Saturday, May 18Nepal News Portal
Shadow

ऊर्जा

किलिङमा बल्यो बिजुली

किलिङमा बल्यो बिजुली

उपभोक्ता, ऊर्जा, प्रमुख समाचार
काठमाडौं । बिजुली लाइन नभएपछि अँध्यारोमा बस्दै आएको ताप्लेजुङको दुर्गम हिमाली बस्ती किलिङमा बल्ल बिजुली बत्ती बलेको छ। मिक्वाखोला गाउँपालिका ५ पापुङमा रहेको घट्टेखोला लघु जलविद्युत् आयोजना सम्पन्न भएसँगै पहिलो पटक किलिङ गाउँ उज्यालो भएको हो। स्थानीयवासी रिङ शेर्पाले गाउँमा बिजुली बलेको बताए। किलिङ गाउँ जिल्लाको निकै नै दुर्गम मानिन्छ। स्थानीयवासीको सक्रियतामा १५ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना सम्पन्न भएको उनले जाकारी दिए। पापुङका वडाध्यक्ष डण्डु लामाले आयोजनाबाट गाउँका ७५ घरधुरी लाभान्वित भएको बताए। हिमाली क्षेत्रका साथै ओसिलो भूभाग भएका कारण सौर्य ऊर्जा (सोलार बत्तीं) प्रभावकारी नहुँदा हालसम्म टुकी बत्तीको उज्यालोमा निर्भर रहँदै आएका थिए। तत्कालीन संविधानसभा सदस्य पासाङ शेर्पाका उपस्थितिमा आयोजनाको शुभारम्भका अवसरमा स्थानीयवासीले भव्य नाचगान गरेर खुसियाली नै मानाएका थिए। ...
घट्यो विद्युतको महसुल, २० युतिटसम्म निःशुल्क

घट्यो विद्युतको महसुल, २० युतिटसम्म निःशुल्क

आर्थिक गतिविधि, उपभोक्ता, ऊर्जा, ब्यानर
काठमाडौं । सरकारले विद्युत महसुल कम गराएको छ । सोमबार (हिजो) साँझ बसेको विद्युत नियमन आयोगको बैठकले मासिक २० युटिनसम्मको खपतलाई निः शुल्क बनाउने निर्णय गरेको हो । आयोगले पछिल्लो पटक गरेको विद्युत् महसुल निर्धारणमा यसअघि मासिक १० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकलाई निः शुल्क विद्युत् दिनुपर्ने व्यवस्था गरेको थियो । सो व्यवस्थालाई १० युनिटथप गर्दै २० युनिट पुर्याइएको हो । उर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसालले उक्त कुराको पुष्टि गरेकी हुन् । उनले सरकारले विद्युतको खपतमा वृद्धि गर्न विभिन्न सहुलियत दिएको समेत जानकारी दिएकी छन् । उनका अनुसार यसअघि प्रतियुनिट १२ रुपैयाँ रहेको शुल्कमा १ रुपैयाँ घटाएर ११ रुपैयाँ बनाइएको छ । कात्तिक ३ गते नेपाल विद्युत् प्राधिकरणले पहिलो पटक घरायसी ९ग्राहस्थ ० ग्राहकलाई हिउँद र वर्षाको विद्युत् महसुलमा फरक–फरक हुने गरी विद्युत् महसुल समायोजनका लागि वि...
भाँडा नतिर्ने केबल टिभीको लाइन काटिदै

भाँडा नतिर्ने केबल टिभीको लाइन काटिदै

ऊर्जा, कर्पाेरेट, समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पोलको भाडा नतिर्ने केबल टिभीहरुको लाइन आजदेखि काट्न शुरु गर्ने भएको छ । सरकारले निर्धारण गरेको नयाँ दररेटअनुसार केबल सञ्चालकहरुले सम्झौताबिना नै केबल चलाउने अडान लिएपछि प्राधिकरणले लाइन काट्ने भएको हो । केलब टिभी सञ्चालकले नयाँ दररेटअनुसार सम्झौता गर्न गरेको आग्रहलाई बेवास्ता गरेपछि प्राधिकरणले आजबाट सांकेतिक रूपमा लाइन काट्ने काम शुरु गर्न लागेको विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताएका छन् ।...
विद्युत प्राधिकरणले ४९० मेगावाटको अरुण -४ जलविद्युत आयोजना पनि आफैले निर्माण गर्ने

विद्युत प्राधिकरणले ४९० मेगावाटको अरुण -४ जलविद्युत आयोजना पनि आफैले निर्माण गर्ने

ऊर्जा, प्रमुख समाचार
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले ४९० मेगावाटको अरुण-४ जलविद्युत आयोजना पनि आफैले निर्माण गर्ने भएको छ। संखुवासभाको मकालु गाउँपालिकामा निर्माण हुने यो आयोजना अर्धजलाशययुक्त जलविद्युत आयोजना हो। प्राधिकरणले संखुवासभामा १ हजार ६१ मेगावाटको माथिल्लो अरुण र ३० मेगावाटको इखुवा खोला जलविद्युत आयोजनाको पनि अध्ययन गरिरहेको छ। अरुण नदीमा अहिले ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना निर्माणाधिन छ। भारतीय कम्पनी सतलज जलविद्युत निगमले उक्त आयोजना निर्माण गरिरहेको छ। त्यस्तै सतलजलेनै ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना पनि निर्माण गर्दै छ। विद्युत उत्पादन कम्पनीले ४५० मेगावाटको किमाथांका अरुण, ग्रेट हाइड्रोपावरले १०९ मेगावाटको अपर बरुण आयोजनाको अध्ययन गरिरहेका छन्। एम्पिक पावरले १३२ मेगावाटको तल्लो बरुण आयोजनाको निर्माण अनुमति मागेको छ।  ...
हवाई सुरक्षा सुनिश्चितता गर्न उड्डयन मन्त्रालयमा समिति गठन

हवाई सुरक्षा सुनिश्चितता गर्न उड्डयन मन्त्रालयमा समिति गठन

ऊर्जा, कर्पाेरेट
काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई सुरक्षा सुनिश्चितता गर्न देशमा दर्ता भएका सबै जहाजको निरीक्षण गर्ने भएको छ। मन्त्रालयले नागरिक उड्डयन प्राधिकरण अन्तर्गत हवाई सुरक्षा विभागले गर्दै आएको जहाजहरुको पिरियोडिक मेन्टिनेन्स, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन मापदण्डको पालना, सुरक्षा अडिट लगायतमा सम्परीक्षण गर्न आवश्यक रहेको जनाएको हो। छानबिन गर्दा कुनै पनि वायुसेवा कम्पनीको भौतिक, यान्त्रिक, अभिलेखिय, आइकाओको मापदण्ड पालना नगरेको जहाज उत्पादक कम्पनीको म्यानुअल कार्यान्वयनमा कैफियत पाइएमा उक्त कम्पनीको सेवा संचालन निषेध गरिने जनाइएको छ। मन्त्रालयका अनुसार यस्ता समस्या देखिएका कम्पनीलाई मन्त्रालयको शर्त पूरा नहोउन्जेल ग्राउण्डेड गराइनेछ। सहसचिव बुद्धिसागर लामिछानेको संयोजगत्वमा पाँच सदस्य टोलीसहितको छानविन समिति गठन गर्न प्रधानमन्त्रीस्तरीय निर्णय भएको मन्त्र...
डिमाण्ड शुल्क वृद्धि प्रति महासंघको गम्भीर ध्यानाकर्षण

डिमाण्ड शुल्क वृद्धि प्रति महासंघको गम्भीर ध्यानाकर्षण

ऊर्जा, प्रमुख समाचार
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरणका पछिल्ला निर्णयहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाललाई भेटेर विद्युत खरिद सम्झौता (पीपीए) रोक्नु गलत भएको जनाएको छ । महासंघले डिमाण्ड शुल्क बृद्धि हुँदा औद्योगिक लागत बढन गई आर्थिक गतिविधि संकुचित हुने हुदा लक्षित आर्थिक वृद्धि र रोजगारी सिर्जनामा असर परेको बताउँदै समस्या समाधान गर्न आग्रह गरेको हो । महासंघले कोभिडको हालको बिषम परिस्थितिमा डिमाण्ड शुल्क बृद्धि र टिओडी मार्फत महसुल वृद्धिका लागि नियमन आयोगबाट गरिएको सिफारिस समय सापेक्ष नदेखिने समेत जनाएको छ। २०७५ साल फागुनदेखि रोकी राखिएको पीपीए भौतिक पूर्वाधार सुनिश्चित भएका आयोजनाहरुको पहिचान गरी ती आयोजनाहर...
पोलको भाडा भुक्तानीका लागि ताकेता

पोलको भाडा भुक्तानीका लागि ताकेता

ऊर्जा, ब्यानर, समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युत्‌का खम्बा प्रयोग गरेका केबल र इन्टरनेट सेवा प्रदायकलाई सम्झौता, नवीकरण र बक्यौता भुक्तानीका लागि ताकेता गरेको छ । प्राधिकरणको विद्युतीय संरचना प्रयोग गरी अप्टिकल फाइबर भाडामा लिई टेलिफोनरइन्टरनेटरकेबलरटिभीसेवा सञ्चालन गरेका सेवा प्रदायकलाई यही असोज १५ गतेभित्र भुक्तानी गर्न भनेको हो । केन्द्रका प्रमुख प्रशान्त झाले नयाँ सेवा प्रदायकलाई प्रक्रिया पूरा गरी सम्झौता गर्न र यसअघि सम्झौता गरेकालाई नवीकरण गर्न तथा बक्यौता तिर्न आज सार्वजनिक सूचना जारी गरिएको जानकारी दिए । 'केन्द्रले सार्वजनिक सूचना जारी गरेपनि म्याग्दीमा प्राधिकरणको पोल प्रयोग गरेका सेवा प्रदायक सम्झौता, नवीकरण र बक्यौता तिर्न अटेरी गर्नुभएको हुँदा असोज १५ गतेसम्मको लागि समय दिएका छौ,' उनले भने, 'तोकिएको मितिभित्र सम्झौता नगर्ने सेवा प्रदायकको विद्युत्...
असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवा प्रदायकको तार काट्ने विद्युत प्राधिकरणको चेतावनी

असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवा प्रदायकको तार काट्ने विद्युत प्राधिकरणको चेतावनी

ऊर्जा, कर्पाेरेट, ब्यानर
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवाप्रदायकहरूको तार काटिने बताएको छ ।अप्टिकल फाइबर तथा अन्य उपकरण जुनसुकै बेला हटाउने भन्दै सूचना जारी गरेको हो। आज एक सूचना जारी गर्दै प्राधिकरणले १५ गतेसम्म नयाँ भाडादर अनुसार सम्झौता गर्न अनुरोध गरेको छ । साथै नवीकरण गर्न एवं बाँकी रहेको बक्यौता रकम भुक्तानी तुरून्त गर्न सूचनामार्फत अनुरोध गरेको छ । ‘नेपाल विद्युत प्राधिकरणको विद्युतीय संरचनाहरू प्रयोग गरी तथा अप्टिकल फाइबर भाडामा लिएर टेलिफोनरइन्टरनेटरकेवल टिभी सेवा सञ्चालन गर्ने सेवाप्रदायकहरू मध्ये केहीले नियमानुसार सम्झौता नगरी विद्युत संरचना प्रयोग गरिरहेको, केही सेवा प्रदायकहरूले विद्युत प्राधिकरणबाट माग भए अनुसारको जीपीएस कोअर्डिनेट नक्सा तथा दुरी खुल्ने कागजात समेत पेस नगरी नयाँ सम्झौता नगरेको तथा केही सेवा प्रदायकहरूले परिमार्जित भाडादर भुक्तानी नगरेकोले...
उद्योगीले मागे जति विद्युत दिने तयारीमा प्राधिकरण

उद्योगीले मागे जति विद्युत दिने तयारीमा प्राधिकरण

ऊर्जा, ब्यानर
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् खपत बढाउने योजना अन्तर्गत ठूला उद्योगीहरुलाई मागेजति विद्युत उपलब्ध गराउन निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सबस्टेसन आयोजनाहरुको निर्माणलाई जतिसक्दो छिट्टो सम्पन्न गर्ने पहल सुरु गरेको छ । प्राधिकरणले विद्युत खपत बढाउन योजनावद्धरुपमा पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाएको हो । प्रसारण तथा वितरण लाइनको क्षमता अभावमा उद्योगीहरुलाई मागेअनुसार विद्युत उपलब्ध गराउन नसक्ने र उत्पादित विद्युत खपत गर्न नसकी वित्तीय नोक्सानी बेहोर्नु पर्ने अवस्था आएपछि प्राधिकरणले खपत बढाउने योजना अगाडि सारेको हो । अल्कालीन योजना अन्तर्गत विद्युत माग गरेका उद्योगहरुलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत दिने र निर्माणाधीन आयोजनाहरुको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ । दीर्घकालीन योजनाअन्तर्गत व...
एनइएसँग पूर्वका उद्योगीको यति धेरै माग, विद्युत अनियमितताका कारण प्रतिस्पर्धी क्षमता घट्यो

एनइएसँग पूर्वका उद्योगीको यति धेरै माग, विद्युत अनियमितताका कारण प्रतिस्पर्धी क्षमता घट्यो

उद्योग, ऊर्जा, प्रमुख समाचार
काठमाडौं। उद्योग सङ्गठन मोरङले पूर्वका औद्योगिक करिडोरमा नियमित विद्युत् आपूर्तिमा भइरहेका समस्याका साथै अन्य नीतिगत समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएको छ। सङ्गठनले प्राधिकरणका अधिकारीसित छलफल कार्यक्रम राखेर उद्योग–प्रतिष्ठानहरूमा विद्युतसँग सम्वन्धित समस्या प्रस्तुत गरेको हो। सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले औद्योगिक क्षेत्रमा विद्युतको अनियमित आपूर्तिले उत्पादन लागतमा वृद्धि भएको, उत्पादित वस्तुको गुणस्तरमा ह्रास आएको, मिलमेसिनरीमा बारम्बार समस्या आई सञ्चालन खर्च वृद्धि भएको र यस्ता कारणले उद्योगको प्रतिस्पर्धात्मक क्षमता घटिरहेको गुनासो गरेका छन् । सङ्गठनले सानो झरी, वर्षा र हावामा समेत प्राधिकरणका विद्युतीय संरचना भत्कन गई अत्यधिक विजुली जाँदा तथा ट्रिपिङ भएकाले मेसिन–औजार आदि बिग्रिने र उत्पादन प्रक्रिया रोकिनुका साथै जेनेरेटरमा भर पर्नुपर्दा उत...