Monday, May 20Nepal News Portal
Shadow

आर्थिक गतिविधि

आज सुनको भाउ तोलामा २०० रूपैयाँले घट्यो

आज सुनको भाउ तोलामा २०० रूपैयाँले घट्यो

आर्थिक गतिविधि, निर्माण, ब्यानर
काठमाडौं,१२ मंसिर (ससं) । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रूपैयाँले घटेको छ। साताको अन्तिम कारोबारको दिन आज सुनचाँदीको मूल्यमा ओरालो लागेको हो। महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकेको छ। हिजो यसको मूल्य तोलामा ९१ हजार ५०० थियो। यस्तै, हिजो ९१ हजार रूपैयाँमा कारोबार भएको तेजाबी सुनको भाउ आज ९८ हजार ८०० रूपैयाँ निर्धारण गरिएको छ भने चाँदी १० रूपैयाँले घटेर प्रतितोला एक हजार १६५ रूपैयाँमा कारोबार भइरहेको छ।...
सुनको भाउ तोलाको ९१ हजार ५ सय रुपैयाँ

सुनको भाउ तोलाको ९१ हजार ५ सय रुपैयाँ

आर्थिक गतिविधि, फोटोफिचर, ब्यानर
काठमाडौं, १० मंसिर (ससं) । नेपाली बजारमा सुनको भाउ लगातार घट्दै गएको छ । मंगलबार तोलामा १ हजार ८ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार (आज) एक हजार रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ बुधबार भने ९१ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । कोरोना भाइरस विरुद्धको खोप परीक्षणमा सफलता हात परेका समाचार सार्वजनिक भएसँगै सुनको भाउ घटेको बताइएको छ । मंगलबारको तुलनामा बुधबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ हजार १ सय ८० रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलबार १ हजार १ सय ७५ रुपैयाँमा झरेको छ । यसअघि कात्तिक २५ गते नेपाली बजारमा एकैदिन सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँभन्दा बढीले ...
आज १८०० ले घट्यो सुनको भाउ

आज १८०० ले घट्यो सुनको भाउ

आर्थिक गतिविधि, निर्माण, फोटोफिचर, ब्यानर
काठमाडौं, ९ मंसिर (ससं) । सुनको मूल्य एकै दिन प्रतितोला एक हजार ८०० रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएअनुसार आज एकै दिन भारी मूल्यको गिरावट आएको हो। हिजो (सोमबार) स्थिर रहेको छापावाल सुनको भाउ आज घटेर प्रतितोला ९२ हजार ५०० रूपैयाँमा पुगेको छ। हिजो छापावाल सुनको भाउ ९४ हजार ३०० रूपैयाँ प्रतितोला कायम थियो। यसैगरी आज तेजाबी सुनको मूल्य तोलाको ९२ हजार रूपैयाँ कायम भएको छ। हिजो तेजाबी सुनको मूल्य ९३ हजार ८०० रूपैयाँ थियो। महासंघले चाँदीको भाउ आजका लागि प्रतितोला एक हजार १८० रुपैयाँ तोकेको छ। हिजो चाँदीको मूल्य एक हजार २१० कायम थियो।...
बजारमा सुनचाँदीको भाउ स्थिर

बजारमा सुनचाँदीको भाउ स्थिर

आर्थिक गतिविधि, प्रमुख समाचार, फोटोफिचर, ब्यानर
काठमाडौं, ८ मंसिर (ससं)। आज (सोमबार) नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार हिजोकै मूल्यमा आज सुनचाँदीको कारोबार हुने छ। जसअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ३०० रूपैयाँ छ भने तेजाबी सुनको भाउ तोलामा ९३ हजार ८०० र चाँदीको भाउ एक हजार २१० रूपैयाँ रहेको छ।...
संघीय सरकारी खर्च १३ प्रतिशतले बढ्यो, पूँजीगत खर्च भने १८ प्रतिशत खट्यो

संघीय सरकारी खर्च १३ प्रतिशतले बढ्यो, पूँजीगत खर्च भने १८ प्रतिशत खट्यो

आर्थिक गतिविधि, प्रमुख समाचार, ब्यानर
काठमाडौं, ३० कात्तिक (ससं) । चालु आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा संघीय सरकारी खर्च १३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा २ खर्ब १ अर्ब ८ करोड रुपैयाँ संघीय सरकारी खर्च भएको हो । गत वर्षको सोही अवधिमा संघीय सरकारी खर्चतर्फ १ खर्ब ७८ करोड रुपैयाँ मात्र खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । कुल खर्चमध्ये चालु खर्च १ खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ भएको छ भने पूँजीगत खर्च १५ अर्ब ५ करोड रुपैयाँ भएको छ । त्यसैगरी वित्तीय व्यवस्थातर्फ ३ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको छ । तर, संघीय पूँजीगत खर्च भने १८.१ प्रतिशतले घटेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण विकास निर्माणका कार्यहरु निरन्तर सञ्चालन हुन नसक्दा पूँजीगत खर्चमा सुधार हुन नसकेको मन्त्रालयले आकलन छ । समीक्षा अवधिमा चालु खर्च १६.५ प्रतिशत वृद्धि भएको छ । वित्तीय व्यवस्था...
सवारी लाइसेन्स परीक्षा र ट्रायल खुल्ने

सवारी लाइसेन्स परीक्षा र ट्रायल खुल्ने

आर्थिक गतिविधि, ऊर्जा, ब्यानर
काठमाडौं, २२ कार्तिक (ससं) । कोरोना भाइरस फैलन नदिन गरिएको बन्दाबन्दीले प्रभावित सवारी अनुमति पत्र आवेदन (लाइसेन्स परिक्षा, ट्रायल) तिहार लगत्तै खुलाउँन गृहकार्य थालिएको छ । यातायात व्यवस्था विभाग तथा बागमती प्रदेश यातायात कार्यालयले कारोना महामारीका बीच स्वास्थ्य मापदण्ड अपनाउँदै लाइसेन्स आवेदनलाई पनि निरन्तरता दिने गृहकार्य थालेको हो । कोरोना महामारीका कारण बन्द रहेका यातायातका सेवा गत असोज महिनादेखि सवारी कर, नवीकरण लगायत अन्य सरकारी सेवा सुरू भएपनि नयाँ लाइसेन्सका लागि आवेदन, लिखित परीक्षा र ट्रायल कहिले खुल्ने भन्ने बिषयमा अन्योलता कायम थियो । तर, यातायात व्यवस्था विभागले लाइसेन्स आवेदन रोकिएको लामो समय भएको भन्दै कारोना महामारीकै बीच वैकल्पिक उपाय अपनाउँदै ट्रायल परीक्षाको प्रक्रियालाई अगाडि बढाएको छ । सेवा बन्द भएको लामो समय भएको अवस्थामा कसरी व्यवस्थापन गरेर अगाडि बढ्ने भन्ने...
जलविद्युत पत्रकार समाज गठन, अध्यक्षमा कोइराला र महासचिवमा निरौला

जलविद्युत पत्रकार समाज गठन, अध्यक्षमा कोइराला र महासचिवमा निरौला

आर्थिक गतिविधि, प्रमुख समाचार
पोखरा, कात्तिक १७ (ससंं) । जलविद्युत क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुको राष्ट्रिय भेलाले जलविद्युत पत्रकार समाज गठन गरेको छ । आइतबार कास्कीको माछापुच्छ्रे गाउँपालिकामा देशभरका पत्रकारहरुको भेलाले कास्कीका भरत कोइरालाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्ष दिपक ज्ञवाली (रुपन्देही), महासचिवमा ज्ञानेन्द्र निरौला (झापा), सचिवमा कृष्ण दवाडी (कास्की), कोषाध्यक्षमा तारा चापागाईं (कास्की) चयन भएका छन् । यस्तै, सदस्यहरुमा मिलन विश्वकर्मा (काठमाडौं), बलराम बुढाथोकी (काठमाडौं), अक्कल कुँवर (काठमाडौं), प्रतिक इच्छुक शर्मा (सल्यान), अनिता घिमिरे (कास्की) चयन भएका छन् । एक उपाध्यक्ष सहित दुई सदस्य भने पछि मनोनयन गरिने महासचिव बताइएको छ । भेलाले सल्लाहकारसमेत चयन गरेको छ । सल्लाहकारमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल, राष्ट्रिय समाचार समितिका ...
लक्ष्मीनारायण बहुउद्देश्य सहकारी संस्थाले एक करोड २ लाख मुनाफा गर्यो

लक्ष्मीनारायण बहुउद्देश्य सहकारी संस्थाले एक करोड २ लाख मुनाफा गर्यो

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं, ३० असोज (ससं) । लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्ष २०७६÷०७७ मा एक करोड २ लाख ६५ हजार रुपैयाँ मुनाफा गरेको छ । संस्थाको आज सम्पन्न तेह्रौं वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष शंकर थापाले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले उक्त मुनाफा आर्जन गरेको बताए । संस्थाले गत असार मसान्तसम्म २ करोड ८० लाख ६० हजार रुपैयाँ आम्दानी गरेकोमा उक्त आम्दानीबाट एक करोड ६९ लाख रुपैयाँ खर्च गरेको हो । संस्थाको वार्षिक साधारणसभा काठमाडौंको मुलपानीमा रहेको गणेश हिमाल माध्यमिक विद्यालयमा सो साधारणसभा सम्पन्न भएको थियो । साधारणसभामा संस्थाका अध्यक्ष थापाले मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउदै लक्ष्मीनारायण सहकारीले सहकारीका शेयरधनी सदस्यहरुको हक हितका लागि कार्य गरिरहेको बताए । अध्यक्ष थापाले शुभका...
सेती नदि जलविद्युत आयोजनाका लागि ३ अर्ब ५० करोड लगानी जुट्यो

सेती नदि जलविद्युत आयोजनाका लागि ३ अर्ब ५० करोड लगानी जुट्यो

आर्थिक गतिविधि, निर्माण, ब्यानर
काठमाडौं, २९ असोज (ससं) । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणा भइरहेको २५ मेगावट क्षमताको सेती नदि जलविद्युत आयोजनाका लागि एनएमबि बैंकको नेतृत्वमा दुई वित्तीय संस्थाद्वारा ऋण लगानी जुटेको छ । एनएमबि बैंकको नेतृत्वमा कृषि विकास बैंक र कर्मचारी सञ्चय कोषले ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । यो भिजन लुम्बिनी उर्जा प्रवद्र्धन कम्पनीद्वारा प्रर्वद्धित आयोजना हो । आज भिडियो कन्फ्रेन्स मार्फत कम्पनी र ३ वित्तीय संस्थाबीच ऋण लगानीको सम्झौता भएको हो । आयोजनाको लागत ५ अर्ब रुपैयाँ रहेको छ । विगत ९ महिनादेखि निर्माणको काम भैरहेको आयोजनाको आगामी १८ देखि २० महिना भित्रसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको प्रवद्र्धक कम्पनी भिजन लुम्बिनीका अध्यक्ष जगत बहादुर पोखरेलले जानकारी दिए । नमूना जलविद्युत आयोजानको रूपमा स्थापित हुने गरी समयमा नै सम्पन्न गर्ने प्रतिवद्धता जनाउदै उनले आयोजन...
शेयर बजारमा सामान्य करेक्सन, २ अर्ब ५७ करोडभन्दा बढीको शेयर कारोबार

शेयर बजारमा सामान्य करेक्सन, २ अर्ब ५७ करोडभन्दा बढीको शेयर कारोबार

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं, १९ असोज (ससं) । सोमबार शेयर बजारमा सामान्य करेक्सन देखिएको छ । केही दिनयता लगातर बढ्दै आएको शेयर बजारमा आज सामान्य अंक घटेर करेक्सन भएको हो । गत कारोबार दिन १४ अंकले वृद्धि भएको नेप्से परिसूचक आज ३.६३ अंक घटेर १५८२.१२ विन्दुमा झरेको छ । त्यस्तै हिजो ३ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएकोमा आज कारोबार रकम पनि घटेको छ । १९३ कम्पनीको ९५ लाख १८ हजार ७६५ कित्ता शेयर २ अर्ब ५७ करोड ८६ लाख रुपैयाँमा खरिद विक्री भएको छ । रौराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र कामना सेवा विकास बैंकको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । आज रौराङको प्रतिशेयर मूल्य १८७ रुपैयाँ कायम भएको छ भने कामना सेवाको २२० रुपैयाँ कायम भएको छ । प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य सर्वाधिक घटेको छ । यो फाइनान्सको ७.१९ प्रतिशत शेयर मूल्य घटेको हो । त्यस्तै सर्वाधिक मूल्यको शेयर खरिद विक्री न...