Monday, May 20Nepal News Portal
Shadow

काठमाडौं किङ्स इलाभेनको प्रायोजन शिवम् सिमेन्टले गर्ने



काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेटअन्तर्गत काठमाडौं किङ्गस इलाभेन टिमको मुख्य प्रायोजक शिवम् सिमेन्ट हुने भएको छ । असोज ९ गतेदेखि असोज २३ गतेसम्म कीर्तिपुरको त्रिवि मैदानमा हुन गइरहेको एभरेष्ट प्रिमियर लिगमा शिवम् सिमेन्ट स्ट्रेन्थ पार्टनरका रुपमा काठमाडौं किङ्गस इलाभेनमा आबद्ध हुन लागेको हो ।

हालै भएको एक औपचारिक कार्यक्रममा शिवम् सिमेन्ट र काठमाडौं किङ्गस ११ बीच सम्झौता हस्ताक्षर भएको थियो । शिवम् सिमेन्ट लिमिटेडले काठमाडौं किङ्गस इलाभेन टिमको मुख्य प्रायोजन तथा लिगको अवधिभर टेलिभिजन ब्रोडकाष्टको लागि स्ट्रेन्थ पार्टनरको रूपमा समेत आवद्ध हुने जनाएको छ । त्रिवि खेल मैदानमा १५ दिनसम्म सञ्चालन हुने एभरेष्ट प्रिमियम लिगमा ६ टिम सहभागी हुनेछन् ।

बहुचर्चित नेपाली बलर संदिप लामिछानेको कप्तानीमा उत्रिन लागेको काठमाडौं किङ्गस इलाभेन टिममा अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त अल राउण्डर क्रिकेटर साहिद अफ्रिदी र जनकप्रकाश आबद्ध छन् भने गुल्सन झा, सुवास खकुरेल र सिद्धान्त लोहनीसहित राष्ट्रियस्तरका स्टार खेलाडीहरू छन् ।

Total Page Visits: 938 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्