारित गरेको छ । सोही सभाले १० प्रतिशत बोनस शेयरपछि कायम चुक्तापूँजीको आधारमा २ः१ को अनुपात अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावसमेत पारित गरेको थियो । ...
दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि

दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि

उद्योग, प्रमुख समाचार, समाचार
  काठमाडौं । नेपाल र चीन सरकार बीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको देखाएको छ । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ ग्यास र पेट्रोल भएको पुष्टि गरेको बताइएको छ । चिनियाँ टोलीले प्रतिवेदन पठाएपछि उत्खननका लागि थप प्रक्रिया अघि बढाइएको बताइएको छ । कति परिमाणमा पेट्रोलियम पदार्थ वा ग्यास छ भनेर अन्तिम सर्भे हुने बताइएको छ । कोरोना भाइरस संक्रमणको कारण देखाउँदै विज्ञ तथा प्राविधिकको टोलीलाई चीन सरकारले आउने अनुमति दिएको छैन । अहिले विज्ञ टोली चीनको प्राकृतिक स्रोत मन्त्रालयको अनुमति कुरेर बसेको छ । दैलेखका विभिन्न ठाउँमा २०७६ असोजदेखि अन्वेषणको काम शुरु गरिएको थियो । विभागले श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार तथा कर्णाली राजमार्ग आसपासका क्षेत्रमा ड्रि...