Friday, May 3Nepal News Portal
Shadow

उत्पादनमूलक

देशकै पूरानो र लोकप्रिय बिस्कुट उद्योग बन्द

देशकै पूरानो र लोकप्रिय बिस्कुट उद्योग बन्द

उत्पादनमूलक, उद्योग, ब्यानर
काठमाडौं । सरकारको विभेदपूर्ण नीतिको शिकार देशकै पूरानो लोकप्रिय बिस्कुट उद्योग बन्द भएको छ । सरकारी असहयोगका कारण नेबिको बिस्कुट बन्द हुन पुगेको हो । सन् १९६४ मा स्थापना भएको यो उद्योगमा तीन सय कर्मचारी तथा कामदार कार्यरत रहँदै आएकोमा निषेधाज्ञा जारी गरिएपछि बन्द रहेको छ । विदेशी बिस्कुटहरू निर्वाधरुपमा आयात गर्न दिइरहेको सरकारले स्वदेशी उद्योगहरू सञ्चालनमा बाधा सिर्जना गर्ने काम गरेको छ । निषेधाज्ञामा कर्मचारीहरूलाई हिँड्डुल गर्न रोक लगाउँदा नेबिको बिस्कुट बन्द हुन पुगेको छ । यसबाट उद्योगका तीनसय कर्मचारी तथा कामदारहरू घरमै बस्न बाध्य भएका छन् भने उद्योगले मासिक १० करोड रुपियाँ नोक्सानी भोग्नुपरेको छ । स्वास्थ्य सुरक्षा मापदण्ड सञ्चालन गरेर स्वदेशी उद्योगहरू सञ्चालन गर्न सकिने संभावना हुँदाहुँदै सरकारले कर्मचारीहरू कारखानासम्म आउन नदिएपछि उद्योग बन्द गर्न बाध्य भएको हो । ‘...
सिमेन्ट र डण्डीका ८० प्रतिशत उद्योग बन्द हँदा उद्योगीको बिजोग

सिमेन्ट र डण्डीका ८० प्रतिशत उद्योग बन्द हँदा उद्योगीको बिजोग

उत्पादनमूलक, उद्योग
काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस् देखिएपछि सरकारले निषेधाज्ञा जारी गर्दा पनि निर्माण सामग्रीको मूल्य बढिरहेको छ । निर्माण व्यवसायीहरु निरन्तर खबरदारीमा उत्रिरहे । तर, अहिले निर्माणको काम पनि ठप्प हुँदा सिमेन्ट र डण्डी उद्योगहरुको बिजोगनै भएको छ । मूलुकका ७७ मध्ये ७५ वटा जिल्लामा निषेधाज्ञा लागू हुँदा भौतिक संरचना निर्माणको काम हुन सकेको छैन । यसको प्रत्यक्ष असर निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरुमा परेको हो । सिमेन्ट र डण्डीको माग ६० प्रतिशतले घटिसकेको छ । माग ४० प्रतिशत रहेपनि उद्योगहरुले त्यो माग अनुसारका सामग्री पनि उत्पादन गर्न पाएका छैनन् । कारण के? अहिले सिमेन्ट उद्योगमा अक्सिजन छैन । कोरोनाका कारण अस्पतालहरुमा अक्सिजन सिलिण्डर अभाव भएपनि उद्योगहरुले आफूसँग भएका सिलिण्डर स्वास्थ्य संस्थालाई दिएका छन् । एउटा फलामे डण्डी उद्योगमा दैनिक ३० अक्सिजन सिलिण्डरसम्म अक्सिजन खपत...
रेम्डेसिभिर औषधीको उत्पादन अब नेपालमै

रेम्डेसिभिर औषधीको उत्पादन अब नेपालमै

उत्पादनमूलक, उद्योग, ब्यानर
काठमाडौं । कोरोनाका बिरामीको उपचारमा प्रयोग गरिएको रेम्डेसिभिर औषधीको एक नेपाली कम्पनीले उत्पादन सुरु गर्न थालेको छ । वीरगन्जस्थित नेसनल हेल्थकेयर प्राइभेट लिमिटेडले परीक्षण उत्पादन गर्न थालेको हो । कम्पनीलाई रेम्डेसिभिर उत्पादन गर्न विभागले एक साताअघि अनुमति दिएको थियो। कम्पनीको उत्पादन क्षमता, पूर्वाधारलाई हेरेर उत्पादन अनुमति दिएको विभागका सूचना अधिकारी स्रोतले जानकारी दिएका हुन् । उनले औषधिको गुणस्तर लगायतका पक्ष हेरेपछि बजारमा आउने जानकारी दिए। कम्पनीका अनुसार रेम्डेसिभिरको ट्रायल ब्याच उत्पादन भइसकेको छ । औषधि उत्पादनका लागि चाहिने कच्चा पदार्थ ल्याउन चिनियाँ कम्पनीलाई पैसा तिरिसकेको छ । रेम्डेसिभिर आउँदो जूनको मध्यसम्म बजारमा उपलब्ध हुने कम्पनीका उपाध्यक्ष अजय पाण्डेले बताए । नेपालले भारत र बंगलादेशबाट सो औषधी आयात गर्दै आएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या चुलिएसंगै रेम्डेसिभ...
विदेशी लगानीका सिमेन्ट उद्योग बढी नाफामा

विदेशी लगानीका सिमेन्ट उद्योग बढी नाफामा

आर्थिक गतिविधि, उत्पादनमूलक, उद्योग, ब्यानर
काठमाडौं । नेपालमा सञ्चालनमा रहेका विभिन्न ५५ वटा सिमेन्ट उद्योहरूमध्ये प्रत्यक्ष विदेशी लगानीका उद्योगले मात्रै बढी नाफा कमाउन सफल भएका छन् । नेपाल राष्ट्र बैंकले गरेको ‘नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानीः आर्थिक सामाजिक प्रभावको अध्ययन’ प्रतिवेदन अनुसार नेपाली सिमेन्टले क्षमता अनुसार उत्पादन गर्न नसक्दा र उद्योगहरूको क्षमता अनुसार सिमेन्ट उत्पादन हुन नसक्दा अझै आयातमै भर पर्नुपरेको अवस्था रहेको देखिएको छ । नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपूर्ति गर्न भने विदेशीलाई नै प्रोत्साहन दिनुपर्ने सुझाव अध्ययन प्रतिवेदनले दिएको छ । सिमेन्टको आयात कटौती तथा निर्यात प्रवद्र्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरू खोल्न दिन उपयुक्त हुने पनि अध्ययन प्रतिवेदनको निष्कर्ष रहेको छ । सरकारी र निजी स्वामित्व रहेका उद्योगहरूको तुलनामा प्रत्यक्ष ...
कोरोना रोकथाम र उपचारमा प्रयोग हुने २१ वस्तु आयातमा सहजीकरण

कोरोना रोकथाम र उपचारमा प्रयोग हुने २१ वस्तु आयातमा सहजीकरण

आर्थिक गतिविधि, उत्पादनमूलक, ब्यानर
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड –१९) रोकथाम र उपचारमा प्रयोग हुने वस्तुको आयातमा सहजीकरण गर्ने भएको छ । अर्थमन्त्रालयले नयाँ कार्यविधि बनाएर भन्सार जाँचपासको लागि आवश्यक कागजपत्र नभए पनि पछि पेश गर्ने गरी छुटाउन पाइने नीतिगत व्यवस्था गरेको हो । अर्थमन्त्रालयले दिएको जानकारी अनुसार कोरोना रोकथाम र उपचारमा प्रयोग हुने वस्तु आयात गरी भन्सारबाट छुटाउनको लागि प्रज्ञापन पत्र साथ पेश गर्नुपर्ने कुनै कागजात तत्काल पेश गर्न नसकेमा त्यस्तो कागजात पछि पेश गर्ने शर्तमा भन्सार अधिकृतले त्यस्तो मालवस्तु जाँचपास गर्न सक्ने अधिकार प्रदान गरिएको छ ।...
उद्योग परिसंघले गर्यो ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण

उद्योग परिसंघले गर्यो ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण

उत्पादनमूलक, उद्योग, ब्यानर
काठमाडौं । नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् देशका ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ। परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीमार्फत् मंगलबार अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन्।परिसंघले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई ५० थान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई ३० थान र धुलिखेल अस्पताललाई २० थान सिलिण्डर हस्तान्तरण गरेको हो । यसैगरी, महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई १० थान, सेती अञ्चल अस्पताल, धनगढीलाई २० थान, राप्ती अञ्चल अस्पताल, दाङलाई १० थान, भेरी अञ्चल अस्पताल, नेपालगञ्जलाई १० थान, लुम्बिनी अञ्चल अस्पताल, बुटवललाई ३० थान र कोशी अञ्चल अस्पताल, विराटनगरलाई २० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ।  ...
उपप्रधानमन्त्री पोखरेलद्वारा ५१ शैयाको निःशुल्क कोभिड आइसोलेशन केन्द्र शुभारम्भ

उपप्रधानमन्त्री पोखरेलद्वारा ५१ शैयाको निःशुल्क कोभिड आइसोलेशन केन्द्र शुभारम्भ

उत्पादनमूलक, प्रदेश, बागमती प्रदेश, ब्यानर
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज (बुधबार) काठमाडौंको गौशालामा निःशुल्क कोभिड आइसोलेशन केन्द्रको शुभारम्भ गरेका छन् । मारवाडी सेवा समितिले काठमाडौंको गौशालामा सुरु गरेको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले आज शुभारम्भ गरेका हुन् । मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा सुरु गरेको अक्सिजन सेवासहितको ५१ शैयाको यो आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था समेतन गरिएको मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलाश गोयलले उपप्रधानमन्त्री पोखरेललाई जानकारी गराएका हुन् ।...
मिस्ट्रीखोलाको ४२ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडियो

मिस्ट्रीखोलाको ४२ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडियो

उत्पादनमूलक, ऊर्जा
काठमाडौं । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्मित ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । विद्युत् प्राधिकरणका प्राविधिकको निगरानीमा आयोजनाबाट परीक्षण उत्पादन थालिएको हो । ‘बिहीबार साँझदेखि आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा पठाएर परीक्षण उत्पादन सुरु भएको हो । केन्द्रीय प्रसारण लाइनमा जोड्न आयोजनाले नारच्याङबेसी–दाना ४ किमि लामो २ सय ३२ केभीए डबल सर्किट ट्रान्समिसन लाइन निर्माण गरेको छ । मिस्त्रीखोला सञ्चालनमा आएसँगै प्राधिकरण स्वामित्वको अन्नपूर्ण–४ घरापस्थित २ मेगावाट क्षमताको तातोपानी सानो जलविद्युत् आयोजना बन्द गरिएको छ । प्राधिकरण र आयोजनाबीच विद्युत् खरिद सम्झौताअनुसार तातोपानी केन्द्र हिउँदमा बन्द गर्ने र बर्खायाममा भने चलाउने सर्त छ । माउन्टेन इनर्जी प्रा.लि ले २०७३ जेठबाट निर्माण थालेको आयोजनामा ५ अर्ब ६४ ...
खानी सञ्चालन कतैबाट समन्वय नहुँदा आगामी आर्थिक वर्ष क्लिङ्कर आयात गर्नुपर्ने

खानी सञ्चालन कतैबाट समन्वय नहुँदा आगामी आर्थिक वर्ष क्लिङ्कर आयात गर्नुपर्ने

उत्पादनमूलक, प्रमुख समाचार, ब्यानर
काठमाडौं । सरकारले खानीबाट चुनढुङ्गा निकाल्न नदिँदा आगामी आर्थिक वर्ष क्लिङकर आयात गर्नुपर्ने अवस्था देखिएको छ । वर्षादी सुरु हुनु अगाडी उद्योगीले धमाधम चुनढुङ्गा निकालेर स्टक राख्ने र असोजसम्म सोही चुनढुङ्गाबाट क्लिङ्कर बनाउने गरेकोमा अहिले सरकारले खानी पूर्ण रुपमा बन्द गरेपछि आगामी आर्थिक वर्ष भारतबाट ल्याउनुपर्ने बाध्यता बनेको हो । अहिले चुनढुङ्गा निकालेर स्टोर गर्ने गरिन्छ । धमाधम चुनढुङ्गा निकाल्ने र ६ महिनासम्म त्यसैलाई पेलेर क्लिङ्कर बनाउने गरिन्छ । तर, अहिले स्थानीय सरकारले खानी सञ्चालन गर्न पूर्ण रोक लगाए पछि भारतबाट क्लिङ्कर आयात गर्न ठूलो धनराशी खर्च गर्नुपर्ने भएको हो । गत वर्षको निषेधाज्ञामा पनि सरकारले खानी सञ्चालन बन्द गरेको थियो । त्यही भएर चालू आर्थिक वर्षमा उद्योगीले ठूलो परिमाणमा क्लिङ्कर आयात गरेका थिए । आगामी आर्थिक वर्ष पनि क्लिङ्कर ल्याउनुपर्ने बाध्यता भएको नेपाल...