Monday, May 20Nepal News Portal
Shadow

दसैँमा अत्यावश्यक बाहेक बाहिर ननिस्कन काठमाडौं प्रशासनको अनुरोध


काठमाडौं, ४ कार्तिक, (ससं) । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दसैँमा अत्यावश्यकबाहेक बाहिर ननिस्कन जिल्लावासीलाई आग्रह गरेको छ । पछिल्लो समय कोरोना भाइरसको हटस्पट बनेको काठमाडौंमा दसैँको समयमा हुने धेरै चहलपहलले महामारी झनै फैलिने भन्दै सचेत हुन अनुरोध गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जारी गरेको अनुरोधपत्रमा व्यक्तिगत तथा सामूहिक सचेतता अपनाइ जो जहाँ छौं त्यही ठाउँमा पर्व मनाउन आग्रह गरिएको हो । प्रशासनले घरबाहिर निस्कनै पर्नै भएमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ ।

चाडपर्वमा कोरोनाको महामारी नफैलियोस् भन्नको लागि काठमाडौं प्रशासनले गत भदौं ३१ गते जारी गरेको आदेशको पूर्ण पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

प्रशासनले चाडपर्वमा फैलिन सक्ने कोभिडको महामारी न्यूनीकरणको लागि भन्दै असोज २७ गतेदेखि अत्यावश्यक बाहेकका प्रशासनबाट हुने सबै सेवा स्थगित गरेको छ । त्यस्तै, प्रशासनले आफैं बजार अनुगमनमा गएर स्वास्थ्य मापदण्ड विपरीत काम गर्ने व्यवसायीलाई कारबाही पनि गर्दै आएको छ । यसैबीच प्रशासनले सर्वसाधारणलाई समेत अत्यावश्यकबाहेक बाहिर ननिस्कन आग्रह गरेको हो।

Total Page Visits: 905 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्