Monday, May 20Nepal News Portal
Shadow

सरकारी बैंकको तयारी गर्दै हुनुहुन्छ भने यस्ता कुरामा ध्यान दिनुहोस्


काठमाडौं, (ससं) । बैंकमा जागीर खानको लागि लिखित परीक्षाको तयारी गर्दा धेरै विषयमा ध्यान दिनुपर्ने हुन्छ । सरकारी बैंकहरुले भ्याकेन्सी खोलेका छन् भने परीक्षाको तयारीका लागि पाठ्यक्रम पनि उपलब्ध गराएका हुन्छन् । निजी स्तरका बैंकहरुले पनि लिखित परीक्षा मार्फत कर्मचारी छनौट गर्दैछन् भने सोहीअनुरुप तयारी गर्नुपर्छ ।
बैंकिङ क्षेत्रको विकासक्रम
बैंकमा जागीर खाने सोँच बनाउने वित्तीकै तपाईँ पहिले नेपालमा बैंकको सुरुवात कहिले र कसरी भयो ? बैंकको सुरुवात हुनुअघि कसरी कारोबार हुन्थ्यो ? बैंकको सुरुवातदेखि हालसम्म केकस्ता परीवर्तनहरु भएका छन् ? लगायतका विषयमा खोजीखोजी अध्ययन गर्नुहोस् ।

नियामक निकाय
नेपालको बैंक तथा वित्तीय संस्थाहरुको नियमन नेपाल राष्ट्र बैंकले गर्छ । यो विषयमा तपाईँ जानकार पक्कै हुनुहुन्छ । तर, नेपाल राष्ट्र बैंकको बारेमा तपाईँलाई अरु केके थाहा छ ? यसको स्थापना, हाल सम्मका गभर्नरहरु, गभर्नर एवम् डेपुटी गभर्नरको निकाय, राष्ट्र बैंकका कार्यहरु, विभागहरु लगायतका विषयमा पनि जानकारी लिनुपर्छ ।

Total Page Visits: 922 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्