Monday, May 20Nepal News Portal
Shadow

आर्थिक गतिविधि

बाजेको सेकुवामा कस्मोपोलिटियन सेफ कुमार चालिसेको प्रवेश

बाजेको सेकुवामा कस्मोपोलिटियन सेफ कुमार चालिसेको प्रवेश

आर्थिक गतिविधि, निर्माण, पर्यटन
काठमाडौं, १८ असोज (ससं) । बाजेको सेकुवामा “प्रथम नेपाली कस्मोपोलिटियन सेफ अवार्ड”बाट सम्मानित कुमार चालिसे आवद्ध भएका छन् । २२ वर्षदेखि खाना तथा आतिथ्य क्षेत्रमा अनवरत रुपमा योगदान पु¥याउँदै आएका चालिसे असोज १५ गतेदेखि बाजेको सेकुवामा आवद्ध भएका हुन् । बाजेको सेकुवालाई प्रतिनिधित्व गर्दै सन् २०१३ मा मकाउमा आयोजित खाना महोत्सवमा सेफ चालिसे “उत्कृष्ट प्रदर्शन अवार्ड”बाट सम्मानित भएका थिए । नेपालमा पनि उनि सन् २०१७ मा “उत्कृष्ट सेफ अवार्ड”बाट सम्मानित भएका थिए । मौलिक नेपाली खानालाई विश्वसामु परिचित गराउने लक्ष्यसहित उनले जापान, मलेसिया, बर्मा, सिंगापुर, हङ्कङ, इरान, पाकिस्तान, दुवइ, कतार, मकाउ, रसिया, बेलायत, स्विजरल्यान्ड, जर्मनी, फ्रान्स, स्पेन आदिको भ्रमणसमेत गरेका छन् । उनले अष्ट्रेलिया तथा स्विजरल्यान्डबाट खाना बनाउँने तथा आतिथ्य सत्कारसम्बन्धी तालिमहरु पनि लिएका छन् । विगतमा पनि...
३ अर्ब १७ करोडको शेयर कारोबार हुँदा सर्वाधिक खरिद विक्री शिवम् सिमेन्टको

३ अर्ब १७ करोडको शेयर कारोबार हुँदा सर्वाधिक खरिद विक्री शिवम् सिमेन्टको

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं, १८ असोज (ससं) । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.७१ अंक वृृद्धि भई १५८५.७६ विन्दुमा रोकिएको छ । आज परिसूचकसँगै कारोबार रकमा पनि वृद्धि भएको हो । आज १९५ कम्पनीको ४५ हजार ७६३ पटकको कारोबारमा एक करोड ७ लाख १३ हजार ७६३ कित्ता शेयर ३ अर्ब १७ करोड ८८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । आज सर्वाधिक शेयर मूल्य वृद्धि कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको भएको छ । यो बैंकको प्रतिशेयर मूल्य ९.८४ प्रतशित वृद्धि भएको छ । कर्पाेरेटको आज अन्तिम शेयर मूल्य २०१ रुपैयाँ कायम भएको छ । त्यस्तै आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री शिवम् सिमेण्ट लिमिटेडको भएको छ । यो कम्पनीको २६ करोड १७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको आज प्रतिशेयर मूल्य ८२९ रुपैयाँ कायम भएको छ । त्यसैगरी नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १९ करोड १५ लाख रपैयाँभन्दा बढीको शेयर खरिद ...
नेपालमा उत्पादित कोरोनाविरुद्धको औषधि फ्याबिपिराभेलको क्लिनिकल ट्रायल हुने

नेपालमा उत्पादित कोरोनाविरुद्धको औषधि फ्याबिपिराभेलको क्लिनिकल ट्रायल हुने

आर्थिक गतिविधि, प्रमुख समाचार, ब्यानर
काठमाडौं, १६ असोज (ससं) । कोरोना भाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ। नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड-१९ को लागि क्लिनिकल ट्रायल गर्न लागिएको बताएको छ। कोभिडसँग मिल्दो भाइरसका लागि जापान, चीन, रसिया लगायतका देशमा प्रयोग भइरहेको फ्याबिपिराभेल नामक औषधिलाई कोभिड १९ को लागि पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न लागिएको बताइएको छ । औषधि उत्पादन गरेको कम्पनीले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेपछि क्लिनिकल ट्रायल गरी अध्ययन गर्न परिषद्लाई मन्त्रालयले स्वीकृति दिएको छ । उक्त औषधिको सबै मापदण्ड, डिजाइन र औषधि व्यवस्था विभागको स्वीकृति हेर्दा भाइरसको लागि प्रयोग गर्ने भन्ने छ र उक्त औषधिलाई कोभिड १९ को लागि क्लिनिकल अध्ययन गर्ने हिसाबले प्रयोग गर्न लागिएको हो । यसबाहेक नेपाल मै उत्...
उद्योग वाणिज्य महासंघको चुनाव आगामी मंसिर ११ र १२ मा हुने

उद्योग वाणिज्य महासंघको चुनाव आगामी मंसिर ११ र १२ मा हुने

आर्थिक गतिविधि, ऊर्जा, ब्यानर
काठमाडौं, १६ असोज (ससं) । नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचन आउँदो मङ्सिर ११ र १२ गते काठमाडौं हुने भएको छ । गएको चैतमा हुनुपर्ने चुनाव कोरोना भाइरसका कारणबाट तीन–तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन । महासंघको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले ५४ औं वार्षिक साधारण सभा तथा चुनावको मिति तोकेको हो । यसअघि बसेको महासंघको कार्यकारिणी समितिले साधारण सभा तथा चुनावसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो । त्यो कार्यदलले महासङ्घको साधारण सभा भर्चुअल्ली र चुनावका कार्यक्रमहरु काठमाण्डौमा गर्नका लागि सिफारिस गरेको थियो । त्यसपछि बसेको पदाधिकारीको बैठकले मङ्सिर ११ र १२ लाई साधारण सभा तथा चुनावको मिति सिफारिस गरी नेपाल सरकारबाट समेत अनुमति लिइसकेको छ । नेपाल सरकारबाट अनुमति लिँदा स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पूरा गर्ने र अब...
खोटाङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत दुई करोडभन्दा बढीको कृषि कार्यक्रम सञ्चालन गरिने

खोटाङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत दुई करोडभन्दा बढीको कृषि कार्यक्रम सञ्चालन गरिने

आर्थिक गतिविधि, कृषि तथा वन, निर्माण
खोटाङ, १५ असोज (ससं) । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)को कार्यालय खोटाङले चालु आर्थिक वर्षमा दुई करोड १० लाख बराबरको कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्तीमा २०० रोपनी जग्गामा एकै किसिमका बाली लगाउने गरी चक्लाबन्दी खेती प्रोत्साहन गर्न कार्यक्रम ल्याइएको इकाईले जनाएको छ । नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरोकारवालासँगको समन्वय बैठकमा इकाईका वरिष्ठ कृषि अधिकृत डा. मणिरत्न अर्यालले चालु आर्थिक वर्ष चक्लाबन्दीलाई प्राथमिकतामा राखेर मकै खेती कार्यक्रम प्रवद्र्धन गर्ने बताए । चक्लाबन्दीमा पकेटरब्लकरजोन सञ्चालनका लागि सहकारी र नीजि क्षेत्रबाट माग सङ्कलन, सम्भाव्यता अध्ययन र कार्यान्वयनका लागि ५० लाख बजेट विनियोजन गरिएको छ। यस्तै, चालु आर्थिक वर्ष स्थानीय तहको लागत सहभागितामा मकैको बीउ श्रोत केन्द्र स्थापनाका लागि ३० लाख, भण्डार, प्राथ...
नेकपाले केन्द्रीय सदस्यलाई नियमित आर्थिक सहयोग गर्ने

नेकपाले केन्द्रीय सदस्यलाई नियमित आर्थिक सहयोग गर्ने

आर्थिक गतिविधि, निर्माण, ब्यानर, राजनीति
काठमाडौं, ६ असोज (सस) । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना करिब २ सय ५० केन्द्रीय सदस्यलाई नियमित रुपमा आर्थिक सहयोग प्रदान गर्ने भएको छ। आइतबार नेकपाको सचिवालय बैठकमा यो एजेन्डामा छलफल सुरु भएको बताइएको छ । कुनै लाभको पदमा नरहेका केन्द्रीय सदस्यहरुलाई पार्टीले नियमित रुपमा आर्थिक सहयोग गर्ने निर्णय भएको हो । केन्द्रीय सदस्यमा २५० को हाराहारीमा सदस्य छन् । तर, उक्त रकम तलब नभएको बताइएको छ । एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि यो सहयोग रोकिएको र अहिले पुनः सुरु गर्न लागिएको बताइएको छ । रकम कति हो भनेर अहिलेसम्म टुंगो लागेको छैन। यस विषयमा आर्थिक विभागले आवश्यक निर्णय गर्ने बताइएको छ । यसअघि एमालेले आफ्ना केन्द्रीय सदस्यलाई मासिक १० हजार र स्थायी कमिटीका सदस्यलाई १५ हजार रुपैयाँ रकम उपलब्ध गराउँदै आएको थियो। माओवादीले पनि सशस्त्र विद्रोहको समयमा आफ्ना सेना तथा का...
फोरजी विस्तार अझै सुस्त

फोरजी विस्तार अझै सुस्त

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं, ४ असोज (सस) । विश्व दूरसञ्चार बजारमा अहिले चल्तीको दूरसञ्चार प्रविधि फोरजी सेवा नेपालमा सुरु भएको चार वर्ष पुग्न चार महिना मात्र बाँकी छ । पहिलो पटक २०७३ पुस १७ गते नेपाल टेलिकमले काठमाडौं उपत्यका र पोखरामा एकैपटक सुरु गरेर नयाँ पुस्ताको फोरजीको नेपालमा औपचारिक प्रवेश गराएको थियो । त्यसयता फोरजी सेवा विस्तारका लागि नेपालका तीनवटा दूरसञ्चार सेवा प्रदायकले यसमा अर्बौं लगानी गरे तर तथ्याङ्कले भने फोरजी प्रविधिका लागि गरिएको अर्बौं लगानीको प्रतिफल अझै लिन नसकेको देखिन्छ । उच्च गतिको मोबाइल इन्टरनेट सुविधासहितको फोरजी विस्तारको गति भने निकै ‘सुस्त’ छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०७६र७७ मा नेपालमा जम्मा छ लाख २२ हजार मात्र फोरजी ग्राहक थपिएका छन् । फोरजी विस्तारकै लागि करिब २० अर्ब रुपियाँ खर्चिएको नेपाल टेलिकमले गत आवमा जम्मा २६ ग्राहक मात्र थप गर्न सकेको...
जनकपुरमा आइपुग्यो नेपालको रेल

जनकपुरमा आइपुग्यो नेपालको रेल

आर्थिक गतिविधि, पर्यटन, ब्यानर
काठमाडौं, २ असोज (सस) । नेपाल रेलवे कम्पनीले भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबास ३४ किमी खण्डमा सञ्चालन हुने रेल जनकपुर आइपुगेको छ । नेपाल सरकारले चेन्नईको कोंकर्ण रेल्वे कर्पोरेसनसँग किनेको दुई वटा रेल नेपाल ल्याइएको हो । अघिल्लो वर्ष माघमा आउनुपर्ने रेल कोभिड१९ ले असोजसम्म सरेको हो । कोभिड१९ का कारण भारतमा लकडाउनले रेल सेवा लामो समय बन्द रहेको थियो । आज यो रेलको परीक्षण गरिने कार्यक्रम छ। दशैंअगाडि नै नियमित रुपमा सञ्चालनका लागि भारतसँग छलफल गरी मोडालिटी तय गर्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारत सरकारको सहयोगको ६९ किमी लामो जयनगर–जनकपुर–बर्दिबास रेलमार्गको पहिलो खण्ड जयनगर–जनकपुरमा रेल सञ्चालन गरिन लागेको हो। सन् २०१० मा भारत सरकारले यो रेलमार्गको ब्रोडगेज पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिवद्दता जनाएको थियो। जनकपुरदेखि महोत्तरीको बिजलपुरासम्मको खण्डमा भने पूर्वाधार निर्मा...

नेपालले भारतसँग खरिद गरेका दुई रेल आज आउँदै

आर्थिक गतिविधि
काठमाडौं, २ असोज (सस) । जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुुरु हुन लागेको हो । छ वर्षअघि २०७१ सालबाट सो रेल सेवा बन्द रहेको छ । नेपाल र भारतबीच ‘जीटूजी’ प्रक्रियाबाट रेल खरिद गरिएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका दुईवटा रेल शुक्रबार मध्याह्न जनकपुर रेल्वे स्टेसनमा आइपुग्ने जानकारी दिए । उनले जनकपुरमा रेल सञ्चालन हुने प्रतीक्षाको घडी अब समाप्त भएको छ भने । महाप्रबन्धक भट्टराईले रेल आउने कार्यक्रममा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारी, रेल विभागका महानिर्देशक, रेल्वे कम्पनीका महाप्रबन्धक लगायतका पदाधिकारीको सहभागिता रहनेछ । भारतका तर्फबाट कोङ्क...