Monday, May 20Nepal News Portal
Shadow

शिक्षा/स्वास्थ्य

डोटी, अछाम र बाजुरामा औषधि अभाव

डोटी, अछाम र बाजुरामा औषधि अभाव

प्रमुख समाचार, ब्यानर, शिक्षा/स्वास्थ्य
काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्लामा एक हप्तादेखि औषधिको अभाव देखिएको छ । बाढीपहिराले राजमार्ग बगाउनाका साथै अत्यावश्यक सामग्रीहरु औषधि ढुवानी गर्न नसकेका कारण जिल्ला लगायतका अछाम र बाजुरामा औषधिको अभाव भएको छ । यहाँका पहाडी जिल्लाका अस्पतालमा औषधि ढुवानीका लागि पहल भइरहे पनि कतिपय ठाउँमा अझै अबरुद्ध सडक सञ्चालन नभएका कारण ढुवानीका लागि समस्या हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । जिल्ला अस्पताल डोटीका चिकित्सक प्रकाश ठकुल्लाले सडक अबरुद्ध भएपछि अस्पतालमा औषधि अभाव भएको जानकारी दिए । उनले भने, “अस्पतालको फार्मेसीमा औषधि सकिएको छ, निजी मेडिकलमा पनि छैन भन्ने आएको छ, अबको एकरदुई दिनमै ढुवानी नभए औषधिको समस्या हुने देखिन्छ ।” जिल्लामा रहेका सरकारी अस्पतालसँगै निजी अस्पतालको अवस्था पनि उस्तै रहेको छ । पचास शय्याको सुजङ अस्पताल राजपुरमा पनि दुई ...
१० लाख डोज खोप चीनबाट नेपाल आइपुग्यो

१० लाख डोज खोप चीनबाट नेपाल आइपुग्यो

प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
काठमाडौं । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आएको छ । बुधबार (आज) बिहान ९ बजे उक्त खोप नेपाल आइपíेको हो । स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख स्रोतका अनुसार नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौँता गरेको छ । सोही सम्झौँताको पहिलो लट आज आएको हो ।...
एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि लगाइँदै

एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि लगाइँदै

शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा मंगलबार (आज) देखि काठमाडौं जिल्लामा लगाइँदैछ । काठमाडौं महानगरपालिका तथा कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिका १८ वर्षमाथिकालाई दोस्रो मात्रा दिन लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले काठमाडौं महानगरमा नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रिरोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट खोप लगाइने जानकारी दिएको छ । यी अस्पतालमा आज र भोली खोप दिइनेछ भने बाँकी स्थानीय तहमा तीनदिनसम्म खोप लगाउन पाइनेछ। काठमाडौं महानगरको हकमा १० कात्तिक सबै वडामा खोप केन्द्र सञ्चालन हुनेछ । खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन पनि स्वास्थ्य कार्यालयले आग्रह गरे...
देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
काठमाडौं । देशभर आइतबार (आज) र सोमबार (भोली) ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज र भोली देशभरका ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइनेछ । सरकारले देशभरका प्रत्येक वडामा तोकिएका खोप केन्द्रमा आफ्ना बालबालिकालाई लगेर भिटामिन ए र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ ।...
रामशरण थपलियाले पाए त्रिविबाट विद्यावारिधी उपाधि

रामशरण थपलियाले पाए त्रिविबाट विद्यावारिधी उपाधि

शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामशरण थपलियाले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन् । थपलियाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र अन्तर्गत “The Role of Nepali political parties in democracy Building” विषयमा (पीएचडी) उपाधि हासिल गरेका हुन् । उनले प्रस्तुत गरेको शोध प्रबन्धलाई त्रिभुवन विश्वविद्यालयको रिसर्च कमिटीले आइतबार स्वीकार गरेको हो । सो अवसरमा उनले पर्यवेक्षक, सह–पर्यवेक्षक, रेक्टर, डिन लगायत शोध तयार गर्दा सहयोग गर्ने सबैलाई विशेष आभार प्रकट गरेका छन् । उनी कांग्रेसको काठमाडौं क्षेत्र नं ७ अन्तर्गत वडा नं १६ का निर्वाचिन क्षेत्रीय प्रतिनिधि हुन ।  ...
भरतपुर अस्पतालमा अढाई करोडको निःशुल्क उपचार

भरतपुर अस्पतालमा अढाई करोडको निःशुल्क उपचार

प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
काठमाडौं चितवनमा रहेको भरतपुर अस्पतालले एक वर्षमा अढाई करोड रुपैयाँ भन्दा बढीको निशुल्क उपचार गरेको छ । विपन्‍न नागरिकको उपचार, सामाजिक सेवा तथा गरिब परिवारलाई निःशुल्क उपचार कार्यक्रम अन्तर्गत २ करोड ६६ लाख ९२ हजार ९१४ रुपैयाँ बराबरको उपचार गरेको हो । अस्पतालमा १ हजार ७५१ जनाले सेवा लिएका थिए । अस्पतालले सामाजिक सेवा इकाईबाट साउन र भदौ महिनामा उपचारबापत २७ लाख ७१ हजार ९०१ रुपैयाँ खर्च गरेको हो । जसमा ११५६ जना नागरिकले सेवा लिएका थिए । पुरुष ५५२ र महिला ६०२ जना रहेका थिए । त्यसैगरी गरीब तथा विपन्न परिवारको आकस्मिक उपचार खर्चमा ४११ जनालाई १२ लाख ४६ हजार ११३ रुपैयाँ बराबरको सेवा प्रदान गरेको छ भने एक वर्षको अन्तरालमा स्पाइनल इन्जुरीका २६ बिरामीले सेवा लिएका थिए । जस अन्तर्गत ८ लाख २९ हजार ९०० रुपैयाँ बराबरको सेवा लिएका थिए । १५८ जनाको पनि डायलासिस गरिएको थियो । २ करोड १८ लाख ४५ हजार र...
आज विश्व मुटु दिवस, विभिन्न कार्यक्रम आयोजना गरी मनाइदै

आज विश्व मुटु दिवस, विभिन्न कार्यक्रम आयोजना गरी मनाइदै

प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
काठमाडौं । आज विश्व मुटु दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाईंदैछ । सन् २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि अहिले सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउन लागिएको हो । नेपालमा पनि मुटुरोगका बिरामी अत्याधिक बढदै गएका कारण बिभिन्न चेतनामुलक कार्यक्रम गरी मुटु दिवस मनाइने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा एक करोड ४६ लाख मानिसको मृत्यु मुटुरोगबाट हुने गरेको पाइएको छ । नेपालमा बर्सेनि ३० हजार व्यक्तिको मुटु रोगका कारण मृत्यु हुने गरेको मुटु रोग विषेशज्ञ डा. भगवान कोरालाले बताए । डा. कोइरालाका अनुसार उच्च रक्तचापका कारण युवावस्थामै हृदयघातको समस्या देखिन थालेको छ । स्वास्थ्य जनसांख्यिक सर्वेक्षण २०१६ को तथ्यांक अनुसार २३.४ पुरुषमा र १६.८ प्रतिशत महिलामा हृदयघातका सम...
थप १४७८ जनामा कोरोना संक्रमण पुष्टि

थप १४७८ जनामा कोरोना संक्रमण पुष्टि

प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १४७८ जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटी पीसीआर परिक्षण गर्दा १२५१ जना र एन्टिजन परिक्षण गर्दा २२७ जना गरि जम्मा १४७८ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा १६३० जना कोरोनामुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९ रहेको छ ।  ...
थप १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि

थप १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि

प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३ ० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६ सय २२ वटा नमुनाको परीक्षण गर्दा १ हजार ३३० जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ८३० जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
लोक सेवा आयोगको परिक्षा स्थगित

लोक सेवा आयोगको परिक्षा स्थगित

शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं । लोक सेवा आयोगले लिने तयारी गरेको नायब सुब्बा (ना.सु) को लिखित परीक्षा स्थगित भएको छ । शुक्रबार (एक सूचना जारी गर्दै आयोगले एकिकृत परीक्षा प्रणाली अन्तगत राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको लिखित परीक्षा स्थगित गरेको हो । उक्त परीक्षा असोज ९ गतेबाट सञ्चालन हुने सूचना जारी गरिएको थियो । आयोगले अर्को सूचना जारी नभएसम्मका लागि धनकुटा, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत, दिपायल र जलेश्वरबाट लिइने लिखित परीक्षा स्थगित भएको बताएको छ ।...