Monday, May 20Nepal News Portal
Shadow

घट्यो नेप्से परिसूचकसँगै कारोबार रकम


काठमाडौं । बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबारको तुलनामा नेप्से परिसूचक २.४३ अंकले घटेको हो । आज कारोबार रकम पनि १८ करोड ५६ लाख रुपैयाँले घटेको छ ।

आज ५८ करोड ९१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । गत कारोबार दिन ७७ करोड ४७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

नेप्से परिसूचक ०.१३ प्रतिशत घटेर १८४१.९३ विन्दुमा रोकिएको छ । यसदिन २६५ धितोपत्रको १९ लाख ४२ हजार ६२६ कित्ता खरिदबिक्री भएको हो । यसदिन परिसूचक सर्वाधिक वृद्धि हुनेमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीको सेयरमूल्य ८.२४ प्रतिशतले वृद्धि भएको छ ।

हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ३ करोड ५६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यो कम्पनीको हिमाल दोलखाको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ५ समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा ‘अन्य’ समूह रहेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक यस दिन सर्वाधिक वृद्धि भएको छ । यो समूहको परिसूचक ०.६ प्रतिशतले वृद्धि भएको छ ।

Total Page Visits: 116 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्