Tuesday, May 14Nepal News Portal
Shadow

अवहेलना मुद्दामा प्रचण्डले बुझाए सर्वोच्चमा लिखित जवाफ


काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टि नेकपा का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अवहेलनासम्बन्धी मुद्दामा आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ दिएका छन् । प्रचण्ड आइतबार बिहान ११ बजेतिर सर्वोच्च पुगेका हुन् ।

प्रचण्ड विरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलनासम्बन्धी रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको इजलासले लिखित जवाफ माग गर्ने आदेश दिएको थियो । प्रचण्डविरुद्ध अधिवक्ता समीर हायूले निवेदन दर्ता गरेका थिए ।
निवेदनमा प्रचण्डले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ ।

Total Page Visits: 578 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्