Thursday, May 16Nepal News Portal
Shadow

विप्लवलाई शान्तिपूर्ण मुलधारको बाटोमा आउन प्रधानमन्त्रीको आग्रह


काठमाडौं, (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई शान्तिपूर्ण मुलधारको बाटोमा आउन आह्वान गरेका छन् ।
आज (सोमबार) गण्डकी प्रदेशस्तरीय पार्टीको कार्यकर्ता भेलालाई पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्तिपूर्ण मुलधारको बाटोमा आए विप्लवलाई जनताले जयजयकार गर्ने बताएका हुन् ।
‘विप्लवलाई पनि भन्न चाहान्छु, उहाँहरू हिँडिरहेको बाटो काम लाग्दैन,’ प्रधानमन्त्रीको आह्वान छ, ‘त्यो बाटो उचित छैन । यसबाटोमा आउनुहोस् । शान्तिपूर्ण मुलधारको बाटोमा आउनुहोस् तपाईंहरूलाई जनताले जयजयकार गर्छन । त्यो गलत बाटोमा किन लाग्नुहुन्छ ?’

विप्लवसँग सरकारले वार्ता गर्ने तयारी भइरहेको चर्चा चलिरहेका बेला ओलीले देशलाई समृद्ध बनाउने बाटोमा लाग्न पनि विप्लवलाई आग्रह गरेका छन् । उनको आग्रह छ, ‘सुतली बम पड्काएर किन बस्नुहुन्छ ? देश विकासमा लाग्नुहोस् न । देशलाई समृद्ध बनाउने अभियानमा लाग्नुहोस् न । मान्छेलाई भयरहित बनाउने, एउटा सभ्य देश बनाउने अभियानमा लाग्नुहोस् न । किन तर्साउने अभियानमा लाग्नुहुन्छ ? ’उनले भने ।

Total Page Visits: 592 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्