Tuesday, May 21Nepal News Portal
Shadow

समाचार

गौतम बुद्ध क्रिकेट रंगशालाको आह्वान गरिएको टेन्डर रद्द

गौतम बुद्ध क्रिकेट रंगशालाको आह्वान गरिएको टेन्डर रद्द

ब्यानर, समाचार
चितवन । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको छ । महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै टेन्डर रद्द गरेको बताएको हो। महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले बिहीबार नयाँ टेन्डर आह्वान गरिने जनाएको । उनका अनुसार महानगरले तोकेको मापदण्ड अनुसारको प्राविधिक प्रस्ताव नपाइएकोले आर्थिक प्रस्ताव खोल्नु अगाडि नै टेन्डर रद्द गरिएको हो । ३० दिनको म्याद राखेर गत फागुन १७ गते टेन्डर आह्वान गरिएको थियो । उक्त टेन्डर एकमात्र एमए कन्स्ट्रक्न प्रालिले ठेक्का लिएको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयसमेतको सल्लाहमा टेन्डर रद्द गरेर नयाँ टेन्डर निकाल्न लागिएको हो । महागनरले पुनः ३० दिनको म्याद राखेर टेन्डर निकाल्ने तयारी गरेको छ । चालु आर्थिक वर्षभित्रै सम्झौता गर्न मिल्न...
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

समाचार
काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ कायम रहेको छ भने तेजावी सुनको मूल्य १ लाख ७ हजार ७ सय ५० रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन अर्थात् मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ एक लाख ३७ हजार ४ सय रुपैयाँ थियो भने तेजावी सुनको मूल्य १ लाख ३६ हजार ७ सय ५० रुपैयाँ रहेको थियो । आज चाँदीको मूूल्य भने ५ रुपैयाँका दरले बढेर १ एक हजार ७ सय ४५ रुपैयाँ कायम रहेको छ ।  ...
नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम नियुक्ति

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम नियुक्ति

उद्योग, समाचार
  काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम ओझा नियुक्त भएका छन्। पदाधिकारी समितिको १८ औँ बैठकले ओझालाई महानिर्देशक नियुक्त गरेको हो । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले नवनियुक्त महानिर्देशक ओझालाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । नवनियुक्त महानिर्देशक ओझाले परिसंघले अघि बढाइरहेका अभियानहरूलाई थप प्रभावकारी बनाउने गरी काम गर्ने जनाए। उनले परिसंघमा आबद्ध सम्पूर्ण सदस्यहरूमा पर्ने समस्या समाधानका लागि सहजीकरण गर्नेतर्फ विशेष ध्यान दिने जनाए । डा. ओझाले द काठमाडौं पोष्ट, नेपाल रिपब्लिक मिडियामार्फत पत्रकारिता गरी लगानी बोर्डको कार्यालय, नेपाल पूर्वाधार बैंकलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थाहरूमा काम गरिसकेका छन् । उनले जनप्रशासनमा विद्यावारिधि हासिल गरेका छन् ।...
मिस यूनिभर्स नेपाल २०२४ को लागि आवेदन खुला

मिस यूनिभर्स नेपाल २०२४ को लागि आवेदन खुला

समाचार
  काठमाडौं। प्रतिष्ठित सौन्दर्य प्रतियोगिता “मिस यूनिभर्स नेपाल”को लागि आवेदन खुलेको छ । सोमबार काठमाडौँको सोल्टी क्राउन प्लाजामा आयोजित पत्रकार सम्मेलनमा “मिस यूनिभर्स नेपाल २०२४”को लागि आवेदन खुलेको जानकारी आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर सङ्गिता पुरीले भन्नुभयो, “ मिस युनिभर्स नेपाल २०२४ को आवेदन खुला भएको घोषणा गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं । हामी सबै आ–आफ्नै तरिकाले पर्फेक्ट छौं र यस वर्ष हामी सबै क्षेत्रका महिलाहरूलाई समावेश गर्दै मिस युनिभर्स नेपाललाई थप समावेशी बनाउन प्रतिबद्ध छौँ । म सम्पूर्ण नेपाली तथा गैरआवासीय नेपाली महिलाहरुलाई यो अवसरको सदुपयोग गर्दै विश्वबजारमा नेपाली नारीहरुको असीम क्षमता देखाउन अनुरोध गर्न चाहन्छु ।” प्रतियोगिताको आवेदन जेठ १ गतेदेखि असार १ गते सम्म खुल्ला रहनेछ ।...
आजबाट ब्रोकर कमिसन घट्यो

आजबाट ब्रोकर कमिसन घट्यो

समाचार
काठमाडौं । मंगलबारबाट ब्रोकर कमिसन १० प्रतिशतले घटेको छ। वैशाख २३ गते बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको थियो। यस्तै २० लाखदेखि एक करोड रूपैयाँसम्म ०.२७ प्रतिशत र १ करोड रूपैयाँभन्दा माथिको कारोबारमा ०.२४ प्रतिशतसम्म कमिसन लाग्नेछ। यसअघि ५० हजार रूपैयाँसम्मको कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशत, ५० हजारदेखि पाँच लाख रूपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन शुल्क लाग्ने गरेको छ। त्यस्तै, २० लाखदेखि एक करोड रूपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र एक करोड रूपैयाँभन्दा धेरैमा ०.२७ प्रतिशतसम्म कमिसन शुल्क लाग्ने गरेको...
फल्चा बस बिसौनी आजबाट सञ्चालनमा

फल्चा बस बिसौनी आजबाट सञ्चालनमा

समाचार
    काठमाडौं । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ । २ फल्चा बस बिसौनीमध्ये बानेश्वरबाट बबरमहल सडकखण्डमा बनेको बस बिसौनी सञ्चालनमा आएको काठमाडौं महानगरपालिका(१० का वडाध्यक्ष रामकुमार केसीले बताएका छन् । बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा बनेको बिसौनी असार महिनाभित्र सञ्चालनमा आउने उनले बताए । नेवारी समुदायको संस्कृतिसँग जोडिएको फल्चा शैलीमा बनेका दुवै बस बिसौनी ६२ लाख रुपैयाँमा बनेको महानगरपालिकाले बताइको छ ।  ...
कोका–कोलाले सार्वजनिक  गर्यो “कोका–कोला महोत्सव”योजना

कोका–कोलाले सार्वजनिक  गर्यो “कोका–कोला महोत्सव”योजना

उपभोक्ता, समाचार
काठमाडौं । कोका–कोलाले “कोका–कोला महोत्सव” नामक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजना अर्न्तगत ग्राहकहरुले रेष्टुरेण्टहरुमा कम्बो डिससँग कोका–कोला अर्डर गर्दा आकर्षक छुट प्राप्त गर्न सकिने छ । यो क्याम्पेनको लागि कोका–कोलाले केकेएफसी, डल्ले, पेपे पिज्जा, रोडहाउस, भ्याली एक्स्प्रेस, द बर्गर हाउस एड सिएफसी र माइकल ग्रिल्स जस्ता विभिन्न रेष्टुरेण्टहरुसँग सहकार्य गरेको छ । यी रेष्टुरेण्टहरुमा कोकसँग स्पेसल मिल कम्बो अर्डर गर्दा ग्राहकहरुले २० देखि २५ प्रतिशत सम्मको छुट अथवा केहि खानाहरु संग निःशूल्क कोक प्राप्त गर्न सकिने छ । कोका–कोलाको कोक+मिल्स् क्याम्पेनको नयाँ संस्करणको रुपमा ल्याइएको “कोका–कोला महोत्सव” बैशाख २६ गतेदेखि जेठ २५ सम्म चल्नेछ ।  ...
ग्लोबल आइएमई बैंकलाइ बेष्ट बैंकाे अवार्ड

ग्लोबल आइएमई बैंकलाइ बेष्ट बैंकाे अवार्ड

बैंक तथा वित्त, समाचार
काठमाडौं। ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ। ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका उत्कृष्ट बैंकहरु मध्ये ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो। ग्लोबल फाइनान्स म्यागाजिनले अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्यपूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई सम्मान गरेको हो। ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक रहेको ग्लोबल आइएमई बैंकले बताएको छ ।...
नेप्से दोहोरो अंकले वृद्धि

नेप्से दोहोरो अंकले वृद्धि

शेयर बजार, समाचार
काठमाडाै‌ं । सोमबार नेप्से परिसूचक २४.३९ अंकले बढेको छ। यसदिन नेप्से १.२३ प्रतिशतले बढेर १९९८.८९ विन्दुमा बन्द भएको छ। सोमबारको बजारमा तीन अर्ब ४० करोड ८६ लाख ८ हजार १५७ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् आइतबार तीन अर्ब १५ करोड ५१ लाख ४२ हजार १६८ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा २५ करोड रूपैयाँ वृद्धि भएको हो। यस दिन ३२० वटा धितोपत्रको ९५ लाख ४१ हजार १७ कित्ता सेयर किनबेच भएको हो। सोमबार १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ वटाकै घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त र माण्डु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। यस्तै, श्रीजनशील लघुवित्त र हिमालयन ऊर्जा कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। सिवाइसि नेपाल लघुवित्त लघुवित्तको मूल्य स...
नेपाल टेलिकमको खुद नाफा बढ्याे

नेपाल टेलिकमको खुद नाफा बढ्याे

ब्यानर, समाचार
काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ अर्ब ५९ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३ . ३६ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ५ अर्ब ४१ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । कम्पनीको कुल आम्दानी ६ प्रतिशतले कम भएको छ । गत वर्ष ३३ अर्ब २० करोड ८५ लाख रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ३१ अर्ब २० करोड ४८ लाख रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो । कम्पनीको वित्तीय खर्च करिब ६७ प्रतिशत कम भएको छ भने नाफामा सकारात्मक देखिएको हो । गत वर्ष ४० करोड ७५ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १३ करोड ५२ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो । कम्पनीको चुक्तापूँजी १८ अर्ब रहेको छ भने जगेडा कोष रकम ७४ अर्ब ३३ करोड रूपैयाँभन्दा बढी रहेको छ।...