Friday, May 3Nepal News Portal
Shadow

मनोरञ्जन

‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को विजेता करण राई

‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को विजेता करण राई

मनोरञ्जन, समाचार
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को विजेता करण राई बनेका छन् । शुक्रबार (आज) भएको ग्राण्ड फिनालेमा उनी विजेता घोषण भएसँगै नगद २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका हुन् । करणले टीम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका थिए । टीम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनरअप घोषित भएकी छिन् । यसअघि ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को विजेता टिम प्रमोदका करण गजमेर भएका थिए ।...
अक्षय कुमारलाई दोस्रो पटक कोरोना संक्रमण

अक्षय कुमारलाई दोस्रो पटक कोरोना संक्रमण

मनोरञ्जन, समाचार
काठमाडौं ।सबैको मनमा बसेका अभिनेता बलिउडका खेलाडी कुमार अर्थात लाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। उनले ट्विट गर्दै यो जानकारी दिएका हुन् । उनले ट्विट गरेर भनेका छन्, ‘म कान्स २०२२ मा भारत प्याभिलियनमा हाम्रो सिनेमाको लागि धेरै उत्साहित थिएँ, तर दुःखको कुरा मेरो कोभिड परीक्षण रिपोर्ट सकारात्मक आएको छ । त्यसैले अब म आराम गर्छु । अनुराग ठाकुर तपाईं र तपाईंको सम्पूर्ण टोलीलाई कान्सको लागि शुभकामना । जसकारण उनले अब कान्स फिल्म फेस्टिभलमा सहभागी हुन पाउने छैनन्। यस वर्ष कान्स फिल्म फेस्टिभलमा भारतलाई सम्मानित देशको रूपमा निमन्त्रणा गरिएको छ । त्यसैले अभिनेता कुमारले केन्द्रीय मन्त्री अनुराग ठाकुरसँगै भारतीय प्रतिनिधिमण्डलको रुपमा महोत्सवमा सहभागी हुने बताइएको थियो । अक्षय दोस्रो पटक कोरोनाको चपेटामा आएका हुन् । यसअघि उनलाई कोरोनाको दोस्रो लहरमा पनि संक्रमण भएको थियो । ...
नेता केशव झाले ल्याए मधेश सम्बन्धी गीत (भिडियो सहित)

नेता केशव झाले ल्याए मधेश सम्बन्धी गीत (भिडियो सहित)

मनोरञ्जन
काठमाडौं । जनता समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य केशव झाले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले मधेशलाई समेटेर ‘उठो मधेसी, जागो मधेशी’ बोलको गीत सार्वजनिक गरेका हुन्। उक्त गीतमा झाकै शव्द, संगीत र स्वर रहेको छ । गीतको रचना गर्न झण्डै ५ वर्ष लागेको झाले बताएका छन्। गीतमार्फत् उनले अधिकारका लागि मधेसी समुदाय उठ्नुपर्ने र आफूहरु पनि एक आपसमा लड्न नहुने सन्देश दिन खोजेका छन्। https://youtu.be/j-xLlDsBf1g...
रश्मिकाले जितिन ‘मोस्ट डिजाइरेबल महिला’ उपाधि

रश्मिकाले जितिन ‘मोस्ट डिजाइरेबल महिला’ उपाधि

मनोरञ्जन
काठमाडौं । रश्मिका मन्दानले २०२० को ‘मोस्ट डिजाइरेबल महिला’ उपाधि जितेकी छिन् । बैगलोर टाइम्सले उनलाई यो उपाधि दिएको हो । गत साल बैगलोर टाइम्सले रश्मिकालाई गुगलबाट नेसनल क्रस’को उपाधि दिएको थियो । कन्नड फिल्म ‘किरिक पार्टी’बाट २०१६ मा डेब्यु गरेकी रश्मिकाले छोटो समयमै तमिल फिल्ममा तहल्का मच्चाएकी थिइन् । तेलगुका सबै चर्चित हिरोसँग फिल्म खेलेकी रश्मिकामा इन्स्टामा मात्र १ करोड ज्यादा फलोअर छन् । तमिलमा भने उनले यही साल डेब्यू गरेकी हुन् । कार्थीसँगको ‘सुल्तान’ उनको तमिलमा पहिलो फिल्म थियो ।...
‘द भ्वाइस अफ नेपाल’ स्थगित

‘द भ्वाइस अफ नेपाल’ स्थगित

मनोरञ्जन
काठमाडौं । कोरोनाभाइरस (कोभिड-१९) महामारीको कारण गायन रियालिटी सो ‘ द भ्वाइस अफ नेपाल’ स्थगित भएको छ । सोले आज (शुक्रबार) एक विज्ञप्ती जारी गर्दै शुक्रबार र शनिबारका नकआउट चरणका एपिसोड प्रसारण नहुने जनाएको हो । विज्ञप्तीमा उल्लेख छ( कसैको पनि जीवन र स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो भन्ने कुरालाई प्राथमिकता दिँदै, हामी जो जहाँ छौं त्यहीँ नै सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेका छौं । यो साता कुनैपनि छायांकन र कार्यक्रम नगर्ने निर्णय गर्‍यौं ।’ परिस्थिती अनुकूल भए अर्को सातादेखि सो नियमित हुने समेत जनाइएको छ ।...
लोकराजको  ‘त्यो पर्दैन’ गित सार्वजनिक  (भिडियो सहित)

लोकराजको ‘त्यो पर्दैन’ गित सार्वजनिक (भिडियो सहित)

Uncategorized, मनोरञ्जन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तेस्रोपटक प्रधानमन्त्री पदको सपथ लिँदा ‘त्यो पर्दैन’ बोलेपछि सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म निकै ‘भाइरल’ नै बन्यो । अहिले पनि ‘त्यो पर्दैन’ सामाजिक सञ्जालमा प्रयोग भइरहेको छ । यही परिप्रेक्ष्यमा गीतका लोकराज अधिकारीले ‘त्यो पर्दैन’ लाई सापटी लिएर ‘त्यो पर्दैन’ गीत तयार पारेका छन् । जसको लिरिकल भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक योगेशकाजी, देवेन्द्र बब्लु र गायिका सारिका घिमिरेको स्वर छ । गीतमा योगेशकाजीकै संगीत, एरेञ्ज र मिक्सिङ छ । हेर्नुहोस् भिडियो  https://youtu.be/xMfMSYEJIAI  ...
‘माइतीघर २’ का निर्देशक सुवोध चोपडाको कोरोनाका कारण निधन

‘माइतीघर २’ का निर्देशक सुवोध चोपडाको कोरोनाका कारण निधन

मनोरञ्जन
काठमाडौं । चलचित्र ‘माइतीघर २’का निर्देशक सुवोध चोपडाको कोरोनाका कारण निधन भएको छ । उनको हिजो (शुक्रबार) मुम्बइमा निधन भएको निर्माता भुबन केसीले जानकारी दिएका हुन् । सुवोध चोपडाको निधन भएपछि नायक अनमोल केसीले पनि दुःख व्यक्त गरेका छन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै आफू स्तब्ध भएको बताएका छन् । सन् १९९७ देखि नै चलचित्रमा सक्रिय रहेका सुवोध स्क्रिप्ट राइटर हुन् । उनले ‘मर्डर, रोग, तुमसा नहीँ देखा’ लगायतका चलचित्रको स्क्रिप्ट लेखेका थिए । उनले, वि.सं २०२३ मा निर्माण भएको चलचित्र ‘माइतीघर’को कथालाई अगाडि बढाउँदै ‘माइतीघर २’ बनाउने तयारी गरेका थिए ।...
‘निगालीको डोको’मा गीता ढुंगाना र सुनिलको रोमान्स (भिडियो सहित)

‘निगालीको डोको’मा गीता ढुंगाना र सुनिलको रोमान्स (भिडियो सहित)

मनोरञ्जन
काठमाडौं । गायिका शान्तिश्री परियार र गायक तेजस रेग्मीको स्वर रहेको लोक गीत ‘निगालीको डोको’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत तेजस रेग्मीकै छ, भने एरेञ्ज आशिष अविरलले गरेका छन् । गीतको म्युजिक भिडियोमा गीता ढुंगाना र सुनिल क्षेत्रीको अभिनय देख्न सकिन्छ । सुनिलकै निर्देशन, दीपक गिरीको छायाँकन रहेको भिडियो अमृत चापागाइँले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो https://youtu.be/nZF0OxzOIfo  ...
सार्वजनिक भयो राजा राजेन्द्रको ‘आमा जननी’ (भिडियो सहित)

सार्वजनिक भयो राजा राजेन्द्रको ‘आमा जननी’ (भिडियो सहित)

मनोरञ्जन, हेर्न/सुन्न
काठमाडौं । हाँस्यव्यङग्य क्षेत्रमा अब्बल रहेका कलाकार राजा राजेन्द्र पोखरेलले ‘आमा जननी मेरी माता’ बोलको गीत सार्वजनिक गरेका छन् । मातातिर्थ औंसीको अवसर पारेर आमाहरुको सम्मानस्वरुप उनले यो गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक लिरिकल भिडियोमा लिफ आर्ट मार्फत आमा र सन्ताननको सम्बन्धलाई मनछुने तरिकाले प्रस्तुत गरिएको छ भने गीतमा शब्द, संगीत र आवाज राजा राजेन्द्रकै स्वर रहेको छ । गीतमा संगीत संयोजन भने दिक्षित पौडेलले गरेका छन् । गीतसँगै यसको भिडियोमा प्रयोग भएको लिफ आर्टलाई दर्शकले रुचाएका छन् । लिफ आर्टको काम बिराज भण्डारीले गरेका हुन् । भिडियोलाई संजीप श्रेष्ठले सम्पादन गरेका छन् । हेर्नुहोस् भिडियो https://youtu.be/Dk_qXIelrHI...

मिस युनिभर्स नेपाल २०२० को उपाधि २४ वर्षिया अनिष्का शर्माले जितिन्

ऊर्जा, निर्माण, मनोरञ्जन
काठमाडौं, पुस १६ (ससं) । २४ वर्षिया अनिष्का शर्माले मिस युनिभर्स नेपाल २०२० को उपाधि जितेकी छन्। राजधानीमा बुधबार आयोजित फाइनलमा अष्ट्रेलिया निवासी शर्माले सहभागी १७ प्रतिश्पर्धिलाई पछि पार्दै उपाधि हात पारेकी हुन्। उनलाई पूर्व मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले ताज लगाइदिइन् ।जितसँगै अनिष्काले १० लाख नगद र मिस युनिभर्सको अन्तराष्ट्रिय प्रतिस्पर्धामा भाग लिने मौका पाउनेछिन्। शर्माले मिस फियर्सको सब–टाइटल पनि जितिन् । मिस नेपाल अमेरिका सुजिता बस्नेतले फस्ट–रनरअपको उपाधि जितिन् । नीनाकान्त मण्डलले सेकेन्ड रनरअपको उपाधि जितिन्। न्यान्सी खड्का फोर्थ रनरअप भइन्।...