Tuesday, May 14Nepal News Portal
Shadow

प्रचण्ड–नेपाल समूहद्वारा प्रधानमन्त्री ओलीको पुनः राजीनामा माग


काठमाडौं, (ससं) । नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहलले प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः राजीनामा माग गरेको छ। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बहुमत केन्द्रीय समिति सदस्य सहभागी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला लगत्तै ओलीले राजीनामा दिनुपर्नेमा अटेर गरिरहेकाले त्यसको निन्दा गर्दै तत्काल संवैंधानिक नैतिककता आधारमा राजीनामा दिनुपर्ने माग गरेको हो।

यस्तै आजको बैठकले सरकार गठनसम्बन्धी सम्पूर्ण जिम्मा पार्टीको स्थायी समिति बैठक र केन्द्रीय सचिवालय बैठकलाई दिने निर्णयसमेत गरेको छ। आजको केन्द्रीय कमिटी बैठकले सरकार गठनको तयारीसम्बन्धी सबै जिम्मा स्थायी समिति र केन्द्रीय सचिवालय बैठकलाई दिएको नेता भीम रावलले जानकारी दिए।

यस्तै आजको बैठकले पार्टीको आधिकारिकता बारे के भइरहेको भन्ने आयोगमा जानकारी माग्न पत्राचार गर्ने निर्णय गरेको छ।

स्थायी कमिटी सदस्य भीम रावलले न्यायमा ढिलाइ गर्नु भनेको न्याय नदिनु सरह हुने भएकाले निर्वाचन आयोगलाई चाँडै निर्णय गर्न बैठकले ध्यानाकर्षण गराएको बताए। बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आधिकारिकताको दावी पेश गरे पनि निर्वाचन आयोगले निर्णय गर्न ढिलाइ गरिरहेको बैठकले ठहर गरेको उनले बताए।

आधिकारिकता विवाद निरुपणको सम्बन्धमा जानकारी लिन आवश्यक परे पार्टी अध्यक्षहरू फेरि आयोगको कार्यालयमा पुग्नसक्ने उनले जानकारी दिएका छन्।

‘निर्वाचन आयोगले अत्याधिक बहुमत हुँदासम्म कुनै निर्णय नभएको भन्दै खेद प्रकट गरेको छ।

Total Page Visits: 558 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्