Monday, May 20Nepal News Portal
Shadow

प्रदेश ५ को प्रदेश सभा बैठकमा तोडफोड


पन्देही, १९ असोज (ससं) । प्रदेश ५ सरकारले प्रदेश सभामा पेश गरेको नाम र स्थायी राजधानीको विषयमा विरोधकैबीच सभामुखले छलफल अघि बढाएपछि विपक्षी दल कांग्रेसले कुर्सी, टेबुल तोडफोड गरेको छ । तोडफोड र नाराबाजीकैबीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएका छन् ।

एक बजे सुरु भएको बैठक विरोध भएपछि स्थगित भएको थियो । दुई घण्टासम्म पनि कुनै सहमतिको विन्दु नभेटिएपछि सुरु भएको बैठकमा कांग्रेसले पुनः अवरुद्ध गरेको थियो । तर, सभामुखले बैठक निरन्तरता दिएपछि कांग्रेसले तोडफोड गरेको हो ।

सोमबारको बैठकमा कानुन तथा आन्तरिक मामिलामन्त्री कुलबहादुर केसीले प्रदेश राजधानी र नामको प्रस्ताव छलफलका लागि पेस गर्ने क्रममा कांग्रेस सांसदहरूले नाराबाजी गर्दै तोडफोड गरेका हुन् । मन्त्री केसी प्रस्ताव पेस गर्नका लागि रोष्ट्रममा जाने क्रममा धक्कामुक्की गरेका सांसदहरूले प्रस्ताव पेश गर्ने क्रममा कुर्सीले टेबुल र माइकमा तोडफोड गरेका हुन् ।

Total Page Visits: 829 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्