Monday, May 20Nepal News Portal
Shadow

एनआईसी एशिया बैंकको डेपुटी सीईओमा अर्जुनराज खनिया


काठमाडौं । एनआईसी एशिया बैंकले सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ ।
सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखा, विभाग इकोसिस्टम गरी २० वर्षभन्दा लामो अनुभव लिएका छन् ।

सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनियाले सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपालमा शाखा प्रमुखको रूपमा नियुक्त भएका थिए ।

बैंकको विभिन्न विभाग तथा इकोसिस्टमहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेर योगदान दिई आफ्नो सफल जिम्मेवारी निर्वाह गर्ने खनियालाई बैंकले विश्वार गरेर डेपुटी सीईओको जिम्मेवारी दिएको बताइएको छ ।

Total Page Visits: 61 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्