काठमाडौं । भित्री वस्त्र ‘ब्रा’ महिलाहरुले प्रयोग गर्ने गर्दछन् । सुन्दा अचम्म लाग्छ तर संसारमा एउटा यस्तो पनि ठाउँ छ, जहाँ ब्रा गाईलाई लगाइन्छ । यो कुनै चलन नभएर बाध्यता हो ।
साइबेरिया भीषण चिसोबाट बच्नको लागि याकुटियाको ओम्याकन गाउँका मानिस आफ्ना गाईलाई उनबाट बनेको ब्रा लगाइदिने गर्दछन् । यसबाट गाईको थुनमा दूध जम्ने समस्याबाट बच्ने उनीहरुको तर्क छ ।
ओम्याकन संसारकै सबैभन्दा चिसो ठाउँमध्येको एक हो । त्यहाँको तापक्रम माइनस ४५ डिग्रीसम्म हुन्छ । जसबाट बच्न अफ्ठेरो महशुस हुन्छ ।