Monday, May 20Nepal News Portal
Shadow

आर्थिक गतिविधि

चन्द्रागिरि हिल्सले आगामी २४ गतेदेखि आईपीओ निष्कासन गर्ने

चन्द्रागिरि हिल्सले आगामी २४ गतेदेखि आईपीओ निष्कासन गर्ने

आर्थिक गतिविधि, निर्माण, ब्यानर
काठमाडौं, १७ पुस (ससं) । चन्द्रागिरि हिल्स लिमिटेडले आगामी २४ गतेदेखि साधारण शेयर (आईपीओ) विक्री खुला गर्ने भएको छ । कम्पनीले निष्कासन गर्न लागेको प्रतिकित्ता रु. १०० अंकित आईपीओमा सर्वधारणले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने छ । कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता शेयर मध्ये ४ प्रतिशत कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरी बाँकी रहेको १३ लाख ९६ हजार ४४ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिने भएको हो । उक्त आईपीओमा पुस २४ गतेदेखि छिटोमा पुस २८ गतेसम्म र ढिलोमा माघ १० गतेसम्म आवेदन दिन सकिने छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। उक्त आईपीओले ईक्रा नेपालबाट ईक्रा एनपी आई आर डबल बी रेटिङ प्राप्त गरेको छ । कम्पनीले यस अघी नै प्रभावित क्षेत्रका सर्वसाधारणलाई आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ । &...
कुमारी बैंकका ग्राहलाई फ्रेन्च बेकरीमा छुट

कुमारी बैंकका ग्राहलाई फ्रेन्च बेकरीमा छुट

आर्थिक गतिविधि, निर्माण
काठमाडौं, १६ पुस (ससं) । कुमारी बैंक लिमिटेडले फ्रेन्च बेकरीसँग बेकरीले दिने सेवाहरुमा छुट सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतासँगै कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले १२ प्रतिशतसम्म छुट पाउँने भएका छन् । सम्झौतापत्रमा बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य र फ्रेन्च बेकरीका निर्देशक बुद्ध श्रेष्ठले हस्ताक्षर गरेका हुन् । हाल कुमारी बैंकले १९२ शाखा सञ्जाल, १५२ एटीएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।...
नेप्से परिसूचक २०८७.२७ विन्दुमा, ५ अर्ब ७० करोड बढीको शेयर कारोबार

नेप्से परिसूचक २०८७.२७ विन्दुमा, ५ अर्ब ७० करोड बढीको शेयर कारोबार

आर्थिक गतिविधि, निर्माण
काठमाडौं, १६ पुस (ससं) । बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ । आज नेप्से परिसूचक २५.२१ अंक वृद्धि भई २०८७.२७ विन्दुमा रोकिएको हो । त्यस्तै २०७ कम्पनीको १ करोड १४ लाख ६४ हजार २०० कित्ता शेयर ५ अर्ब ७० करोड ३४ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज सर्वाधिक शेयर मूल्य वृद्धि साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । यो कम्पनीको प्रतिशेयर मूल्य ६ हजार २८१ रुपैयाँ कायम भएको छ । त्यस्तै सर्वाधिक मूल्यको शेयर खदिर विक्री हिमालयन डिष्टिलरी लिमिटेडको भएको छ । यो कम्पनीको ४६ करोड ८८ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको प्रतिशेयर मूल्य ५ हजार २८० रुपैयाँ कायम भएको छ । आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य १७ रुपैयाँ घटेको छ । यो बैैंकको प्रतिशेयर मूल्य ४३३ रुपैयाँ का...
कोरोना महामारीका कारण अस्ट्रिच मासु उद्योगलाई ५ करोड भन्दा बढी नोक्सान

कोरोना महामारीका कारण अस्ट्रिच मासु उद्योगलाई ५ करोड भन्दा बढी नोक्सान

आर्थिक गतिविधि, निर्माण
काठमाडौं, पुस १६ (ससं) । कोरोना महामारीका कारण लामो समय होटेल-रेष्टुेन्ट व्यवसाय बन्द हुँदा अस्ट्रिच चरा पालन र मासु उत्पादन गर्ने नेपालकै एकमात्र उद्योग अस्ट्रिच नेपाल प्रालिले पाँच करोड रुपैयाँ बढी नोक्सानी ब्यहोरेको छ । प्रालिले रुपन्देहीको तिलोत्तमा मधवलियामा २२ बिघा क्षेत्रफलमा चार हजार बढी अस्ट्रिच चरा पालेको छ । फार्ममा बैंकहरुको मात्र डेढ अर्ब बढी लगानी भएको छ । लकडाउनले होटेल-रेष्टुेन्ट नखुल्दा मासु उत्पादन र बिक्री गर्न नपाउँदा ६ महिनाको अवधिमा पाँच करोड बढी नोक्सानी ब्यहोर्नुपरेको हो । प्रालिले उत्पादन गर्ने मासुको अधिकांश हिस्सा पर्यटक स्तरका होटेलमा खपत हुने गर्छ । मासु बिक्री नभएपछि मासु उत्पादनका लागि तयार भएका अस्ट्रिचलाई दाना खुवाएर पाल्नुपर्दा थप नोक्सानी भएको हो। अस्ट्रिचको मासु हाडसहितको प्रतिकिलो १४ सय ५० र हाडरहित प्रतिकिलो १९ सय ५० रुपैयाँ मूल्यमा बिक्री ...
सायपत्री हाइड्रोपावरको विशेष साधारणसभा माघ ४ मा

सायपत्री हाइड्रोपावरको विशेष साधारणसभा माघ ४ मा

आर्थिक गतिविधि, निर्माण
काठमाडौं, १६ पुस (ससं) । सयपत्री हाइड्रोपावर लिमिटेडले पहिलो विशेष साधारणसभा आगामी माघ ४ गते आइतवार गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको गत मंगलबार बसेको बैठकले आगामी ४ गते अपरान्ह्र १ बजे उक्त सभा आयोजना गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, चावहिलमा हुने बताइएको छ । सभाले एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।...
एनसीसी बैंकको २३ औं वार्षिक साधारणसभा माघ ९ गने हुने

एनसीसी बैंकको २३ औं वार्षिक साधारणसभा माघ ९ गने हुने

आर्थिक गतिविधि, निर्माण
काठमाडौं, १६ पुस (ससं) । एनसीसी बैंकको २३ औं वार्षिक साधारणसभा आगामी माघ ९ गते शुक्रवार हुने भएको छ । बैंकको सञ्चालक समितिको पुस १५ गते बसेको बैठकले उक्त साधारणसभा बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजे आयोजना गर्ने निर्णय गरेको हो । सभा भर्चुअल माध्यमबाट अमायोजना गरिने भएकाले उक्त सभामा छलफल गर्ने व्यवस्था गरिएने बैंकले जनाएको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को चुक्तापूँजीको १०.२७ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने वा एकआपसमा गाभ्ने/गाभिने प्रयोजनका लागि उपयुक्त बैंक वा वित्तीय संस्थाको पहिचान र छनोट गर्ने र समझदारीपत्रमा हस्ताक्षर गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ । साधारणसभा प्रयोजनको लागि पुस २१ गतेदेखि एक दिन शेयर दाखिल ...
नेप्से परिसूचक ४९.१७ अंकले वृद्धि, ४ अर्ब ४४ करोड रुपैयाँको शेयर कारोबार

नेप्से परिसूचक ४९.१७ अंकले वृद्धि, ४ अर्ब ४४ करोड रुपैयाँको शेयर कारोबार

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं, १५ पुस (ससं) । बुधबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएर बन्द भएको छ । आज नेप्से परिसूचक ४९.१७ अंक वृद्धि भएर २०६२.०६ विन्दुमा रोकिएको छ । परिसूचक हिजो २०१२.८९ विन्दुमा थियो । बजार खुलेदेखि उकालो लागेको थियो । २०८ कम्पनीको ९९ लाख १० हजार ३ कित्ता शेयर ४ अर्ब ४४ करोड ६२ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेड, नागरिक लगानी कोष र हिमालयन डिष्टिलरी लिमिटेडको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । साल्ट ट्रेडिङ्गको प्रतिशेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने नागरिक लगानी कोषको शेयर मूल्य ९.९९ प्रतिशत र हिमालयन डिष्टिलरीको शेयर मूल्य पनि ९.९९ प्रतिशतले वृद्धि भएको छ । साल्ट ट्रेडिङ्गको प्रतिशेयर मूल्य ५ हजार ७१० रुपैयाँ, नागरिक लगानी कोषको ३ हजार ३६८ रुपैयाँ र हिमालयन डिष्टिलरीको ५ हजार ९८ रुपैयाँ कायम भएको छ । त्यस्तै सर्वाधिक मूल्यको श...
सुनको भाउ तोलामा १०० ले बढ्यो

सुनको भाउ तोलामा १०० ले बढ्यो

आर्थिक गतिविधि, प्रमुख समाचार, ब्यानर
काठमाडौं, पुस १५ (ससं)। हिजो मंगलबार प्रतितोला ८०० रूपैयाँले घटेको सुनको भाउ आज बुधबार तोलामा १०० रूपैयाँले बढेको छ। जसअनुसार आज सुनको भाउ प्रतितोला ९४ हजार २०० रूपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउमा आज तोलामा सामान्य वृद्धि आएको हो। महासंघका अनुसार आज तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ७०० रूपैयाँ कायम भएको छ। सुनको भाउ तोलामा १०० रूपैयाँले बढेको दिन आज चाँदीको भाउ पनि उकालो लागेको छ। हिजो तोलामा एक हजार ३०० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ३०५ रूपैयाँ तोकिएको छ।...
तोलामा ८०० ले घट्यो सुनको मूल्य

तोलामा ८०० ले घट्यो सुनको मूल्य

आर्थिक गतिविधि, प्रमुख समाचार, ब्यानर
काठमाडौं, पुस १४ (ससं) । सुनको भाउ आज मंगलबार ८०० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएको बताएको छ। महासंघका अनुसार हिजो ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एकै दिन ८०० ले घटेको छ भने आज तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ६०० रुपैयाँ तोकिएको छ। सुनको मूल्य ओरालो लागेसँगै चाँदीको भाउ पनि घटेको छ। हिजो प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज एक हजार ३०० रुपैयाँमा किनबेच भइरहेको महासंघले बताएको छ।...
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर आईपीओे आउने पक्का

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर आईपीओे आउने पक्का

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं, पुस १२ (ससं)। नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर आईपीओे आउने पक्का भएको छ। नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै कम्पनीको आईपीओे आउने पक्का भएको हो। बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता आईपीओे निष्कासन गर्ने अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो। सोहीअनुसार बोर्डले यही पुस १० गते निष्कासनको अनुमति दिएको जानकारी दिएको छ। बैंकले ल्याउन लागेको आईपीओे नेपाली पुँजी बजार इतिहासको सबैभन्दा ठूलो हो। नेपालको पुँजी बजारमा अहिलेसम्म कुनै पनि कम्पनीले एक्लैले ८ करोड कित्ता आईपीओे जारी गरेका थिएनन्। इन्फ्रास्ट्रक्चर बैंकले आईपीओे जारी गरेपछि कम्पनीको चुक्ता पुँजी २० अर्ब रूपैयाँ पुग्ने छ। हाल कम्पनीमा प्रोमोटोर सेयर १२ अर्ब रूपैयाँ छ।...