Friday, May 3Nepal News Portal
Shadow

फोटोफिचर

एकै दिन १५ ठाउँमा आगलागी, ८५ लाखभन्दा बढीको क्षति

एकै दिन १५ ठाउँमा आगलागी, ८५ लाखभन्दा बढीको क्षति

ऊर्जा, प्रमुख समाचार, फोटोफिचर, ब्यानर
काठमाडौं, ९ मंसिर (ससं) । एकै दिन देशका १५ स्थानमा भएको आगलागीमा साढे ८५ लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ। सोमबार विभिन्न स्थानमा भएको आगलागीमा उक्त क्षति भएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–२ वासिकस्थित एक टहरोमा आगलागीहुँदा ४० लाख ८५ हजार रूपैयाँ बराबरको क्षति भएको छ। रामेछाप नगरपालिका–३ साँघुटारस्थित हिमगंगा माध्यामिक विद्यालयको प्राविधिक पशु विज्ञान फर्मको कच्ची भवनमा आगलागी हुँदा २३ लाख ५ हजार ५ सय रूपैयाँको क्षति भएको छ। आगलागी हुँदा भवन पूर्ण रूपमा जली १०० वटा कुखुरा, १६ वटा हाँस र ३ वटा टर्की कुखुरसमेत जलेको जनाइएको छ। मोरङको सुनबर्सी नगरपालिका–८ विश्वकर्मा चोकस्थित दुईवटा घरमा आगलागी हुँदा अन्नपात, लत्ताकपडा र भाँडावर्तन गरी ५ लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको उल्लेख छ। सुनसरीको दुहबी नग...
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले १० वटा राँगा नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले १० वटा राँगा नियन्त्रणमा

निर्माण, फोटोफिचर, ब्यानर
काठमाडौं ९ मंसिर (ससं) । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले १० वटा राँगालाई नियन्त्रणमा लिएको छ। अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याएको भन्दै ती राँगाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सोमबार साँझ साढे ७ बजे इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले सोही नगरपालिकाको वडा नम्बर–१ डुमाईबाट ६ वटा र सोमबार साँझ नै करिब ८ बजे इलाका प्रहरी कार्यालय बहादुरगञ्ज कपिलवस्तुबाट खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नम्बर–८ देवनगडीबाट चार वटा राँगालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिइएका सबै राँगालाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय कृष्णनगर कपिलवस्तुमा पठाएको जनाएको छ। प्रहरीका अनुसार ती राँगाहरू कसले ल्याएको भन्ने खुल्न सकेको छैन ।...
हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ

हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ

प्रमुख समाचार, फोटोफिचर, ब्यानर
काठमाडौं, ९ मंसिर (ससं) । महोत्तरीको बर्दिवास नगरपालिका–१४ सुगम बस्तीकी ६ वर्षीया बालिका गुलाप्सा खातुनको हत्या आरोपमा एक युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बर्दिबासको प्रहरी टोलीले गएराति बालिकाको हत्या आरोपमा २६ वर्षीया अरूणकुमार साहलाई पक्राउ गरेको हो। उनी गौशाला नगरपालिका–५ जिरो माइलका हुन्। प्रारम्भीक अनुसन्धानको क्रममा पक्राउ परेका साहले उनको पसलमा सामान किन्न आएकी ती बालिकालाई पसलको पछाडिको कोठामा लगी तौलियाले घाँटी थिच्दा मृत्यु भएको बताएको प्रहरीले जनाएको छ। बालिकाको मृत्युपछि शव आफू सुत्ने कोठामा लगेर राखेको र सोमबार साँझ शव बोरामा हाली घर भन्दा ४० मिटर टाढा बारीमा फालेको खुलेको छ। घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार घटनापछि अरूणले गौशाला नगरपालिका–५ स्थित घरमा गइ घर परिवारलाई घटनाबारे जानकारी गराएको पाइएको छ। उनलाई बुबाले इलाका प्रहरी का...
आज १८०० ले घट्यो सुनको भाउ

आज १८०० ले घट्यो सुनको भाउ

आर्थिक गतिविधि, निर्माण, फोटोफिचर, ब्यानर
काठमाडौं, ९ मंसिर (ससं) । सुनको मूल्य एकै दिन प्रतितोला एक हजार ८०० रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएअनुसार आज एकै दिन भारी मूल्यको गिरावट आएको हो। हिजो (सोमबार) स्थिर रहेको छापावाल सुनको भाउ आज घटेर प्रतितोला ९२ हजार ५०० रूपैयाँमा पुगेको छ। हिजो छापावाल सुनको भाउ ९४ हजार ३०० रूपैयाँ प्रतितोला कायम थियो। यसैगरी आज तेजाबी सुनको मूल्य तोलाको ९२ हजार रूपैयाँ कायम भएको छ। हिजो तेजाबी सुनको मूल्य ९३ हजार ८०० रूपैयाँ थियो। महासंघले चाँदीको भाउ आजका लागि प्रतितोला एक हजार १८० रुपैयाँ तोकेको छ। हिजो चाँदीको मूल्य एक हजार २१० कायम थियो।...
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गयो

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गयो

निर्माण, फोटोफिचर, ब्यानर
काठमाडौं ८ मंसिर (ससं) । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१५ मधवलियाका २७ वर्षीय विकास चौधरी र सोही मोटरसाइकलको पछाडि सवार २० वर्षीय हरि गुरुङ्गको मृत्यु भएको हो । मोटरसाइकल बुटवल–भैरहवा सडकखण्डको भलबारीमा सोमबार अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा गम्भीर घाइते भएका दुवैजनाको क्रिमसन अस्पताल माणिग्राममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरीले बताएका छन् ।...
बजारमा सुनचाँदीको भाउ स्थिर

बजारमा सुनचाँदीको भाउ स्थिर

आर्थिक गतिविधि, प्रमुख समाचार, फोटोफिचर, ब्यानर
काठमाडौं, ८ मंसिर (ससं)। आज (सोमबार) नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार हिजोकै मूल्यमा आज सुनचाँदीको कारोबार हुने छ। जसअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ३०० रूपैयाँ छ भने तेजाबी सुनको भाउ तोलामा ९३ हजार ८०० र चाँदीको भाउ एक हजार २१० रूपैयाँ रहेको छ।...
उपत्यकामा जोर-बिजोर प्रणाली उल्लंघन गर्ने सवारी साधन नियन्त्रणमा

उपत्यकामा जोर-बिजोर प्रणाली उल्लंघन गर्ने सवारी साधन नियन्त्रणमा

निर्माण, फोटोफिचर, ब्यानर
काठमाडौं, ८ मंसिर (ससं)। काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली उल्लंघन गर्ने ६३४ सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। ट्राफिक प्रहरीले ती सवारी साधनलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। नियम उलंघन गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिँदै आएको ट्राफिक प्रहरीले हिजो ६३४ वटा जोर नम्बरका सवारीसाधनलाई नियन्त्रणमा लिएको थियो । ट्राफिक प्रहरीले आइतबार नियन्त्रणमा लिएका सवारीसाधन मध्य ४९५ वटा दुई पाङ्‍ग्रे र १३९ वटा चार पाङ्‍ग्रे रहेका छन्। काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ।...
उपत्यकामा ९५७ संक्रमित थपिए

उपत्यकामा ९५७ संक्रमित थपिए

निर्माण, फोटोफिचर, ब्यानर
काठमाडौं, ७ मंसिर (ससं)। उपत्यकामा आज ९५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको जानकारी दिएको छ। आज थपिएका संक्रमितमध्ये काठमाडौंका ७३३, भक्तपुरका ५३ र ललितपुरका १३१ जना रहेका छन्।
कोरोना भाइरसको कारण थप १६ जनाको मृत्यु

कोरोना भाइरसको कारण थप १६ जनाको मृत्यु

निर्माण, फोटोफिचर, ब्यानर
काठमाडौं, ७ मंसिर (ससं)। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ। गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत् उनीहरूको मृत्यु् भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार २२१ पुगेको छ। गत २४ घण्टामा थप एक हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २० हजार ३०८ पुगेको छ।...
आज थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि

आज थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि

फोटोफिचर, ब्यानर
काठमाडौं, ७ मंसिर (ससं) । पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ। मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ६० हजार ७५ परीक्षण गरिएका छन् । २४ घण्टामा जम्मा ८ हजार ३२ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १९ हजार ९६३ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६८६ जना रहेको छ ।...