Monday, May 20Nepal News Portal
Shadow

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका परीक्षा स्थगित


काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत सञ्चालनमा रहेका सबै परीक्षा स्थगित भएका छन् । बिहीवार परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले हाल सञ्चालनमा रहेका वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरेको जानकारी दिइएको छ । यद्यपि, शुक्रवार र शनिवार हुने प्रवेश परीक्षा भने यथावत रहने छ ।

तीन वर्षे एलएलबीको तेस्रो वर्षको माघ १० गतेदेखि र १३ गतेदेखि पहिलो वर्षको परीक्षा लिने तयारी त्रिविले गरेको थियो ।

ओमिक्रोन भेरियन्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापक समेत संक्रमित भएका कारण त्रिविले परीक्षा स्थगित गरेको सूचनामा उल्लेख छ ।

No description available.

Total Page Visits: 688 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्