Sunday, May 5Nepal News Portal
Shadow

पर्यटन

बुद्ध एयरमा यात्रा गर्ने ३५ सय महिला यात्रुहरू पाए पुस्तक उपहार

बुद्ध एयरमा यात्रा गर्ने ३५ सय महिला यात्रुहरू पाए पुस्तक उपहार

पर्यटन, प्रमुख समाचार
काठमाडौं । बुद्ध एयरले नारी दिवसका अवसरमा महिला यात्रुहरूलाई महिला लेखकका विभिन्न विधाका पुस्तक उपहार दिएको छ। बुद्धले सांग्रिला बुक्स तथा नेपाल रिपब्लिक मिडयासँगको सहकार्यमा महिला लेखकहरूद्वारा रचित विभिन्न विधाका ३ हजार ५ सय पुस्तक यात्रुहरूलाई उपहार दिएको हो। उपहारमा १७ जना महिला लेखकका उपन्यास, जीवनी, आत्मकथा, कविता तथा राजनीतिक विषयका आख्यान तथा गैर-आख्यानका पुस्तकहरू थिए। नेपाली महिला पढ्छन् पनि, उड्छन् पनि नारासहित काठमाडौंसँगै विराटनगर, जनकपुर, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट यात्रा गर्ने यात्रुहरूलाई पुस्तक उपहार दिएको कम्पनीले जानकारी दिएको छ।...
ढोरपाटनमा ९ हजार पुगे पर्यटक

ढोरपाटनमा ९ हजार पुगे पर्यटक

आर्थिक गतिविधि, पर्यटन, प्रमुख समाचार
गलकोट । यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन् । पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को फागुन तेस्रो सातासम्म नौ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन भ्रमणमा आइसकेको ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी मन्दिप पङ्गेनीले जानकारी दिए । नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र अवलोकनका लागि आउने विदेशी तथा स्वदेशी पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि हुँदै गएको छ । ढोरपाटन क्षेत्रमा बर्सेनि पर्यटकको सङ्ख्यामा वृद्धि हुँदा शिकार आरक्ष कार्यालयको राजस्वमा समेत उल्लेख्य वृद्धि भएको हो । ढोरपाटन शिकार आरक्षले विदेशी तथा नेपाली पर्यटकको आगमनको तथ्याङ्कलाई व्यवस्थित गर्दैगएको छ । गत आवमा छ हजार बढी जनाले ढोरपाटनको अवलोकन गरेकामा चालु आवको अन्त्यसम्म त्यो संख्या बढेर दोब्बर पुग्ने देखिएको छ । ढोरपाटन शिकार आरक्षको त...
पहिलो पटक २ महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान

पहिलो पटक २ महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान

पर्यटन, प्रमुख समाचार
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को इतिहासमा पहिलो पटक २ जना महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरेका छन्। पाइलट भावनासँगै कोपाइलट श्रृजना राउतको टोलीले उडान भरेका हुन्। आइतबार (आज) काठमाडौंदेखि दुबईको उडानमा पहिलो पटक २ महिला पाइलटले सँगै उडान भरेको पाइलट भावना पन्तले जानकारी दिएकी छन्। पाइलट पन्तले नेपाल उड्डयनमा ऐतिहासिक क्षण बनेको बताएकी छन्। उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेकी छन्, ‘नेपाल उड्डयनमा ऐतिहासिक क्षण नेपाल वायुसेवा निगममा पहिलो पटक राष्ट्रिय ध्वजावाहक दुवै महिला पाइलटले काठमाडौंबाट दुबईको अन्तर्राष्ट्रिय उडानमा सँगै उडान भरेको इतिहास रचिएको छ।’ पाइलट भावना विगत २५ वर्षदेखि नेपालको हवाई क्षेत्रमा आवद्ध छिन्। आइतबार बिहान १२स्०४ को समयमा एयरबस ३२० बाट काठमाडौं-युएई उडान गरेका हुन्। उक्त जहाजमा १५३ यात्रु सवार थिए। यो टोली आगामी बुधबारको उडानमा यात्र...
धरानलाई पर्यटनको ‘हब’ बनाउनुपर्छ : पर्यटन मन्त्री किराँती

धरानलाई पर्यटनको ‘हब’ बनाउनुपर्छ : पर्यटन मन्त्री किराँती

पर्यटन, प्रमुख समाचार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले धरानलाई पर्यटनको ‘हब’ बनाउनुपर्ने बताएका छन् । धरान एक्स्पो–२०७९ को समापन समारोहमा मन्त्री किराँतीले पूर्वी धार्मिकस्थलहरू र सप्तकोसी जलमार्गलाई उपयोग गर्दै धरानलाई पर्यटनको हब बनाएर स्वदेशी उत्पादनको बजारीकरण गर्नुपर्ने बताएका हुन् । प्रविधिमैत्री किसान, उद्यमी, व्यापारी सबैले पर्यटनको दिगो विकासमा लाग्नुपर्नेमा उनले जोड दिएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उत्पादनमुखी व्यापार र व्यवसायीले लगानी गरेर कमाएको पुँजीलाई धरानबाहिर लैजान नपाउने नियम बनाउन जरुरी रहेको बताएका छन् ।...
मेची सामुदायिक होमस्टेमा दैनिक पाहुना आउन थालेपछि त्यहाँका महिलाहरू दङ्ग

मेची सामुदायिक होमस्टेमा दैनिक पाहुना आउन थालेपछि त्यहाँका महिलाहरू दङ्ग

आर्थिक गतिविधि, पर्यटन, ब्यानर, समाचार
मेचीनगर नगरपालिका–४ का महिलाहरू घरबास (होमस्टे)मा दैनिक पाहुना आउन थालेपछि दङ्ग छन्। आठ महिनाअघि १४ घरका महिला मिलेर सुरु गरेको मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुनासमेत आउन थालेपछि उनीहरू दङ्ग परेका हुन्। ‘सुरुमा चल्छ कि चल्दैन भन्ने पिर थियो’, होमस्टे सञ्चालक समितिका सचिव पवित्रा श्रेष्ठले भनिन्, ‘अहिले त काठमाडौँ, बर्दियादेखि भारतका विभिन्न स्थानबाट पाहुना आउनुहुन्छ।’ उनले पूर्वी नाका हुँदै भारतलगायत तेस्रो मुलुक घुम्न जाने र आउने पर्यटक काँकडभिट्टाका सुविधासम्पन्न होटल छाडेर पनि गाउँमै खोलिएको होमस्टेमा आउने गरेको बताइन्। सचिव श्रेष्ठले होमस्टेमा आउने अतिथिको रुचिअनुसारका खाना खुवाउने गरेको बताइन्। खानाको परिकारमा गुन्द्रुकको अचार, आफैँले उत्पादन गरेको तरकारी र स्थानीय कुखुराको मासु अतिथिलाई खुवाउँदै आएको उनको भनाइ छ। त्यहाँ एक रात बास बसेको, खाना र खाजासहित रु एक...
सरकारले तोक्यो २ अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक

सरकारले तोक्यो २ अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक

पर्यटन, प्रमुख समाचार
काठमाडौं । सरकारले २ अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक तोकेको छ । जसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा हंशराज पाण्डेलाई जिम्मेवारी दिइएको छ । सरकारले उनीहरुलाई शुक्रबार उक्त जिम्मेवारी दिएको हो । तिवारी यसअघि नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको उपमहानिर्देशक थिए भने हंशराज एभिएसन सर्भिसेज निर्देशनालयमा उपमहानिर्देशक थिए ।...
होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा निर्वाचित : दामोदर नेपाल

होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा निर्वाचित : दामोदर नेपाल

पर्यटन, समाचार
काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, वाग्मती प्रदेशको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार वाग्मती प्रदेशको चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष नेपाल यसअघि संघको महासचिव थिए । संघको वरिष्ठ उपाध्यक्षमा श्यामकुमार (भालु) श्रेष्ठ निर्वाचित भएका छन् । प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्षमा निपु सराप र राजकुमार श्रेष्ठ चयन भएका छन् । संघको महासचिवमा भने राजकुमार प्याकुरेल चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ । यस्तै, सचिवमा राजेन्द्र कुमार तिया, सहसचिव–हरिगोपाल सापकोटा, कोषाध्यक्षमा शेखरमान श्रेष्ठ र सहकोषाध्यक्षमा विनोद लामिछाने चयन भएका छन् । अन्य सदस्यहरूमा रामशरण नेपाल, अमृतबहादुर श्रेष्ठ, होमबहादुर श्रेष्ठ, सुनिल अर्याल, ललितजंग सिंह, सन्तोष घले, नमराज मरठ्ठा, कल्...
जजीरा एयरवेजले फागुन २५ देखि भैरहवा कुवेत उडान गर्ने, एकतर्फी भाडा कति ?

जजीरा एयरवेजले फागुन २५ देखि भैरहवा कुवेत उडान गर्ने, एकतर्फी भाडा कति ?

पर्यटन, प्रमुख समाचार
काठमाडौं । जजीरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्धारित उडानहरु पुनः शुरु गर्ने घोषणा गरेको छ । एयवरेजले आगामी फागुन २५ गतेदेखि सातामा भैरहवाबाट कुवतेसम्मको तीन वटा उडान गर्ने जानकारी दिएको छ । जजीराले भैरहवाबाट कुबेतको लागी मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ भने कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्ने छ । साथै जजीरा एयरवेजले भैरहवादेखि कुवेतसम्म एकतर्फी भाडा २८ हजार ८ सय ३६ रुपैयाँ कायम गरेको छ । नेपालस्थित जजीरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस्का अध्यक्ष रविचन्द्र सिंहले भने–‘नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजीरा एयरवेजको प्रतिबद्धता अनुसारनै हामीले मध्य पूर्वमा बसोबास गर्ने विशेष गरी भारतीय नागरिकहरुका बीचमा लुम्बिनीलाई भगवान ...
‘राजनीति अस्थिरताका कारण पर्यटन व्यावसाय खुम्चियो’

‘राजनीति अस्थिरताका कारण पर्यटन व्यावसाय खुम्चियो’

पर्यटन, प्रमुख समाचार, ब्यानर
काठमाडौं । नेपालको अर्थतन्त्रमा पर्यटन व्यवसायको ठूलो भूमिका रहेको छ । विश्वव्यापी रूपमा फौलिएको कोभिडका कारण नेपालको पर्यटन व्यवसाय सुस्त छ । त्यसमा पनि विश्वभरी नै अर्थतन्त्रमा आएको संकुचनका कारण अहिले नेपालमा मात्र नभएर अन्य देशमा पनि पर्यटन व्यवसायले लय लिन सकेको छैन । विदेशी पर्यटक नआउँदा अधिकांश पर्यटन स्थलहरू सुनसान बन्न पुगेको पर्यटन व्यवसायी तेजेन्द्र शर्मा पौडेल बताउँछन् । लकडाउन खुलेपछि र कोरोनाको लहर सेलाउन थालेपछि केही हदसम्म व्यवसायले पुरानै लय लिन थालेको छ । तर, कोभिडपछि मौलाउनु पर्ने पर्यटन व्यावसायमा खासै सुधार भने नआएको पौडेल बताउँछन् । उनी पर्यटन व्यवसायमा करिब ३२ वर्षदेखि आवद्ध छन् । उनको पर्यटन व्यवसायको यात्रा नेपालको पहिलो निजी विमान कम्पनी स्थापना भएसँग सुरु भएको हो । उनीले विभिन्न ट्राभल एजेन्सी तथा टेकिङ एजेन्सी लगाएतका पर्यटन सम्बन्धि संघसंस्थाहरूमा आवद्ध...
होटल तथा पर्यटन व्यवसायी संघको नयाँ नेतृत्व चयन बुधबार हुने

होटल तथा पर्यटन व्यवसायी संघको नयाँ नेतृत्व चयन बुधबार हुने

पर्यटन, प्रमुख समाचार
काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको नयाँ नेतृत्व चयन हुने भएको छ। बुधबार प्रदेशको दामन, चित्लाङमा बस्ने संघको दोस्रो साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएको हो। संघको भावि नेतृत्व सर्वसम्मतिमा नै चयन गर्ने तयारी रहे पनि हालसम्म दुई जनाले अध्यक्षमा आकांक्षा देखाएका छन्। संघको वर्तमान कार्यसमिति महासचिव दामोदर नेपाल र सचिव श्यामकुमार श्रेष्ठले अध्यक्षमा लड्ने घोषणा गरेका छन्। यद्यपि, वर्तमान कार्य समितिकै वरिष्ठ उपाध्यक्ष दिपेश सुवेदी, द्वय उपाध्यक्ष निर्पु सर्राफ र देवराज नेपालले समेत अध्यक्षमा चासो देखाएका छन्। प्रारम्भिक रूपमा अध्यक्षमा पाँच जनाले आकांक्षा देखाएपनि संघको नेतृत्व सर्वसम्मतिबाटै खोजिने अध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिएका छन्। संघको वर्तमान कार्यसमिति वरिष्ठ उपाध्यक्ष, पहिलो र दोस्रो उपाध्यक्षसँगै महासचिव र सचिवले समेत अध्यक्षमा आकांक्षा दे...