Monday, May 20Nepal News Portal
Shadow

विदेशमा कल गर्दा लाग्ने शुल्कमा एनसेलको शुल्क ६ गुणाले वृद्धि


काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलको नम्बरबाट विभिन्न १८ वटा देशमा लाग्ने शुल्क ६ गुणाले बढेको छ । यी देशका विभिन्न नम्बरमा एनसेलको नम्बरबाट फोन गर्दा ५ रुपैयाँ शुल्क लाग्दै आएकोमा अब ३० रुपैयाँ लाग्ने भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिले एनसेलको नम्बरबाट १९ वटा देशमा कल गर्दा लाग्ने शुल्कमा ६ गुणाले वृद्धि गर्दै शुल्क स्वीकृत गरेको हो ।

एनसेलले अनुमतिपत्र लिने बेलामा यी देशमा कल गर्दा लाग्ने शुल्क कम लिने प्रस्ताव गरेको थियो । अन्य सेवा प्रदायकको तुलनामा आफ्नो शुल्क कम भएको भन्दै एनसेलले शुल्क बढाउन प्राधिकरणलाई पत्र लेखेको बताइएको छ । इटाली, माल्टा, जर्मनी, ताजकिस्तान, जोर्डन, थाइल्यान्ड, लाट्भिया, लेबनान, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएसिया, फिनल्यान्ड, नेदरल्यान्ड्स, बुल्गेरिया, सिरिया र लिथोनिया जस्ता देशमा यसअघि एनसेलको नम्बरबाट फोन गर्दा प्रतिमिनेट ४ रुपैयाँ ९९ पैसा लाग्दै आएको थियो  भने अब यी मुलुकमा कल गर्दा अब प्रतिमिनेट ३० रुपैयाँ लाग्नेछ । साइप्रसमा पनि यसअघि प्रतिमिनेट कल गर्दा १५ रुपैयाँ लाग्दै आएकामा यसलाई पनि ३० रुपैयाँ बनाइएको छ ।

Total Page Visits: 715 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्