Monday, May 20Nepal News Portal
Shadow

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओ आजदेखि बिक्री खुल्ला


काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले बुधबार आजदेखि सर्वसाधारणका लागि साधारण सेयर आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।
कम्पनीले रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ बिक्री गरेको हो ।

कम्पनीले सर्वसाधारणमा बिक्री गर्ने कुल ६० लाख कित्ता आईपीओमध्ये ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सेयर सार्वजनिक निष्कासन मार्फत बिक्री गर्न लागेको हो ।

उक्त आइपिओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिने छ ।
आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै सि–आस्बा सेवासमा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाटसँगै मेरो सेयरको वेबसाइट मार्फत आवेदन दिन सकिने छ ।

Total Page Visits: 1096 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्