Friday, May 10Nepal News Portal
Shadow

शिक्षा/स्वास्थ्य

नरिवलको तेलबाट छालाको समस्या समाधान

नरिवलको तेलबाट छालाको समस्या समाधान

शिक्षा/स्वास्थ्य
काठमाडौं । हाम्रो भान्सा भान्सामा र घरमा नरिवलको तेल लामो समयदेखि प्रयोग हुँदै आएको छ ।नरिवलको तेल छालाका लागि निकै राम्रो मानिन्छ । यसले फुस्रो छालाको समस्याबाट छुट्कारा दिन्छ । नरिवल तेल प्राकृतिक मोइस्चराइजरको रूपमा प्रयोग गर्न सकिन्छ । नरिवल तेल खानपानदेखि लिएर सुन्दर अनुहार र बलियो कपालसम्म नरिवलको तेलको माग धेरै हुन्छ । तर, स्वास्थ्यको दृष्टिकोणले पनि यो निकै फाइदाजनक छ ।घरमै क्लिजिङ गर्न पनि नरिवलको तेल प्रयोग गर्न सकिन्छ । यसका लागि बेकिङ सोडा र नरिवलको तेलको मिश्रण बनाएर अनुहारमा लगाउँदा छाला सफा हुन्छ । त्यस्तै छालाको चाउरीपना हटाउन पनि नरिवलको तेलमा बेसार र दूध मिसाएर लगाउन सक्छौँ । नरिवलको तेलमा भिटामिन ई क्याम्पसुल मिसाएर प्रयोग गर्दा छाला चम्किलो हुन्छ । स्किनलाई हाइड्रेट राख्न पनि हामी नरिवल तेलको प्रयोग गर्न सक्छौं ।...
गर्मी महिनामा छालाको स्याहार यसरी गर्नुहोस्

गर्मी महिनामा छालाको स्याहार यसरी गर्नुहोस्

शिक्षा/स्वास्थ्य
काठमाडौं । चर्को घाम, पसिनाका कारण छाला बिग्रने समस्या अत्याधिक हुन्छ । त्यसैले गर्मी मौसम छालाका लागि उपयुक्त मानिँदैन । हामी छालालाई गर्मी मौसममा पनि उत्तिकै ताजा राख्न यी उपाय अपनाउन सक्छौं । घामको किरणले छालाको बाहिरी र भित्री भागलाई असर गर्ने भएकाले घाममा निस्कँदा छाताको प्रयोग गर्नुपर्छ । गर्मीमा धेरै पानी पिउने । गर्मीमा बाहिर निस्कदा शरीर पूरै ढाक्ने लुगा लगाउने। छाला सधैं सफा राख्ने र पुरै शरिरलाई क्लिनजरले सफा गर्ने । राम्रो मोस्चराईजरको प्रयोग गर्ने, यसले छाला सुख्खा हुनबाट बचाउँछ । शरीरमा सनस्क्रिन क्रिमको प्रयोग गर्ने । घरबाहिर आईसकेपछि गुलाब जल शरीर भरी लगाउने र बरफ पनि लगाउन सकिन्छ तर सधैं बरफको प्रयोग गर्नुहुँदैन । छाला सुख्खा हुन नदिन नरिवल पानी दिनमा एक गिलास पिउन सकिन्छ ।...
‘भिटामिन बी’ यी खानेकुरामा पाइन्छ

‘भिटामिन बी’ यी खानेकुरामा पाइन्छ

शिक्षा/स्वास्थ्य
भिटामिन बी कम्प्लेक्स पानीमा घुलनशील भिटामिन हो। स्वस्थ रहन तथा शरिरलाई सुचारु रुपमा चलाउन भिटामिन्स र माइक्रोन्यूट्रियन्टको जरुरी हुन्छ। भिटामिन बी कम्प्लेक्सको कमी भएमा स्मरण शक्ति कमजोर हुनुका साथै थकान महसूस हुने र डिप्रेशन पनि हुनसक्छ। किन चाहिन्छ भिटामिन बी कम्प्लेक्स भिटामिन बी कम्प्लेक्सले शरिरमा मोटाबलिज्म बढाउछ। मोटाबलिज्मले पोषक तत्वलाई शक्तिमा बदल्ने काम गर्छ। यसले डिएनए बनाउने काम पनि गर्छ। राता रक्तकोष निमार्ण पनि भिटामिन बी कम्प्लेक्सले गर्छ। यसले शरिरको बिभिन्न भागका लागि प्रोटीन बनाउने काम पनि गर्छ। भिटामिन बी को कमी भएमा के हुन्छ? हातखुट्टा झमझम गर्ने हातखुट्टा पोल्ने स्मरण शक्ति हराउँने कमजोरी महसूस हुने थकान डिप्रेशन भिटामिन बी कम्प्लेक्सको स्रोत मासुजन्य पदार्थ दूधजन्य पदार्थ (दूध, दही,पनीर, चीज आदी) जमिन भित्र फल्ने फल (आलू, गाजर, मूला, सलगम, तरुल...
त्रिविले हप्तामा २ पटक बिदा नदिने

त्रिविले हप्तामा २ पटक बिदा नदिने

प्रदेश, प्रदेश १, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक संस्थाहरुमा पनि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्ने बताएको छ । कोभिडका असरका कारणले शैक्षिक सत्र ढिलो भएको र पठनपाठन कार्य तथा परीक्षाका तालिकाहरू पहिले नै निर्धारण भइसकेको लगायत कारण देखाउँदै हप्तामा दुई दिन बिदा नदिने त्रिविले बताएको हो । विश्वविद्यालयले आज एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि साबिकबमोजिम नै आइतबार समेत विश्वविद्यालयमा पढाइ सञ्चालन हुने जानकारी गराएको छ । जारी सुचनामा भनिएको छ,‘विश्वविद्यालयको पाठ्यक्रमको संरचनासमेत ६ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा विद्यार्थीहरूको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवा लगायत अन्य सेवाहरूलाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक भएकोले अर्को सूचना जारी नभएसम्मका लागि साबिक बमोजिम नै आइतबार समेत विश्वविद्यालयका सेवाहरू स...
प्रा.वि तह शिक्षकको नतिजा सार्वजनिक

प्रा.वि तह शिक्षकको नतिजा सार्वजनिक

प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
काठमाडौं । प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको सामान्य तर्फको परीक्षाको नतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले १९ चैतमा १३ हजार २९७ रिक्त पदका लागि सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक भएको हो । उत्त परिक्षामा भएका १ लाख २ हजार ६५८ सहभागी मध्ये १९ हजार ३८५ जना उत्तीर्ण भएका छन् । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश १ मा २१ हजार ४६६ जना सहभागी मध्ये ४ हजार २४७ जना, मधेश प्रदेशमा १० हजार १०९ जना सहभागी मध्ये ९५२ जना, बागमती प्रदेशमा १७ हजार २२३ जना मध्ये ३ हजार ७८९ जना उतीर्ण भएका छन् । यस्तै, गण्डकी प्रदेश १५ हजार ७९७ सहभागी मध्ये ३ हजार ६०६ जना, लुम्बिनी प्रदेशमा १६ हजार ९९६ जना मध्ये ३ हजार ४६८ जना, कर्णाली प्रदेशमा ८ हजार २२१ जना मध्ये १ हजार १९१ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८४६ मध्ये २ हजार १३२ जना उत्तीर्ण भएका छन् ।  ...
एकैदिन ६,८२७ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

एकैदिन ६,८२७ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

ब्यानर, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं। पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १० जनाको मृत्यु भएको छ । १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ४३५ जना कोरोना संक्रमण मुक्त भएका हुन। शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६८ हजार ९३२ पुगेको छ । यस्तै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ भने ८ लाख ४२ हजार ४३६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८९ हजार ९४१ सक्रिय संक्रमित रहेकामध्ये ८८ हजार ८४ जना होम आइसोलेसनमा र १ हजार ८५७ जना संस्थागत आइसोलेसनमा रहेको जनाएको छ। यसैगरी कोरोनाका बिरामीमध्ये २५६ जना आईसीयू र ४५ जना भे...
अनलाइनमार्फत पठनपाठन गराउन महानगरपालिकाको निर्देशन

अनलाइनमार्फत पठनपाठन गराउन महानगरपालिकाको निर्देशन

प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस (कोभिड- १९) सङ्क्रमण बढिरहेकाले तत्काल सबै विद्यालयहरु वैकल्पिक माध्यम (अनलाइन) बाट कक्षा सञ्चालन गर्न महानगरपालिकाका विद्यालयलाई निर्देशन दिएको छ । यहाँका केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । कोभिड- १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, कामपा शिक्षा विभागको निर्देशनलाई समेत बेवास्ता गरेको भन्दै कामपा शिक्षा विभागले सूचना जारी गर्दै भौतिकरुपमा कक्षा सञ्चालन भएको पठनपाठनलाई तत्काल बन्द गर्न निर्देशन दिएको हो । पुनःनिर्देशनको बेवास्था गरी विद्यार्थीको भौतिक सहभागितामा गतिविधि अघि बढाए कामपा कारबाही गर्न बाध्य हुने  बताइएको छ ।  ...
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका परीक्षा स्थगित

ब्यानर, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत सञ्चालनमा रहेका सबै परीक्षा स्थगित भएका छन् । बिहीवार परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले हाल सञ्चालनमा रहेका वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरेको जानकारी दिइएको छ । यद्यपि, शुक्रवार र शनिवार हुने प्रवेश परीक्षा भने यथावत रहने छ । तीन वर्षे एलएलबीको तेस्रो वर्षको माघ १० गतेदेखि र १३ गतेदेखि पहिलो वर्षको परीक्षा लिने तयारी त्रिविले गरेको थियो । ओमिक्रोन भेरियन्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापक समेत संक्रमित भएका कारण त्रिविले परीक्षा स्थगित गरेको सूचनामा उल्लेख छ । ...
पुस २७ गतेदेखि विद्यालय बन्द

पुस २७ गतेदेखि विद्यालय बन्द

प्रमुख समाचार, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं । सरकारले भोली पुस २७ गतेदेखि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस २७ देखि माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार तीब्ररुपमा फैलिएको ओम्रिकोन भेरियन्टको संक्रमणको समेत पुष्टि भएको भन्दै विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा बचावटको विषयलाई विशेष ध्यान दिँदै देशभरका सबै आधारभुत तथा माध्यमिक विद्यालयहरुमा बार्षिक बिदामा मिलान हुने गरी पुस २७ देखि १५ गतेसम्मको विदा दिने निर्णय गरेको छ । उक्त अवधिमा १२ देखि १७ वर्षसम्म उमेर समूहका विद्यार्थीहरुलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकी मार्फत खोप लगाउन भनेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ‘विदाको अवधिमा सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउनू’ भनेको छ ।...
२४ घण्टामा थप ५३३ जनामा कोरोना संक्रमण

२४ घण्टामा थप ५३३ जनामा कोरोना संक्रमण

शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५३३ जनामा कोरोना संक्रमण पुष्‍टि भएको हो । गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ भने ४९० जना निको भएका छन् ।  ...