काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार (आज) सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसाय महासंघका अनुसार हिजो प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज २०० रुपैयाँ बढेर प्रतितोला ९२ हजार ४०० रुपैयाँ कायम भएको छ भने छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा पनि 10 रुपैयाँ वृद्धि भएको छ । आज चाँदीको मूल्य १ हजार ३२० रुपैयाँ कायम भएको छ ।