Friday, May 3Nepal News Portal
Shadow

निर्माण

नेकपाले केन्द्रीय सदस्यलाई नियमित आर्थिक सहयोग गर्ने

नेकपाले केन्द्रीय सदस्यलाई नियमित आर्थिक सहयोग गर्ने

आर्थिक गतिविधि, निर्माण, ब्यानर, राजनीति
काठमाडौं, ६ असोज (सस) । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना करिब २ सय ५० केन्द्रीय सदस्यलाई नियमित रुपमा आर्थिक सहयोग प्रदान गर्ने भएको छ। आइतबार नेकपाको सचिवालय बैठकमा यो एजेन्डामा छलफल सुरु भएको बताइएको छ । कुनै लाभको पदमा नरहेका केन्द्रीय सदस्यहरुलाई पार्टीले नियमित रुपमा आर्थिक सहयोग गर्ने निर्णय भएको हो । केन्द्रीय सदस्यमा २५० को हाराहारीमा सदस्य छन् । तर, उक्त रकम तलब नभएको बताइएको छ । एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि यो सहयोग रोकिएको र अहिले पुनः सुरु गर्न लागिएको बताइएको छ । रकम कति हो भनेर अहिलेसम्म टुंगो लागेको छैन। यस विषयमा आर्थिक विभागले आवश्यक निर्णय गर्ने बताइएको छ । यसअघि एमालेले आफ्ना केन्द्रीय सदस्यलाई मासिक १० हजार र स्थायी कमिटीका सदस्यलाई १५ हजार रुपैयाँ रकम उपलब्ध गराउँदै आएको थियो। माओवादीले पनि सशस्त्र विद्रोहको समयमा आफ्ना सेना तथा का...
विश्वमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या दुई करोड २८ लाख नाग्यो

विश्वमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या दुई करोड २८ लाख नाग्यो

निर्माण, विश्व
काठमाडौं, ५ असोज (सस) । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त हनेको संख्या दुई करोड २८ लाख १६ हजार ९८२ पुगेको छ । वर्ल्डोमिटर्सका अनुसार हालसम्म विश्वमा संक्रमितको संख्या तीन करोड १२ लाख २३ हजार ५१२ पुगेको छ। पछिल्लो २४ घण्टामा दुई लाख ४२ हजार ८८१ संक्रमित थपिएका हुन्। विश्वमा सक्रिय संक्रमितको संख्या ७४ लाख ४१ हजार ७६९ छ। यस्तै कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ लाख ६४ हजार ७६१ पुगेको छ। पछिल्लो २४ घण्टामा थप तीन हजार ८९० जनाको मृत्यु भएको हो।...
डा. केसीको जीवन रक्षा गर्न नेपाली काँग्रेस संसदीय दलको आग्रह

डा. केसीको जीवन रक्षा गर्न नेपाली काँग्रेस संसदीय दलको आग्रह

निर्माण, ब्यानर, राजनीति
काठमाडौं, ४ असोज (सस) । नेपाली काँग्रेस संसदीय दलले डा. गोविन्द केसीले राखेका मागलाई चाँडो सम्वोधन गरी उनको जीवन रक्षा गर्न सरकारलाई अनुरोध गरेको छ । प्रमुख सचेतक बालकृष्ण खाणद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्ति जारी गर्दै काँग्रेस संसदीय दलले काँग्रेस सरकारले ल्याएको स्वास्थ्य सम्बन्धि अध्यादेशलाई पनि कार्यान्वयन गर्न माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, 'डा. केसीले उठान गर्नु भएको विषयलाई गम्भीरतापूर्वक लिन र विगतमा भएका सम्झौताहरु पालना गरी उहाँको जीवन रक्षाको लागि सरकार समक्ष नेपाली काँग्रेस संसदीय दल जोडदार माग गर्दछ ।' त्यस्तै अनसनका कारण दिन प्रतिदिन डा. केसीको स्वास्थ्य स्थिति नाजुक भइरहेकोले उनका मागलाई सरकारले वेवस्ता गर्नु अत्यान्त दुःखद विषय भएको विज्ञप्तिमा उल्लेख छ । ...
आर्सनलको विजयी यात्रा जारी

आर्सनलको विजयी यात्रा जारी

खेलकुद, निर्माण
काठमाडौं, ४ असोज (सस) । आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी यात्रा जारी राखेको छ। लिग अन्तर्गत शनिबार राति भएको सिजनको दोस्रो खेलमा मिकेल आर्तेताको आर्सनलले वेष्ट ह्याम युनाइटेडमाथि २–१ को दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि २५ औँ  मिनेटमा एलेक्सान्डर लाकाजेटी तथा ८५ औँ मिनेटमा एडी एनखेटियाले गोल गरे । वेष्ट ह्यामका लागि ४५ औँ मिनेटमा मिकेल एन्टोनियोले एक गोल फर्काएका हुन् । लगातार दोस्रो जितपछि ६ अंकसहित आर्सनल दोस्रो स्थानमा छ । लिग अन्तर्गत शनिबार राति नै भएको खेलमा लीड्स युनाइटेडले फुलह्यामलाई ४–३ ले पराजित गरेको छ ।...
विश्‍वमा दुई लाख ९० हजार कोरोना संक्रमित थपिए

विश्‍वमा दुई लाख ९० हजार कोरोना संक्रमित थपिए

निर्माण, ब्यानर, विश्व
काठमाडौं, ४ असोज (सस) । विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख ९० हजार ३७४ जना कोरोना संक्रमित थपिएका छन्। वर्ल्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वमा ३ करोड ९ लाख ७५ हजार ७५३ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ। संक्रमितमध्ये ९ लाख ६० हजार ८६३ जनाको मृत्यु भएको छ। त्यस्‍तै दुई करोड २५ लाख ७६ हजार ८३० जना संक्रमणमुक्त भएका छन्। २४ घण्टामा अमेरिकामा ४२ हजार ५२५ संक्रमित थपिएका छन् भने ६५७ जनाको मृत्यु भएको छ। भारतमा सबैभन्दा बढी ९२ हजार ७५५ जनामा संक्रमण पुष्‍टि भएको छ। त्यहाँ थप एक हजार १४९ जनाको मृत्यु भएको छ। ब्राजिलमा २४ घण्टामा ३० हजार ९१३ जना संक्रमित थपिनुका साथै ७०८ जनाको मृत्यु भएको छ।...
नेपाल स्वयंसेवी रक्तदाता समाजले कोरोना संक्रमणमुक्तहरुसँग प्लाज्मा दान गर्न पहलकदमी चाल्ने

नेपाल स्वयंसेवी रक्तदाता समाजले कोरोना संक्रमणमुक्तहरुसँग प्लाज्मा दान गर्न पहलकदमी चाल्ने

ऊर्जा, निर्माण
काठमाडौं, ३ असोज (सस) । नेपाल स्वयंसेवी रक्तदाता समाजले कोरोनामुक्त भएकाहरुसँग प्लाज्मा दान गर्न पहलकदमी चाल्ने भएको छ । समाजले कोरोना भाइरस (कोभिड-१९ ) का बिरामीहरूको उपचार प्लाज्मा थेरापीद्वारा प्रभावकारी रुपमा गराउँन यस्तो पहल थाल्न लागेको हो । सोही विषयमा केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा शनिबार काठमाडौं महानगरपालिका वडा नं. २३ मा स्वयंसेवी रक्तदाताहरूको भेला बसेको थियो । रगत र रगतबाट तयार पारिएका तत्वहरू पीडित पक्षलाई सहज र सर्वसुलभ कसरी उपलब्ध गराउन सकिन्छ ? भन्ने विषयमा भेलाको छलफल केन्द्रित भएको बताइएको छ । कोरोना भाइरसका बिरामीहरूलाई प्लाज्मा थेरापीबाट गरिँदै आएको उपचारलाई मागअनुसार वा आवश्यकताअनुसारको, कोरोना भाइरस संक्रमितमुक्त भएर स्वास्थ्य लाभ लिइरहेकाहरुलाई प्लाज्मा दान गर्न र गराउन पहलकदमी गर्नुपर्नेमा उक्त भेला केन्...
पुनः नियुक्तिको माग गर्दै आन्दोलन नगर्न कुलमान घिसिङको आग्रह, बहिर्गमन स्वभाविक प्रक्रिया

पुनः नियुक्तिको माग गर्दै आन्दोलन नगर्न कुलमान घिसिङको आग्रह, बहिर्गमन स्वभाविक प्रक्रिया

निर्माण, प्रमुख समाचार, ब्यानर, राजनीति, विश्व
काठमाडौं, ३ असोज (सस) । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनः नियुक्तिको माग गर्दै सडक आन्दोलन नगर्न आग्रह गरेका छन्। घिसिङले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पदीय जिम्मेवारीको व्यवस्थापन सरकारको काम भएको बताएका हुन् । विश्वव्यापी रूपमा फैलिएको कोभिड(१९ का कारण नेपाल पनि आक्रान्त भएको संवेदनशील बेलामा आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी सडकमा भिडभाड गरी प्रदर्शन नगर्न घिसिङले आग्रह गरेका हुन्। ‘प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,‘ विज्ञप्तिमा घिसिङले भनेका छन्। नेपाल सरकारले कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी घिसिङले सफलतापूर्वक सम्पन्न गरी चार...
राष्ट्रिपति भण्डारीद्वारा २८९ कैदीबन्दीको कैद माफी

राष्ट्रिपति भण्डारीद्वारा २८९ कैदीबन्दीको कैद माफी

ऊर्जा, निर्माण, प्रमुख समाचार, ब्यानर, विश्व
काठमाडौं, ३ असोज (सस) । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले ती कैदीको कैद भुक्तान हुन बाँकी कैद माफीमिनाहा गरेकी हुन् । नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम ४ असोजदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति उल्लेख छ । यस्तै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामदयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद सजाय र जरिवानासमेत माफी गरेको विज्ञप्तिमा उल्लेख छ।...
डा. केसीको स्वास्थ्यमा समस्या, २४सै घन्टा रेखदेख गर्न सकिने ठाउँमा सार्न आवश्यक

डा. केसीको स्वास्थ्यमा समस्या, २४सै घन्टा रेखदेख गर्न सकिने ठाउँमा सार्न आवश्यक

निर्माण, प्रमुख समाचार, विश्व
काठमाडौं, ३ असोज (सस) । सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ । उनलाई २४सै घन्टा रेखदेख गर्न सकिने सुरक्षित ठाउँमा यथाशीघ्र स्थानान्तरण गर्न चिकित्सकले सुझाएका छन् । शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाका चिकित्सक प्रवीणकुमार गिरीको टोलीले डा. केसीको स्वास्थ्य जाँच गरेको छ । चिकित्सकको टोलीले डा. केसीको स्वास्थ्य कमजोर बन्दै गएको बताएका छन् । चक्कर लाग्ने, मुटुको चाल बढेको, मांसपेशी बाउँडिने, छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने, पिसाबको मात्रामा कमी, रक्तचाप कम भइरहेको चिकित्सकको भनाइ छ । त्यस्तै, डा. केसीलाई जतिसुकै वेला पनि जटिल स्वास्थ्य समस्या आउन सक्ने डा. अनुपमंगल समालले बताए । त्यस्तै २४सै घन्टा नियमित रेखदेख गर्न सकिने ठाउँमा सार्न आवश्यक रहेको उनको भनाइ छ । शुक्रबार डा। गिरी, डा। समाल र सविना थापाको टोलीले ...
घण्टामा थप १२२८ जनामा कोरोना भाइरसको सक्रमण

घण्टामा थप १२२८ जनामा कोरोना भाइरसको सक्रमण

निर्माण
भाद्र १८, काठमाडौं । ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेका छन् । कोभिड – १९ (कोरोना भाइरस) को महामारीका बीच ड्यूटीमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट भएको हो । प्रशासनको निषेधका बीच केही युवाले मत्स्येन्द्रनाथको रथ तानेका थिए । लगत्तै लतिलपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निषेधाज्ञामा गरिएको रथ यात्रा रोक्न महागनरीय प्रहरी कार्यालय, ललितपुरलाई निर्देशन दिनु भएको थियो । त्यसक्रममा प्रहरीले भिडलाई तितरवितर पार्न पानीको फोहोरा र अश्रुग्यास हानेको थियो । त्यहीबीच कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीका जवानलाई केही युवाले निर्घाट कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियोमा घिमिरे भाग्दै गर्दा पनि भिडमा विभिन्न व्यक्तिल...