Monday, May 20Nepal News Portal
Shadow

जीवन बीमा कम्पनीको नाफा १९ प्रतिशतले ले बढ्दा दुई कम्पनीको घट्यो


काठमाडौं । आर्थिक वर्ष .(आ.व) २०७७ /७८ को तेस्रो त्रैमाससम्ममा १९ ओटा जीवन बीमा कम्पनीहरुमध्ये दुई ओटा कम्पनीको नाफा घटको छ । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यूनियन लाइफ इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा संस्थानको नाफा भने घटेको छ । १९ जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा ३ अर्ब २० करोड ८८ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ६९ करोड ४६ लाख ६८ हजार रुपैयाँ नाफा कमाएका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुले १९.०८ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएका हुन् ।

Total Page Visits: 1683 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्