Thursday, September 18Nepal News Portal
Shadow

प्रमुख समाचार

राष्ट्रिपति भण्डारीद्वारा २८९ कैदीबन्दीको कैद माफी

राष्ट्रिपति भण्डारीद्वारा २८९ कैदीबन्दीको कैद माफी

ऊर्जा, निर्माण, प्रमुख समाचार, ब्यानर, विश्व
काठमाडौं, ३ असोज (सस) । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले ती कैदीको कैद भुक्तान हुन बाँकी कैद माफीमिनाहा गरेकी हुन् । नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम ४ असोजदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति उल्लेख छ । यस्तै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामदयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद सजाय र जरिवानासमेत माफी गरेको विज्ञप्तिमा उल्लेख छ।...
डा. केसीको स्वास्थ्यमा समस्या, २४सै घन्टा रेखदेख गर्न सकिने ठाउँमा सार्न आवश्यक

डा. केसीको स्वास्थ्यमा समस्या, २४सै घन्टा रेखदेख गर्न सकिने ठाउँमा सार्न आवश्यक

निर्माण, प्रमुख समाचार, विश्व
काठमाडौं, ३ असोज (सस) । सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ । उनलाई २४सै घन्टा रेखदेख गर्न सकिने सुरक्षित ठाउँमा यथाशीघ्र स्थानान्तरण गर्न चिकित्सकले सुझाएका छन् । शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाका चिकित्सक प्रवीणकुमार गिरीको टोलीले डा. केसीको स्वास्थ्य जाँच गरेको छ । चिकित्सकको टोलीले डा. केसीको स्वास्थ्य कमजोर बन्दै गएको बताएका छन् । चक्कर लाग्ने, मुटुको चाल बढेको, मांसपेशी बाउँडिने, छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने, पिसाबको मात्रामा कमी, रक्तचाप कम भइरहेको चिकित्सकको भनाइ छ । त्यस्तै, डा. केसीलाई जतिसुकै वेला पनि जटिल स्वास्थ्य समस्या आउन सक्ने डा. अनुपमंगल समालले बताए । त्यस्तै २४सै घन्टा नियमित रेखदेख गर्न सकिने ठाउँमा सार्न आवश्यक रहेको उनको भनाइ छ । शुक्रबार डा। गिरी, डा। समाल र सविना थापाको टोलीले ...
संविधान दिवसको अवसरमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

संविधान दिवसको अवसरमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

प्रमुख समाचार, ब्यानर, राजनीति
काठमाडौं, ३ असाज (सस) । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएको छ। प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। सम्बोधनमार्फत उनले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिने भएकाले विगतमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा पृथक रहने जनाइएको छ। रासस...
गत २४ घण्टामा २०२० जनामा कोरोना संक्रमण पुष्टि

गत २४ घण्टामा २०२० जनामा कोरोना संक्रमण पुष्टि

प्रमुख समाचार, ब्यानर
काठमाडौं, २ असोज (सस) । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजार २० थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ वटा पीसीआर परीक्षणमा २०२० संक्रमित भेटिएका हुन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन् र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ८७१ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ । संक्रमितमध्ये १७३ जना आईसीयूमा र ३६ जना भेन्टिलेटरमा उपचाररत छन् ।...
विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या साढे ९ लाख नाघ्यो

विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या साढे ९ लाख नाघ्यो

प्रमुख समाचार, ब्यानर
काठमाडौं, २ असोज (सस) । विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ५० हजार १३९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप पाँच हजार ४३८ जनाको मृत्यु भएको हो। सबैभन्दा बढि अमेरिकामा मृत्यु भएको छ । हालसम्म अमेरिकामा २ लाख २ हजार २१३ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटरका अनुसार हालसम्म दुई करोड २० लाख १९ हजार ४२६ जना संक्रमणमुक्त भएका छन्। संक्रमितको संख्या तीन करोड तीन लाख ३३ हजार ९०८ पुगेको छ। पछिल्लो २४ घण्टामा तीन लाख ६ हजार ६२४ जना संक्रमित थपिएका हुन् । विश्वमा सक्रिय संक्रमितको संख्या ७३ लाख ६४ हजार ३४३ छ।  ...
साउदी फर्कन नेपालीहरुलाई अनिवार्य पीसीआर रिपोर्ट र कम्पनीको अनुमति पत्र

साउदी फर्कन नेपालीहरुलाई अनिवार्य पीसीआर रिपोर्ट र कम्पनीको अनुमति पत्र

प्रमुख समाचार, ब्यानर
काठमाडौं, १ असाज (सस) । साउदी अरवले विदामा स्वदेश आएका नेपालीहरुलाई पीसीआर रिर्पोट र कम्पनीको अनुमतिपत्र अनिवार्य गरेको छ । नेपाली राजदूतावासले बिहीबार सूचना जरी गर्दै सेप्टेम्बर १५ तारिखबाट लागु हुने गरी साउदी अरबको भिसाको म्याद भएका आप्रवासी कमदार र अन्य नागरिकलाई तोकिएको मापदण्ड पुरा गरेर फर्कन यो नियम लागु गरिएको जानकारी दिएको हो । विदाबाट फर्कने वा पुनः आगमन भीसामा गएकाहरुले आफ्नो कम्पनीको आउने अनुमति दिएको कागजात अनिवार्य रुपमा प्राप्त गर्नु पर्नेछ । त्यस्तै कम्पनीले आउने अनुमति नदिदासम्म रि(इन्ट्रि भिसा भएकै आधारमा यात्रा नगर्न पनि आग्रह गरिएको छ । राजदूतावासका अनुसार नेपालीहरुले साउदी अरब आइपुग्ने अवधिको ४८ घण्टा भित्रको समय रहने गरी नेपाल सरकारका अनुमति प्राप्त स्वास्थ्य संस्था वा प्रयोगशालाबाट पीसीआर परीक्षण गरी नेगेटिभ प्रमाणपत्र अनिवार्य रुपमा बोर्डिङको समय र साउदी विमानस...
ललितपुरबाट साढे चार लाख नक्कली नोट बरामद

ललितपुरबाट साढे चार लाख नक्कली नोट बरामद

Uncategorized, ऊर्जा, प्रमुख समाचार, ब्यानर
काठमाडौं, १ असोज (सस) । ललितपुरबाट प्रहरीले चार लाख ६५ हजार रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद गरेको छ । ललितपुर–१४, ताल्छीखेलमा रहेको एक सुन पसलमा आएका ग्राहकले नक्कली नोट दिएर सुन खरिद गरेको पाइएको हो । जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी नामक पसलका सञ्चालक डम्बरबहादुर रिजालले प्रहरीलाई सूचना दिएपछि फरार व्यक्तिको खोजी थालिएको छ । प्रहरीका अनुसार ५ तोला बराबरको सुनको हार किन्ने बहानामा नक्कली नोट दिइएको थियो । खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त, सातदोबाटोबाट खटिएको टोलीले नोट बरामद गरेको जनाइएको छ । सातदोबाटोका डीएसपी मित्रबन्धु शर्मा अनुसार सुन किन्न आएका व्यक्तिले ५ लाख भनेर हजार दरको नोटको बिटो पसल सञ्चालकलाई दिएका थिए । सञ्चालकले पैसा राम्रोसँग नहेरी बिल बनाउन थालेको पाइएको उनको भनाइ छ । बिल बनाउँदै गर्दा सुन किन्न आएका व्यक्ति भने फरार भएका थिए । घटनाबारे ढिला ग...
हाल घिमिरेको अल्का अस्प्तालमा उपचार भइरहेको

हाल घिमिरेको अल्का अस्प्तालमा उपचार भइरहेको

ऊर्जा, प्रमुख समाचार
भाद्र १८, काठमाडौं । ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेका छन् । कोभिड – १९ (कोरोना भाइरस) को महामारीका बीच ड्यूटीमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट भएको हो । प्रशासनको निषेधका बीच केही युवाले मत्स्येन्द्रनाथको रथ तानेका थिए । लगत्तै लतिलपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निषेधाज्ञामा गरिएको रथ यात्रा रोक्न महागनरीय प्रहरी कार्यालय, ललितपुरलाई निर्देशन दिनु भएको थियो । त्यसक्रममा प्रहरीले भिडलाई तितरवितर पार्न पानीको फोहोरा र अश्रुग्यास हानेको थियो । त्यहीबीच कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीका जवानलाई केही युवाले निर्घाट कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियोमा घिमिरे भाग्दै गर्दा पनि भिडमा विभिन्न व्यक्तिल...
पुल्चोकमा ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट

पुल्चोकमा ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट

ऊर्जा, प्रमुख समाचार, ब्यानर
भाद्र १८, काठमाडौं । ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेका छन् । कोभिड – १९ (कोरोना भाइरस) को महामारीका बीच ड्यूटीमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट भएको हो । प्रशासनको निषेधका बीच केही युवाले मत्स्येन्द्रनाथको रथ तानेका थिए । लगत्तै लतिलपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निषेधाज्ञामा गरिएको रथ यात्रा रोक्न महागनरीय प्रहरी कार्यालय, ललितपुरलाई निर्देशन दिनु भएको थियो । त्यसक्रममा प्रहरीले भिडलाई तितरवितर पार्न पानीको फोहोरा र अश्रुग्यास हानेको थियो । त्यहीबीच कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीका जवानलाई केही युवाले निर्घाट कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियोमा घिमिरे भाग्दै गर्दा पनि भिडमा विभिन्न व्यक्तिल...
१२२८ जनामा कोरोना संक्रमण पुष्टि, ९१७ जना डिस्चार्ज