Saturday, May 4Nepal News Portal
Shadow

ऊर्जा

उड्डयनमन्त्री सुदन किराँतीलाई पोखराका व्यवसायीको प्रश्नः कहिले हुन्छ अन्तर्राष्ट्रिय उडान ?

उड्डयनमन्त्री सुदन किराँतीलाई पोखराका व्यवसायीको प्रश्नः कहिले हुन्छ अन्तर्राष्ट्रिय उडान ?

ऊर्जा, पर्यटन, ब्यानर, समाचार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग पोखराका पर्यटन व्यवसायीले अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलगायत पर्यटनका विविध विषयमा प्रश्न गरेका छन्। पोखरा पर्यटन परिषद्को आयोजनामा मन्त्रीसँग पर्यटन विषय केन्द्रित अन्तर्क्रिया कार्यक्रममा व्यवसायीहरूले अन्तर्राष्ट्रिय उडानका लागि संघीय सरकारले किन पहल गर्न सकेको छैन ? कहिलेदेखि उडान सुरू हुन्छ ? जस्ता प्रश्न गरेका थिए। गत १ जनवरीमा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म पनि अन्तराष्ट्रिय उडान सुरू हुन सकेको छैन। मन्त्री किराँतीले पोखराको सुन्दरताको वर्णन गर्दै अन्तर्राष्ट्रिय उडानका लागि आफूले पहल गरिरहेको जानकारी दिए। उनले पोखरा उत्कृष्ट गन्तव्य र पर्यटनको विश्वविद्यालय नै भएकाले यसको विकासमा आफूले निकै चासो दिएको बताउँदै अन्तर्राष्ट्रिय उडानका विषयमा आफूले प्रक्रिया ब...
आज २१.१५ अंकले घट्यो नेप्से परिसूचक

आज २१.१५ अंकले घट्यो नेप्से परिसूचक

आर्थिक गतिविधि, ऊर्जा, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक २१.१५ अंकले घटेको छ। आज नेप्से १.०१ प्रतिशतले घटेर २०७०.४१ बिन्दुमा बन्द भएको छ। बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन अर्थात् बुधबार १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम घटेर आज १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ रुपैयाँमा सीमित भएको छ। बिहीबार सानिमा लार्ज क्याप फण्डको इकाइ मूल्य सर्वाधिक ७.६५ प्रतिशतले बढेको छ। यस दिन उक्त योजनाको इकाइ मूल्य ९ रुपैयाँ १ पैसा पुगेको छ। यस्तै, राप्ति हाइड्रोको सेयर मूल्य ५.२३ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३४२ रुपैयाँ पुगेको छ। यस दिन सर्वाधिक मूल्य घट्नेमा युनिलिभर नेपाल रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.९१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २० हजार ७०० रुपैयाँमा झरेको छ। यस द...
आज दिउँसो देखी नेपाल टेलिकमको नेटवर्कमा समस्या

आज दिउँसो देखी नेपाल टेलिकमको नेटवर्कमा समस्या

उपभोक्ता, ऊर्जा, प्रमुख समाचार
काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखा परेको छ। बुधबार दिउँसो करिब १ बजेदेखि नेटवर्कमा समस्या देखिएको हो। अहिले नेपाल टेलिकम सिम प्रयोगकर्ताहरूले कुनै पनि नेटवर्कमा कल गर्दा फोन नै नलागी काटिने समस्या देखिएको छ। नेपाल टेलिकमको नेटवर्कमा समय(समयमा समस्या देखिने गरेको छ। कम्पनीको नेटवर्कमा गत माघ ३ दिउँसो १२ बजेदेखि ३ बजेसम्म समस्या देखिएको थियो। कम्पनीका प्रवक्ता शोभन अधिकारीसँग यसबारे कुरा गर्दा नेटवर्क ट्राफिक कन्जेन्सनका कारण समस्या आएको हुन सक्ने बताउँछन‍्। यो भनेको एकै पटक धेरै प्रयोगकर्ताले नेटवर्क प्रयोग गर्दा आइपर्न सक्ने समस्या हो। यसको ठोस कारण भने सार्वजनिक भएको छैन।...
नयाँ मोदी–लेखनाथ १३२ केभी प्रसारणलाइन निर्माण सम्पन्न

नयाँ मोदी–लेखनाथ १३२ केभी प्रसारणलाइन निर्माण सम्पन्न

उत्पादनमूलक, ऊर्जा, ब्यानर, समाचार
काठमाडौं । नयाँ मोदी (पर्वत)–लेखनाथ (कास्की) प्रसारणलाइन निर्माण सम्पन्न भएको छ । नयाँ मोदी–लेखनाथ प्रसारणलाइन आयोजना अन्र्तगत ४३ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारणलाइन र मोदी गाउँपालिका–२, देउपुरमा १३२ केभी स्वीचिङ स्टेसन, कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ मा १३२ केभी लाहाचोक सबस्टेसन तथा लेखनाथ सबस्टेसनको स्वीचयार्डमा १३२ केभी लाइनवे निर्माण गरिएको छ । पर्वत, कास्कीलगायत जिल्लाको विद्युत् आपूर्ति सुधार गर्न र मोदी, सेती, मादी तथा सर्दी नदीमा निर्माण गरिने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि यो आयोजना निर्माण गरिएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । आयोजनाअन्तर्गत पर्वतको मोदी गाउँपालिका–२, देउपुरस्थित स्वीचिङ स्टेसनबाट लाहाचोकसम्मको १३२ केभी प्रसारणलाइन र लाहाचोक सबस्टेसन गत वर्षको पुसमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो । ...
युरोपियन युनियनका राजदूत डिप्रेजसित उपप्रधानमन्त्री लिङदेन को भेटवार्ता

युरोपियन युनियनका राजदूत डिप्रेजसित उपप्रधानमन्त्री लिङदेन को भेटवार्ता

ऊर्जा, ब्यानर
काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र लिङदेनसित नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजले भेटवार्ता गरेकी छन् । बिहीबार (आज) मन्त्रालयमा पुगेर उनले मन्त्री लिङदेनसित भेटवार्ता गरेकी हुन् । भेटमा उपप्रधानमन्त्री लिङदेनले नविकरणी ऊर्जा क्षेत्रमा युरोपियन युनियनले पुर्‍याउँँदै आएको सहयोगको प्रशंसा गरेका छन् । उनले सहयोगको निरन्तरताका लागि आग्रह समेत गरेको मन्त्री लिङदेनको सचिवालयले जानकारी दिएको छ । सो क्रममा मन्त्री लिङदेनले विद्युत् उत्पादन, प्रसारण र बजारीकरणलाई प्राथमिकतामा राखेर आफूले काम गर्न चाहेको उल्लेख गर्दै हरित ग्यास उत्पादनको विषयमा समेत छलफल भइरहेको बताएका थिए । उपप्रधानमन्त्री लिङ्देनले बंगलादेशसँग भविष्यमा ठूलो मात्रामा विद्युत् निर्यात गर्ने गरी व्यापार सम्झौता हुने बताएका छन्। उनले अन्तरप्रदेशीय प्रसारण ट्रान्समिसन र अरू छिमेकी मुलुकसँगको व्यापारका लागि सम...
रोल्वालिङ खोला जलविद्युत् आयोजना अघि बढ्यो

रोल्वालिङ खोला जलविद्युत् आयोजना अघि बढ्यो

उत्पादनमूलक, ऊर्जा, प्रमुख समाचार
काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सहायक आयोजनाको रुपमा रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ। आयोजनाले विद्युत् विकास विभागमा उत्पादन अनुमतिका लागि आवेदन दिएको छ। कूल २२ मेगावाट क्षमताको सो आयोजना नदी प्रवाहमा आधारित आयोजना हो। यसको डिजाइन बहाव १३ दशमलब चार घनमिटर प्रतिसेकेण्ड रहेको छ। आयोजनाको कूल हेड दुई सय सात मिटर रहेको छ। आयोजनाबाट वार्षिक सरदर एक सय पाँच गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ। यस्तै, डाईभर्सन स्किमबाट वार्षिक दुई सय १६ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ। आयोजनाको मुख्य संरचना रोल्वालिङ खोलाको दायाँ किनारामा पर्छ। रोल्वालिङ खोलामा बाँधबाँधी खोलाको दायाँपट्टी निर्माण हुने इन्टेकबाट पानी फर्काइ सो पानीलाई आयोजनाको मुख्य संरचना निर्माण गरिनेछ। आयोजनाको विद्युत् उत्पादनका लागि खोलाको पानी फर्काउन ४२ मिटर लामो र चार मिटर उचाईको कङ...
महानगर र प्राधिकरणबीच काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न सम्झौता

महानगर र प्राधिकरणबीच काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न सम्झौता

ऊर्जा, प्रमुख समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाको मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्ने विषयमा सम्झौता भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सडकमा आधुनिक बत्ती जडान गर्ने विषयमा सम्झौता भएको हो । बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ । यसको ६० प्रतिशत रकम काठमाडौँ महानगरपालिकाले र ४० % रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने गरी सम्झौता भएको छ। सम्झौतापत्रमा महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलबालले हस्ताक्षर गरेका छन् ।...
वैकल्पिक उर्जा प्रवद्र्धक केन्द्रले धमाधम वितरण भइरहेछ निशुल्क विद्युतीय चुलो

वैकल्पिक उर्जा प्रवद्र्धक केन्द्रले धमाधम वितरण भइरहेछ निशुल्क विद्युतीय चुलो

उत्पादनमूलक, उपभोक्ता, ऊर्जा, प्रमुख समाचार
काठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले धमाधम विद्युतीय चुलो वितरण गरिरहेको छ । केन्द्रले दुर्गमका २८ सय ६५ विद्यार्थीहरुलाई दिने भनिएको इन्डक्सन चुलो वितरण भइरहेको केन्द्रका सहायक निर्देशक डा।रणबहादुर थापाले आर्थिकन्युज डटकमलाई जनाएका छन् । थापाका अनुसार केन्द्रले पुस १७ गतेदेखि चुलो वितरण गर्न शूरु गरेको हो । हालसम्म एक हजार ७५६ जनालाई चुलो वितरण भइसकेको समेत उनले जानकारी दिएका छन्। उनले भने, ‘हालसम्म आवेदन दिएका मध्ये २ हजार ८६५ जना विद्यार्थी छनौटमा परेका छन् । माघ २६ गतेसम्म सबै चुलो वितरण गछौं।’ उनका अनुसार आवेदन दिएका विद्यार्थीहरुमध्ये ७ हजार ४८ जनाले केन्द्रले तोकेको मापदण्ड अनुसार आवश्यक कागजपत्र पुर्याएका छन् । जसमध्ये दुर्गम क्षेत्रका सरकारी कलेजमा पढ्ने विद्यार्थीहरु क र ख वर्गमा छनौट भएका २ हजार ८६५ जना जना रहेका थिए । सरकारले दुर्गम जिल्लाबाट आएर काठमाडौंमा भ...
रुख ढल्दा विद्युत् सेवा अवरुद्ध

रुख ढल्दा विद्युत् सेवा अवरुद्ध

ऊर्जा, समाचार
काठमाडौं । शनिबार(हिजो) बेलुकी चलेको हावाहुरीले रुख ढल्दा ३३ केभी प्रशारण लाइनको प्रशारण लाइन चुडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो । लुम्बिनी प्रदेशअन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा हावाहुरीका कारण रुख ढल्दा विद्युत् प्रशारण लाइनमा क्षति भएपछि कर्णालीमा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । आइतबार (आज) बिहानदेखि उक्त ढलेका रुख हटाएर प्रशारण लाइनमा मर्मतको काम सुरु भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ । १३३ केभी प्रशारण लाइन निर्माण गर्न ढिलाइ हुँदा हावाहुरी चल्ने वित्तिकै कर्णालीमा विद्युत् सेवा अवरुद्ध हुने गर्दछ । गएरातिदेखि सुर्खेत, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला र दैलेखमा विद्युत् सेवा अवरुद्ध भएको छ । राति रुख ढलेका कारण विद्युत् समस्या भएको स्थान पत्ता लगाउन मुस्किल भएको प्राधिकरणले बताएको छ । लुम्बिनी प्रदेशको कोहलपुर हुँदै कर्णाली प्रद...
अरुण ४ बनाउन सतलजसँग सम्झौता

अरुण ४ बनाउन सतलजसँग सम्झौता

ऊर्जा, कर्पाेरेट, प्रमुख समाचार
काठमाडौं। संखुवासभास्थित अर्धजलाशययुक्त अरुण–४ जलविद्युत् आयोजना संयुक्त लगानीमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयूक्त उपक्रम सतलज जलविद्युत् निगमबीच सम्झौता भएको छ । नेपालको लुम्बिनी भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सोमबार (आज) प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ रसतलजका अध्यक्ष नन्दलाल शर्माले सम्झौतामा हस्ताक्षर गरेका हुन् । अहिले जडित क्षमता ४९०.२ मेगावाट रहेको यस आयोजनाबाट उत्पादित विद्युत् भारततर्फ निर्यात गर्ने गरी डिजाइन गर्दा क्षमता विस्तार भई ६९५ मेगावाट पुग्ने प्राधिकरणको भनाई छ ।...