Friday, May 3Nepal News Portal
Shadow

निर्माण

मंगलबार यी कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

मंगलबार यी कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

आर्थिक गतिविधि, निर्माण, प्रमुख समाचार
उद्योग न्यूज काठमाडौं । मंगलबार (आज) १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीहरुमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेड, रु रु जलविद्युत परियोजना लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड र युनिभर्सल पावर कम्पनी लिमिटेड रहेका छन् । समता र महिला लघुवित्तको शेयर मूल्य १० प्रतशितले वृद्धि भएको छ । समताको शेयर मूल्य बढेर ६०५ रुपैयाँ पुगेको छ भने महिला लघुवित्तको शेयर मूल्य बढेर ४ हजार १५८ रुपैयाँ पुगेको छ । त्यस्तै ७ वटा कम्पनीको शेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज विशाल बजारको शेयर मूल्य ९.९९ प्रतिशत बढेर ६ हजार ७८४ रुपैयाँ पुगेको ...
विवरण र कर बुझाउँर्ने समय थप गर्न चेम्बरको माग

विवरण र कर बुझाउँर्ने समय थप गर्न चेम्बरको माग

निर्माण, प्रमुख समाचार
उद्योग न्युज काठमाडौं, २१ वैशाख । नेपाल चेम्बर अफ कमर्शले कर विवरण र कर रकम दाखिला गर्ने म्याद थप गर्न सरकारसँग माग गरेको छ । चेम्बरले मंगलबार विज्ञप्ति जारी गर्दै कारोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाले गर्दा व्यवसायीहरु कार्यलय जान सक्ने अवस्था नभएको भन्दै कर विवरण र कर दाखिला गर्ने म्याद थप गर्न माग गरेको हो । ‘विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड—१९ महामारी नेपालमा पनि फैलिएको र पछिल्ला दिनहरूमा काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा समेत संक्रमण तीव्ररुपमा बढिरहेकोले उक्त संक्रमणको रोकथाम र नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेका छन् र व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था रहेको छैन् । सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकोले यस परिस्थितिमा कर विवरण र ...
ह्युमानिटी फाउण्डेसनद्वारा अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

ह्युमानिटी फाउण्डेसनद्वारा अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

आर्थिक गतिविधि, निर्माण, ब्यानर
उद्योग न्युज संवाददाता काठमाडौं । अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाउन थालेपछि ह्युमानिटी फाउण्डेसनले सुदूरपश्चिमका अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । फाउण्डेसनले धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई नेपालगञ्जबाट खरिद गरेर ल्याइएका १०० थान र अन्य अस्पतालहरुलाई पनि अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो । सुदूर पश्चिमका अस्पतालहरुमा उपचाररत संक्रमितहरुले अक्सिजनको अभावमा ज्यान गुमाउने क्रम तिब्र छ । फाउण्डेसनले पहिलो चरणमा सरकारी अस्पताललाई निःशुल्क अक्सिजन उपलब्ध गराउने अभियानअन्तर्गत सेती प्रादेशिक अस्पताललाई १०० थान सिलिण्डिर, महाकाली अस्पताललाई ४१ थान सिलिण्डर र डडेल्धुरालाई १० थान अक्सिजनका सिलिण्डर उपलब्ध गराएको हो ।...
निषेधाज्ञामा शेयर बजार हरियाली, ७ अर्बभन्दा बढीको शेयर कारोबार

निषेधाज्ञामा शेयर बजार हरियाली, ७ अर्बभन्दा बढीको शेयर कारोबार

आर्थिक गतिविधि, निर्माण, प्रमुख समाचार
उद्योग न्युज संवाददाता काठमाडौं । आइतबार (आज) नेप्से परिसूचक ५४ अंकले वृद्धि भएर २६६५.११ विन्दुमा रोकिएको छ । २२६ कम्पनीको १ करोड ५८ लाख ३२ हजार ४०३ कित्ता शेयर ७ अर्ब ३६ करोड रुपैयाँमा खरिद विक्री भएको हो । परिसूचक हिजोको तुलनामा २.०७ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.८७ प्रतिशतले वृद्धि भएर ४७७.८१ विन्दुमा रहेको छ । आज सर्वाधिक शेयर मूल्य वृद्धि विशाल बजार कम्पनी लिमिटेड, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिंगटी हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यी कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । विशाल बजारको शेयर मूल्य ५ हजार ६०८ रुपैयाँ पुगेको छ भने महिला लघुवित्तको ३ हजनार ४३७ र सिंगटी हाइड्रोपावरको ३९९ रुपैयाँ पुगेको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री एनसीसी बैंक लिमिटेडको भएको छ । यो बैंकको ४२ करोडभन्दा बढीको शेयर खरिद विक...
सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा शतप्रतिशतले बढ्यो

सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा शतप्रतिशतले बढ्यो

आर्थिक गतिविधि, निर्माण
  काठमाडौं, (ससं) । सानिमा जनरल इन्स्योरेन्सले गत वर्षभन्दा शतप्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष रू. २ करोड ८९ लाख ४७ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ५ करोड ८१ लाख ७० हजार यो नाफा गरेको हो । यसै वर्ष सर्वसाधारणमा आईपीओ जारी गरी चुक्तापूँजी रू. १ अर्ब पु¥याएको कम्पनीको जगेडा कोष रकम पनि १०१ प्रतिशत बढेर रू. ७ करोड ५९ लाख ५५ हजार कायम भएको छ । गत वर्ष तेस्रो त्रैमाससम्म कम्पनीको चुक्तापूँजी रू. ७० करोड र जगेडा कोष रकम रू. ३ करोड ७७ लाख ७१ हजार थियो । बीमाकोष रकम पनि यस वर्ष ९४ प्रतिशतले वृद्धि भई रु. ८ करोड ५७ लाख २० हजार पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव ८० र प्रतिशेयर नेटवर्थ रू. ११७ दशमलव शून्य ६ रहेको छ ।...
यस्तो रहेको छ आजको मौसम पूर्वानुमान

यस्तो रहेको छ आजको मौसम पूर्वानुमान

निर्माण, ब्यानर
काठमाडौं, (ससं) । आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही बर्षा र बाँकी प्रदेशहरुका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको हो । आज काठमाडौंमा मध्याह्न्नपछि मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसाविद्को भनाई छ । विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसाविद्को भनाई  छ । मेघगर्जनरचट्टयाङ्ग र हावाहुरीको सम्भावना रहेका क्षेत्रमा सतर्क हुन विभागले आग्रह समेत गरेको छ ।...
लोक सेवा तयारी कसरी गर्ने ? पढ्नुहोस् सजिलो तरिका

लोक सेवा तयारी कसरी गर्ने ? पढ्नुहोस् सजिलो तरिका

निर्माण, शिक्षा/स्वास्थ्य
काठमाडौं, (ससं) । लोक सेवाको परीक्षामार्फत् सरकारी सेवामा प्रवेश हुने चाहना सबैमा हुन्छ । यही चाहनालाई साकार पर्ना हजारौ परीक्षार्थीहरू परीक्षामा सामेल हुन्छन् । तर, केही मात्रै सफल हुन्छन् । सबै सफल हुन सक्दैनन् । असफल हुने केही परिक्षार्थीहरूले यो कठिन झमेलामा फस्न चाहदैनन् र लोक सेवाको फर्म भर्ने झन्झटबाट मुक्त हुन्छन् । तर, अन्य असफल परीक्षार्थीहरू एक र अनेकौं पटकको असफलताबाट आत्तिँदैनन् र परीक्षामा सामेल भइरहन्छन् । अन्ततः सफलता हासिल गरिछाड्छन् । यसको लागि पाठ्य सामग्री चयनमा ख्याल गर्नुपर्छ । के पढ्ने ? हामी जुन पदको लागि जाँच दिँदैछौं । सो पदको सबै पाठ्यक्रम समावेश भएको साधारण भाषामा लेखिएको पुस्तकलाई आफ्नो प्रारम्भिक पाठ्य सामग्री बनाउने । यदि यस्ता सामाग्री एउटै पुस्तकमा उपलब्ध हुँदैन भने एकभन्दा बढी पुस्तक प्रयोग गर्ने । यसले पाठ्यक्रमका सबै विषयको सामान्य जानकारी गराउँछ ।...
देशभर आजको मौसम यस्तो रहेको छ

देशभर आजको मौसम यस्तो रहेको छ

निर्माण
काठमाडौं, (ससं) । आज (बुधबार) पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो । अहिले पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको भएको रहेको छ भने बाँकी क्षेत्रमा बदली नरहेता पनि तुवाँलो लागेको छ। बुधबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ । राति पनि पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।...
अझै तीन दिनसम्म मौसम स्थिर रही रहने

अझै तीन दिनसम्म मौसम स्थिर रही रहने

निर्माण
काठमाडौं, (ससं) । आगामी तीन दिनसम्म मौसम स्थिर अवस्थामा रहिरहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल नेपालको धेरैजसो स्थानको वायुमण्डल अझै स्थिर अवस्थामै रहनेछ। यसै कारण प्रदूषणका कण छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएको विभागले जनाएको छ। देशका अधिकाश जिल्लाका धेरै ठाँउमा लागिरहेको डढेलोबाट सिर्जित धूँवाका कण वायुमण्डमै सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागले जनाएको छ। रासस...
वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन प्रति कांग्रेस संसदीय दलहरुद्वारा शोक व्यक्त

वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन प्रति कांग्रेस संसदीय दलहरुद्वारा शोक व्यक्त

निर्माण
काठमाडौं, (ससं) । वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनप्रति नेपाली कांग्रेस संसदीय दलले गहिरो दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गर्दै दुख व्यक्त गरेको हो । विज्ञप्तिमा लेखिएको छ , 'उहाको निधनप्रति नेपाली संसदीय दल गहिरो दुःख व्यक्त गर्दै आत्माको चिरशान्तिको कामना साथै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । शोकको यस घडीमा शोकसन्तप्त परिवार तथा आफन्तजन प्रति हार्दिक समवेदना प्रकट गर्दछ', उक्त विज्ञप्तिमा उल्लेख रहेको छ । स्व. मानन्धर विशेष गरी रौतहट, बारा र पर्सा जिल्लामा किसान नेताको रुपमा परिचित थिए । सरल र शान्त स्वभावका धनी उनी आदर्श व्यक्तित्वको रुपमा स्थापित रहेका थिए । विगत एक महिनादेखि पाटन अस्पतालमा उपचार गराइरहेका नेता मानन्धरको ९१ वर्षको उमेरमा हिजो निधन भएको हो । ...