Sunday, April 28Nepal News Portal
Shadow

नाडाको अध्यक्षमा करण चौधरी


नाडाको अध्यक्षमा करण चौधरी – Nepal Views
काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)को अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन भएका छन् ।

मंगलबार नाडाका पदाधिकारीसहितको बैठकले चौधरीलाई पूर्ण कार्यकालका लागि अध्यक्ष बनाउने सहमति गरेको नाडाका वर्तमान महासचिव सुरेन्द्रकुमार उप्रेतीले जनाएका छन् ।

नाडाका वर्तमान अध्यक्ष ध्रुव थापा र उपाध्यक्ष निराकार श्रेष्ठले पनि दुईवर्षे पूर्ण कार्यकालका लागि चौधरीलाई सर्वसम्मतरूपमा अध्यक्षमा चयन गरिएको बताएका छन् ।

चौधरी सीजी होल्डिङ्सका कार्यकारी निर्देशक हुन् । उनलाई प्रतिस्पर्धी गोल्छा ग्रुपका आकाश गोल्छा र सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले समर्थन गरेका हुन् ।

अध्यक्ष सर्वसम्मत भएपछि अब २४ जना केन्द्रीय कार्य समिति सदस्य छानिने छन् । ती सदस्यले उपाध्यक्षलगायत पदाधिकारी छान्ने छन् । नाडाको ४७ औं साधारणसभा आगामी पुस २० र २१ गते हुँदैछ ।

Total Page Visits: 127 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्