Monday, May 20Nepal News Portal
Shadow

यो वर्ष उद्योग क्षेत्रको आर्थिक वृद्धिदर ऋणात्मक हुने


काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा उद्योग क्षेत्रको आर्थिक वृद्धिदर २.०४ प्रतिशतले ऋणात्मक हुने राष्ट्रिय तथ्यांक कार्यालयको प्रारम्भिक अनुमान छ । कार्यालयले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार वनस्पति, तोरी, सोयाबिन, सूर्यमुखी तेल र फलाम तथा स्टिलजन्य उत्पादनमा आएको कमीका कारण चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ऋणात्मक हुने अनुमान गरिएको हो ।

कुल गार्हस्थ उत्पादनमा भने यो क्षेत्रको योगदान ५.३२ प्रतिशत हुने अनुमान गरिएको छ । उद्योग क्षेत्रको आर्थिक वृद्धिदर २०७८/७९ मा ६.७४ प्रतिशत कायम थियो ।

अघिल्ला वर्षका तथ्यांक हेर्दा त्यसयता यो क्षेत्रको आर्थिक वृद्धिदर घट्दै गएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा यो क्षेत्रको आर्थिक वृद्धिदर ८.६६ प्रतिशत कार्यालयले जनाएको छ । उद्योग क्षेत्र नेपालको अर्थतन्त्रको द्वितीय क्षेत्र अन्तर्गत पर्दछ । द्वितीय क्षेत्रको योगदान अर्थतन्त्रमा १२.९ प्रतिशत रहने तथ्याक कार्यालयले आकलन गरेको छ ।

तीय क्षेत्र अन्तर्गत उद्योग, विद्युत, ग्यास, आपूर्ति सेवा, पानी आपूर्ति, ढल फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रिायाकलाप र निर्माण क्षेत्र पर्छन् ।

Total Page Visits: 137 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्