Wednesday, May 8Nepal News Portal
Shadow

आर्थिक गतिविधि

आईसीटी दिवसको अवसरमा नेपाल टेलिकमको विशेष अफर सार्वजनिक

आईसीटी दिवसको अवसरमा नेपाल टेलिकमको विशेष अफर सार्वजनिक

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं । समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार भन्ने मूल नारा सहित आगामी बैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि विशेष अफर ल्याएको छ । टेलिकमका अनुसार सो अवसर (२०८१ बैशाख १९) देखि प्रारम्भ हुनेछ भने आगामी २०८१ बैशाख २१ सम्म लागु हुने टेलिकमले जनाएको छ। यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध रहेको छ। यसैगरी डाटा प्याकेज अन्तर्गत रु. १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा रु.१९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, रु. २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुने टेलिकमले बिज्ञप्तीमा उल्लेख गरेको छ। साथै टेलिकमका अनुसार य...
नेप्सेमा २५.९३ अंकको वृद्धि

नेप्सेमा २५.९३ अंकको वृद्धि

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं । मंगलबार (आज) नेप्से परिसूचक २५.९३ अंकले बढेको छ । नेप्से १.३० प्रतिशतले बढेर २००६।२८ को विन्दुमा पुगेको हो । आज ३२० धितोपत्रका एक करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर चार अर्ब ८० करोड ४४ हजार ६०१ रुपैयाँमा किनबेच भएको छ । १३ उपसमूहमध्ये १२ वटाको समूहगत सूचक बढ्दै आएको छ । फाइनान्स उपसमूहको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । विकास बैंक उपसमूहको समूहगत सूचक सबैभन्दा धेरै ४.९० प्रतिशतले बढेको छ । फाइनान्स उपसमूहको समूहगत सूचक १.१८ प्रतिशतले घटेको छ । कर्पोरेट विकास बैंक लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्य सर्वाधिक ७.१८ प्रतिशतले घटेको छ ।  ...
भारत नेपालमा हाइड्रोजनको क्षेत्रमा अझ बढी लगानी गर्न चाहन्छःसीईओ अरुण

भारत नेपालमा हाइड्रोजनको क्षेत्रमा अझ बढी लगानी गर्न चाहन्छःसीईओ अरुण

आर्थिक गतिविधि, समाचार
काठमाडौं । अरुण जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले भारत सरकारले नेपालमा अझ बढी लगानी गर्न चाहिरहेको जानकारी दिएका छन्। आइतबारदेखि राजधानीमा सुरु भएको तेस्रो लगानी सम्मेलनमा बोल्दै उनले इन्डियन कम्पनीले अझ बढी नेपालको हाइड्रोपावर, हाइड्रोजन र नवीकरणीय ऊर्जाको क्षेत्रमा काम गर्न चाहेको बताएका हुन्। ‘इन्डियन कम्पनी हाइड्रोजनको क्षेत्रमा अझ बढी लगानी गर्न चाहन्छ’, सीईओ अरुणले भने, ‘जुन परियोजनाका लागि पछिल्लो समय हामी जोडिएका पनि छौ । भारत सरकारको तर्फबाट नोडल एजेन्सिस्मार्फत नेपालमा हाइड्रोजन उत्पादनको पाइलट प्राजेक्टमा सहकार्यको घोषणा भएको छ । यो परियोजनाका लागि अहिले हामी तीव्र गतिमा काम गरिरहेका छौ। उनका अनुसार जब नेपाल सरकारले सन् २०११ मा ‘सिंगल वीण्डो सिस्टम’ कार्यान्वयनमा ल्यायो तब नेपाल लगानीमैत्री मुलुक बनेको हो । अरुण जलविद्युत परियोजनाकै सन्दर्भमा प...
आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा काम गर्ने गरीनेपाल र योटा भारतबीच सम्झौता

आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा काम गर्ने गरीनेपाल र योटा भारतबीच सम्झौता

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं । आजबाट सुरुभएकोलगानी सम्मेलनमा बिएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस भारतबीच सम्झौता भएको छ। विश्वस्तरीय डेटा सेन्टर निर्माण, क्लाउड सर्भिस र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा काम गर्ने गरी सम्झौता भएको हो। उक्त सम्झौता पत्रमा योटाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ता र बिएलसी ग्रुपका प्रतिनिधि मेघा चौधरी ले हस्ताक्षर गरेका हुन।...
ग्लोबल आइएमई बैंक राष्ट्र बैंकद्वारा सम्मानित

ग्लोबल आइएमई बैंक राष्ट्र बैंकद्वारा सम्मानित

आर्थिक गतिविधि, प्रमुख समाचार, बैंक तथा वित्त
काठमाडौं । आर्थिक वर्ष (आव) २०७९/८० मा सबभन्दा धेरै रेमिटेन्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रूपमा ग्लोबल आइएमई बैंक लिमिटेड सम्मानित भएको छ। नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा २०७९/८० मा २१.१ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा ग्लोबल आइएमईलाई सम्मानित गरिएको हो। राष्ट्र बैंकले आफ्नो केन्द्रीय कार्यालय बालुवाटारमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसा पत्र प्रदान गरेका हुन्। रेमिटेन्स आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधार लगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्‍याएकाले प्रशंसापत्र प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सव अवसरमा बढि रेमिटेन्स भित्र्याउने बैकं तथा वित्तीय संस्थाहरूलाई सम्मानित गर...
महालक्ष्मी विकास बैंकले ग्लोबल मनी विकमा सञ्चालन गर्‍यो वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम

महालक्ष्मी विकास बैंकले ग्लोबल मनी विकमा सञ्चालन गर्‍यो वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम

आर्थिक गतिविधि, बैंक तथा वित्त, समाचार
महालक्ष्मी विकास बैंकले ७ वटै प्रदेशमा रहेका विभिन्न शाखा तथा प्रादेशिक कार्यालयहरूद्वारा वित्तीय साक्षरता, र्‍याली तथा सचेतनाका कार्यक्रमहरू सञ्चालन गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकले उक्त कार्यक्रम सञ्चालन गरेको हो। बैंकले ग्लोबल मनी विक २०२४ को अवसरमा विद्यार्थी तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप र मनोवृत्ति विकास गराउने उद्देश्यका साथ वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गर्नुका साथै समाजिक सञ्जालमार्फत् विभिन्न सचेतनामूलक भिडिओ सामग्रीहरू प्रसारण गरेको छ। बैंकले देशका विभिन्न जिल्लाका स्थानीय तहमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रममा विद्यार्र्थी, स्थानीय युवाका साथै रोजगार व्यक्ति, किसान, लघु, साना तथा मझौला उद्यमी, दैनिक ज्यालादारी, ...
रियलमीको रियलमी सि–५५ अब छुट मुल्यमा उपलब्ध

रियलमीको रियलमी सि–५५ अब छुट मुल्यमा उपलब्ध

आर्थिक गतिविधि, उपभोक्ता
रियलमीको रियलमी सि–५५ अब छुट मुल्यमा उपलब्ध हुने भएको छ । पहिलाको तुलनामा झन्डै ६ हजार रुपैंयाले कम गरेर रियलमी सिको मूल्य अब १५ हजार ४९९ रुपैयाँ पर्ने जानकारी दिइएको छ। कम्पनीकाअनुसार २१,९९९ मा उपलब्ध रहेको ६ जिबि ६४ जिबि स्टोरेज भेरियन्टको मूल्य अहिले रु.१५,४९९ हुने भएको छ । रियलमी सि–५५ मा भएको सबैभन्दा मुख्य फिचर यसमा भएको ६४ एमपिको क्यामरा हो । त्यस्तै यसमा सेल्फी क्यामराको कुरा गर्नुपर्दा ८ एमपिको लेन्स छ जसले १०८० पि को भिडियो रेकर्ड गर्न सक्छ । रियलमी सि–५५ मा ५ हजार एमएचको शक्तिशाली ब्याट्री राखिएको छ जसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ । जम्मा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ । रियलमी सि–५५ मा भएको मेडियाटेक हेलियो जि ८८ चिपसेटले प्रयोगकर्ताहरुलाई सिमलेस युजर एक्स्पिरियन्स प्रदान गर्छ । त्यस्तै यसको अक्टाकोर प्रोसेसर...
आठ महिनामा २९ अर्ब वैदेशिक लगानी प्रतिवद्धता

आठ महिनामा २९ अर्ब वैदेशिक लगानी प्रतिवद्धता

आर्थिक गतिविधि, उद्योग, ब्यानर
काठमाडौं । चालू आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा वैदेशिक लगानी प्रतिवद्धता ९एफडिआई० ४१ दशमलव ६७ प्रतिशतले बढेको छ । उद्योग विभागले बिहीवार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष को ८ महीनामा फागुनसम्म २५३ उद्योगमा कुल २९ अर्ब १३ करोड ४५ लाख बराबरको वैदेशिक लगानी स्वीकृत भएको हो । प्रतिबद्धता आएका परियोजनामा साना आकारका बढी छन् । ठूला स्केलका उद्योगमा प्रतिबद्धता कम आएको छ । मुलुकमा विस्तारै लगानीको वातावरण बनाउनै सरकारले नीतिगत रूपमा सहजीकरण गरेसँगै प्रत्यक्ष वैदेशिक लगानी वृद्धि भएको उद्योग विभागका उद्योग विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामी बताउँछन् । लगानीकर्ताले प्रतिबद्धता जनाए पनि स्वीकृत लिए अनुसार एफडिआई भने आउने गरेको छैन। उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ३ सय २७ परियोजनाका लागि ३८ अर्ब ४० करोड लगानी स्वीकृत भएको ...
८ महिनामा आयात निर्यात दुवै घट्यो

८ महिनामा आयात निर्यात दुवै घट्यो

आर्थिक गतिविधि, ब्यानर, समाचार
काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा आयात र निर्यात दुवै घटेको छ । ८ महिनामा १० खर्बभन्दा बढीको वस्तु तथा सेवा आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार फागुन मसान्तसम्म १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा आयात २ दशमलव ६६ प्रतिशत आयात घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको थियो । त्यस्तै, आयातसँगै निर्यात पनि घटेको छ । चालु आवको ८ महिनामा निर्यात ३ दशमलव ९९ प्रतिशतले घटेको हो । चालु आवको ८ महिनामा १ खर्ब ६१ करोड रुपैयाँको बस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोहि अवधिमा यस्तो निर्यात १ खर्ब ४ अर्ब रुपैयाँको भएको थियो । यो अवधिमा नेपालको ब्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा २ दशमलव ५२ प्रतिशत ...
ठगी र कृत्रिम अभाव हुन नदिने उद्योगमन्त्री भण्डारीको प्रतिबद्धता

ठगी र कृत्रिम अभाव हुन नदिने उद्योगमन्त्री भण्डारीको प्रतिबद्धता

आर्थिक गतिविधि, प्रमुख समाचार, राजनीति
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ता ठगी र कृत्रिम अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले उपभोक्ता ठगी, कृत्रिम अभाव, अनुचित मूल्यवृद्धि र अनुचित व्यापारिक कामलाई नियन्त्रण गर्न जोखिम तथा सूचना प्रणालीमा आधारित अनुगमन प्रणालीलाई व्यवस्थित र नतिजामुखी बनाउने बारे बताएका हुन् । मन्त्री भण्डारीले उपभोक्ताको हित संरक्षणका विषयमा काम गरिरहेका सरोकारवालालाई साथमा लिएर स्वच्छ बजार तथा उपभोक्ता हित सम्बन्धी कामलाई परिणाममुखी बनाइने बताएका छन् । उनले उपभोक्ता हित संरक्षणका लागि सरकारले तीनै तहका सरकारको जिम्मेवारी र जवाफदेहितासहितको आपूर्ति तथा उपभोक्ता हित संरक्षण नीति जारी गर्ने तयारी समेत गरिएको जानकार...