Friday, May 3Nepal News Portal
Shadow

उत्पादनमूलक

मुक्तिनाथ कृषि कम्पनी: कृषि औजारदेखि विउविजनसम्म

मुक्तिनाथ कृषि कम्पनी: कृषि औजारदेखि विउविजनसम्म

उत्पादनमूलक, कृषि तथा वन, ब्यानर, समाचार
सीता बुढाथोकी काठमाडौं । मुक्तिनाथ विकास बैंकको लगानीमा सञ्चालित मुक्तिनाथ कृषि कम्पनीमा कृषि औजारदेखि विउविजनसम्म पाइन्छन् । यो कम्पनीमा मुक्तिनाथ विकास बैंकको लगानीमात्र हैन सर्वसाधारणको लगानी भित्र्याउन नेपाल धितोपत्र बोर्डमा निवेदनसमेत दिइएको छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नेछ । काठमाडौंको बसुन्धारामा यो कम्पनीको केन्द्रीय कार्यालय रहेको छ । कम्पनीले युवा पुस्तालाई कृषि व्यवसायमा आकर्षण गर्ने प्रमुख उद्देश्यका लिएको छ । कम्पनीले आफ्ना उद्देश्य अनुसार हाल कृषकहरूलाई आवश्यक गुणस्तरीय उत्पादनका साधनहरू जस्तैः– मल, बिउ, रोग तथा किरा नियन्त्रक, औजार/उपकरणसहित कृषि परामर्श सेवा, अनुसन्धान, विकास र प्रविधि प्रसारका साथै कृषि उत्पादनहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरण सम्बन्धी कार्यहरू गर्दै आएको छ । यस कम्पनीले कृषिमा व...
खोटाङमा बढ्यो किबी र लिचीको उत्पादन

खोटाङमा बढ्यो किबी र लिचीको उत्पादन

Uncategorized, आर्थिक गतिविधि, उत्पादनमूलक, प्रमुख समाचार
काठमाडौं । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा खोटाङमा किबी र लिचीको उत्पादन बृद्धि भएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसवर्ष किबी तीन दशमलव १५ मेट्रिक टन र लिची पाँच मेट्रिक टनले उत्पादन बढेको हो । जिल्लामा ४० हेक्टर क्षेत्रफलमा किबी खेती गरिए पनि ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले मात्रै उत्पादन दिने गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले २० दशमलव ३५ मेट्रिक टन उत्पादन दिँदा आर्थिक वर्ष २०७९/८० मा ३७ हेक्टर क्षेत्रफलमै लगाइएको किबीले २३ दशमलव पाँच मेट्रिक टन उत्पादन दिएको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका कृषिप्रसार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा, नेर्पा, जालपा र प्रायः सबै वडामा तथा साकेला गाउँपालिकाको बाँझेच्यानडाँडा, खिदिमा, रतन्छा, दिप्रुङ चुइँचुम्मा गाउँपालिकाको याम्खा, सप्तेश्व...
स्याङ्जाबाट चार लाख लिटर दूध निर्यात

स्याङ्जाबाट चार लाख लिटर दूध निर्यात

आर्थिक गतिविधि, उत्पादनमूलक, उद्योग, प्रमुख समाचार
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाभित्रबाट उत्पादित दूध आर्थिक वर्ष २०७९/८० को असार १५ गतेसम्म तीन लाख ९७ हजार चार सय दुुई लिटर निर्यात भएको छ । नगरपालिकाले उत्पादनका आधारमा दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुुदान दिएपछि किसान दूध उत्पादनतर्फ आकर्षित भएका हुुन् । पालिकाले उत्पादका आधारमा किसानलाई अनुदान दिन थालेपछि पछिल्लो समय दूध उत्पादनमा वृद्धि भएको नगरपालिकाका पशुुशाखा प्रमुख सुुशील अर्यालले बताए । उनका अनुसार पालिकाभित्र उत्पादित दूध बुुटवलस्थित दुग्ध विकास संस्थान र पोखरास्थित सुजल डेरीमा निर्यात हुँदै आएको छ । नगरप्रमुख गुुरुप्रसाद भट्टराईले ‘उत्पादनका आधारमा अनुदान कार्यक्रम’अन्तर्गत नगरपालिका–१, २, ३, ६, ७, ८, ९ र ११ का सात सय १२ जना दुुध उत्पादक किसानलाई ५९ लाख ६१ हजार २२ रुपैयाँ अनुदान वितरण गरिएको जानकारी दिए । उनले सहकारी, दूध सङ्कलन केन्द्र तथा फार्म गरी १९ वटा समूहमा आब...
निजी क्षेत्रको आग्रहः व्यवसायी हतोत्साही नहोउन्

निजी क्षेत्रको आग्रहः व्यवसायी हतोत्साही नहोउन्

उत्पादनमूलक, उद्योग, समाचार
काठमाडौं ।  निजी क्षेत्रका तीन छाता संगठनले कोही पनि व्यवसायीलाई दोषी ठहर नहुँदै लगेर थुन्ने कामप्रति आपत्ति जनाएका छन् । उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल नेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेका छन् । कानुन विपरीत काम गरेको प्रमाणित भएमा जो कोही पनि कारबाहीको भागिदार हुनुपर्छ। तर आरोप लाग्दैमा उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने, थुन्ने जस्ता कार्य गर्नुहुँदैन, संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, यस्ता कार्यले निजी क्षेत्रलाई कमजोर बनाउने मात्रै नभई समग्र मुलुकको आर्थिक विकासमा नकारात्मक असर पर्छ। अदालतले दोषी ठहर नगर्दै व्यवसायीलाई थुन्ने कार्यबाट निजी क्षेत्र त्रसित भएको छ उनीहरूले बताएका छन्। कुनै पनि विषयमा आरोप लागेपछि व्यवसायीलाई थुनिहाल्ने नभएर राज्यले व्यवसायीका कुरा सुनिदिनु पर्ने उनीहरूको माग छ। आरोप लागेका व्यवसायीलाई...
जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकासमा प्रधानमन्त्रीको जोड

जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकासमा प्रधानमन्त्रीको जोड

उत्पादनमूलक, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकको खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूत गर्नु लोक कल्याणकारी राज्यको प्रमुख जिम्मेवारी भएको बताएका छन् । २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८० शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले संविधानले खाद्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको र उक्त हकको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्। पछिल्लो समय जलवायु परिवर्तनका कारण खुख्खा खडेरी, अतिवृष्टि, असमयको वर्षा, बाढीपहिरो, रोग तथा किराको प्रकोप आदिको क्रम बढ्दै जाँदा धान उत्पादनमा नकरात्मक असर बढ्दै गएको उनले बताए। अहिलेकै अवस्थामा धानको उत्पादन वृद्धिको लक्ष्य पूरा हुन कठिन हुने र यसले गर्दा खाद्य सुरक्षामा नै प्रतिकूल असर पर्न सक्ने पनि उनको भनाइ छ । “यस्तो अवस्था आउन नदिन जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस...
गलैँचा उद्योगीहरूले प्रधानमन्त्रीलाई भेटेर यस्तो भने

गलैँचा उद्योगीहरूले प्रधानमन्त्रीलाई भेटेर यस्तो भने

आर्थिक गतिविधि, उत्पादनमूलक, उद्योग, प्रमुख समाचार
काठमाडौं । आगामी आर्थीक वर्ष (आव)को लागि सरकारले ल्याएको बजेट वक्तव्यमा विगतमा पाइरहेको छुट कटौती गरिएको छ । यसले गलैँचा उद्योगीहरू मर्कामा पर्ने भन्दै उद्योगीहरूले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् । कोभिड पश्चात भर्खरै निर्यात अभिवृद्धि तर्फ उन्मुख नेपाली गलैँचा उद्योगलाई नकारात्मक असर पर्ने र रोजगारी र वैदेशिक मुद्रा आर्जनमा पनि प्रतिकुल असर पार्ने उद्योगीको भनाई छ । ९९ प्रतिशत भन्दा बढी निर्यात हुने यस उद्योगमा ४० प्रतिशत भन्दा बढी मात्रामा देशको पूर्व देखि पश्चिमसम्म छरिएर रहेको उत्पादन श्रोतहरूलाई मु.अ.क.को दायरा भित्र ल्याउन व्यवहारिक रूपमा कठिन हुने समेत उनीहरूको तर्क छ । नयाँ व्यवस्थाका कारण धरासायी बन्ने, निर्यात घट्ने र कुल ग्राहस्थ उत्पादनमा ह्रास आउने उनीहरूको भनाई थियो । यसका साथै नेपाली उत्पादनले विश्व बजारमा पाइरहेको सुविधाहरू कट...
किसानलाई मकै र धानको बीउ जोगाउनै मुस्किल

किसानलाई मकै र धानको बीउ जोगाउनै मुस्किल

आर्थिक गतिविधि, उत्पादनमूलक, कृषि तथा वन, प्रमुख समाचार
वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो। त्यसपछि अहिलेसम्म पानी परेको छैन। लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बीउ सुक्न थालेका छन्। लामो समय खडेरी पर्दा ब्याडमा धानको बीउसँगै बारीमा मकैका बोटसमेत सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन्। अघिल्ला वर्षहरुमा यति बेला यस क्षेत्रका खेतमा कृषकले धान लगाउन सुरु गर्थे। वर्षा नहुँदा खोलानालासमेत सुकेका छन्। खोलानाला सुक्दा सिँचाइको चरम अभावमा रहेका किसानलाई धानको बीउ र कुटाउने बेलाका मकै जोगाउन हम्मेहम्मे परेको छ। जेठ अन्तिम सातदेखि रोपाइँ गर्ने किसान यति बेला आकाश हेर्दै बस्न बाध्य छन्। कतिपय किसानको ब्याडमा रोप्नका लागि तयार भएका बिरुवासमेत सुकेर मर्न थालेका हुन्। असार सुरु हुँदासमेत पानी नपर्दा धानको बीउ, मकै तथा अन्य तरकारीसमेत सुक्न थालेको कृषकको गुनासो छ। गए...
२० मेगावाटको बलेफीमा साढे ३ अर्ब ऋण लगानी

२० मेगावाटको बलेफीमा साढे ३ अर्ब ऋण लगानी

आर्थिक गतिविधि, उत्पादनमूलक, प्रमुख समाचार
काठमाडौं । २० मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। साझा पावर डेभलपमेन्ट प्रालिले प्रवर्द्धन गरिरहेको आयोजनामा कुमारी बैंकको अगुवाइमा ऋण लगानी सम्झौता भएको हो। सिन्धुपाल्चोकको बलेफी खोलामा निर्माण हुने २० मेगावाटको आयोजनाको अनुमानित लागत चार अर्ब ४० करोड रूपैयाँ रहेको छ। ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीमा आयोजना निर्माण हुनेछ। रिडी पावर कम्पनीले मुख्य लगानीमा निर्माण हुने आयोजनामा कुमारी बैंकले एक अर्ब ५० करोड रूपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको छ। बाँकी १ अर्ब ८० करोड रुपैयाँ ऋण लगानीका लागि कुमारी बैंकले नै अन्य बैंकसँग प्रस्ताव गर्नेछ। यही असारबाटै आयोजनाको निर्माणमा जाने कम्पनीका प्रबन्ध सञ्चालक कुवेरमणि नेपालले जानकारी दिए। वर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रति युनिटका दरले विद्युत खरिदब...
ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने समितिको गर्यो निर्णय

ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने समितिको गर्यो निर्णय

उत्पादनमूलक, प्रमुख समाचार
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने निर्णय गरेको छ । मंगलबार (आज) बसेको समितिको बैठकबाट अघिल्लो निर्णय सच्याउँदै ब्रोकर लाइसेन्स खुला गर्ने निर्णय गरिएको हो । गत जेठ २९ गते बसेको समितिको बैठकबाट ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोक्न नेपाल धितोपत्र बोर्डलाई पत्र पठाइएको थियो । आज उक्त निर्णय सच्याएर ब्रोकर लाइसेन्स खुला गर्ने निर्णय गरिएको समितिले जानकारी दिएको छ ।...
आलु प्याजमा लगाएको कर सुधार गर्नुपर्छः डा. कोइराला

आलु प्याजमा लगाएको कर सुधार गर्नुपर्छः डा. कोइराला

उत्पादनमूलक, उद्योग, प्रमुख समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले बजेटमार्फत आलु प्याजमा लगाएको कर सुधार गर्न आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको सातौँ महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले सरकारले जनतालाई विदेशबाट आयात भएका आलु, प्याज र स्याउमा मूल्य बढ्ने र नेपाली उत्पादन सस्तो हुने भनेर झुक्याएको बताएका छन् । उनले जुनसुकै वस्तुमा १३ प्रतिशत कर लगाएपछि वस्तुको मूल्य सस्तो नभए महँगो हुने दाबी गरे । अर्थमन्त्रीले नेपाली उत्पादनको मूल्य सस्तो बनाउने नाममा आलु, प्याजमा कर लगाउनु नेपाली उपभोक्ताको लागि राम्रो भएन, उनले भने । नेता कोइरालाले सरकारले बजेटमा जिल्ला निर्वाचन कार्यालय प्रशासन कार्यालयको शाखा बनाउने विषयकोे विरोध गरे । उनले सरकारले जिल्ला निर्वाचन कार्यालयहरू खारेज गरेर प्रशासन कार्यालयको शाखा बनाउँदा कसरी निर्वाचन स्वच्छता र निश्पक्ष हुन्...