Monday, May 20Nepal News Portal
Shadow

सरकार गठनको आह्वान गर्न राष्ट्रपतिलाई देउवा, प्रचण्ड र उपेन्द्रको आग्रह


काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्ने आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) प्रतिनिधि सभामा विश्वासको मत गुमाएलगत्तै संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जसपाका अध्यक्ष उपेन्द्र यादवले नयाँ सरकारको प्रक्रिया सुरू गर्न आह्वान गरेका हुन्।

प्रधानमन्त्री ओलीका पक्षमा ९३ मत आएको थियो भने उनको विपक्षमा भने १२४ मत आएको थियो । त्यस्तै १५ जना तठस्थ बसेका थिए । ओलीलाई माधव नेपाल पक्षका २८ जना सांसदले भोट दिएनन्।

No description available.

Total Page Visits: 704 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्